काठमाडौं । नेपालले थाइल्यान्डसँग खेल्दै आइसिसी यु-१९ महिला ट्वान्टी-२० विश्वकप एसियाली छनोटको सुरुआत गर्ने भएको छ ।
छनोटमा नेपाल, घरेलु टोली युएई , कुवेत र थाइल्यान्ड सहभागी छन् । सबै टोलीले एक अर्कासँग दुई खेल खेल्नेछन् ।
नेपाल क्रिकेट संघ (क्यान) ले मंगलबार सार्वजनिक गरेको तालिका अनुसार यो खेल कार्तिक २१ गते हुनेछ ।
नेपालले कार्तिक २२ मा कुवेत र कार्तिक २४ मा घरेलु टोली युएईको सामना गर्नेछन् ।
यसैगरी नेपालले कार्तिक २५ मा थाइल्यान्ड, कार्तिक २७ मा कुवेत र कार्तिक २८ मा युएईसँग पुनः खेल्नेछ ।
प्रतियोगिताको शीर्ष स्थानमा रहने विश्वकपका लागि छनोट हुनेछ । विश्वकप अर्को वर्ष मलेसियामा आयोजना हुँदैछ ।
भिडियो
भारतमा Pro Kabaddi League जितेका Ghanashyam Roka magar भन्छन्, ' NKL का लागि उत्साहित छु'
बाढीले हरिबिजोग CHYASAL NATIONAL STADIUM , पुननिर्माण सुरु
Waling VS Bagmati : Dilip Thapa Coach waling POST-MATCH PRESS CONFERENCE ANFA Women's League
Waling VS Bagmati : Sonam lama Coach BYC POST-MATCH PRESS CONFERENCE ANFA Women's League
खेलाडीले जिम्मेवारी बखुबी निभाए : Jibesh Pandey ।। Head Coach, APF Club
यति धेरै गोल खाइन्छ भन्ने सोचेको थिइन : Bhola Nath Silwal ।। Head Coach, NPC
Under-19 Women's T20 World Cup जितेर आउछौ : CAPTIAN PUJA MAHATO