काठमाडौं । नेपालले अमेरिकामा खेल्ने आइसिसी विश्वकप लिग-२ अन्तर्गत तेस्रो शृंखलाको खेल तालिका सार्वजनिक भएको छ ।
कार्तिक ९ देखि १९ गतेसम्म हुने एकदिवसीय शृंखलामा नेपाल, अमेरिका र स्कटल्यान्ड छन् ।
शृंखलामा नेपालका सबै खेल प्रेरी भ्युमा राति १०ः १५ बजे सुरु हुनेछन् ।
नेपालले अमेरिकासँग कार्तिक ११ र १७ तथा स्कटल्यान्डसँग कार्तिक १३ र १९ मा प्रतिस्पर्धा गर्नेछ ।
त्यसपछि यी तीन टोलीबीच ट्वान्टी-२० अन्तर्राष्ट्रिय हुनेछ ।
अमेरिकाअघि नेपालले क्यानाडामा एकदिवसीय र ट्वान्टी-२० अन्तर्राष्ट्रिय खेल्दै छ ।
नेपालले लिग २ अन्तर्गतको एकेदवसीय शृंखलामा नेपालले भदौ ३१ र असोज ६ गते क्यानाडा तथा असोज २ र १० गते ओमानको सामना गर्नेछ ।
त्यसपछि नेपाल, ओमान र क्यानाडाबीच त्रिकोणात्मक ट्वान्टी-२० अन्तर्राष्ट्रिय शृंखला पनि हुनेछ ।
भिडियो
भारतमा Pro Kabaddi League जितेका Ghanashyam Roka magar भन्छन्, ' NKL का लागि उत्साहित छु'
बाढीले हरिबिजोग CHYASAL NATIONAL STADIUM , पुननिर्माण सुरु
Waling VS Bagmati : Dilip Thapa Coach waling POST-MATCH PRESS CONFERENCE ANFA Women's League
Waling VS Bagmati : Sonam lama Coach BYC POST-MATCH PRESS CONFERENCE ANFA Women's League
खेलाडीले जिम्मेवारी बखुबी निभाए : Jibesh Pandey ।। Head Coach, APF Club
यति धेरै गोल खाइन्छ भन्ने सोचेको थिइन : Bhola Nath Silwal ।। Head Coach, NPC
Under-19 Women's T20 World Cup जितेर आउछौ : CAPTIAN PUJA MAHATO