काठमाडौं । इङ्ल्यान्डका कप्तान बेन स्टोक्सले टेस्ट टोलीमा पुनरागमन गरेका छन् ।
इङ्ल्यान्ड एन्ड वेल्स क्रिकेट बोर्डले स्टोक्सको कप्तानीमा पाकिस्तानविरुद्धको शृंखलाका लागि १७ सदस्यीय टोली घोषणा गर्यो ।
स्टोक्सले चोटका कारण श्रीलंकाविरुद्धको टेस्ट शृंखला गुमाएका थिए । गत महिना द हन्ड्रेडमा म्यानचेस्टर ओरिजिनल्स र नर्दन सुपरचार्जर्सबीचको खेलमा स्टोक्सको बायाँ खुट्टामा चोट लागेको थियो ।
यसैगरी रेहान अहमद र ज्याक लिचले पनि पुनरागमन गरेका छन् । टोलीमा रहेका ब्रेडन कार्से र जोर्डन कोक्सले अहिलसम्म डेब्यू गरेका छैनन् ।
इङ्ल्यान्डले पाकिस्तानसँग तीन खेलको टेस्ट शृंखला खेल्दैछ । पहिलो टेस्ट अक्टोबर ७ देखि सुरु हुनेछ ।
इङ्लिस टोली
बेन स्टोक्स (कप्तान), जो रुट, रेहान अहमद, गस एटकिन्सन, शोएब बशीर, ह्यारी ब्रुक, ब्रेडन कार्से, जोर्डन कोक्स, ज्याक क्राउली, बेन डकेट, जोस हल, ज्याक लिच, ओली पोप, म्याथ्यु पोट्स, जेमी स्मिथ, ओली स्टोन, क्रिस वोक्स