काठमाडौं । श्रीलंका डेभलभमेन्ट-११ सँगको तेस्रो तथा अन्तिम अभ्यास खेलमा नेपाल पाँच विकेटले पराजित भएको छ ।
थ्रुस्तन कलेजको क्रिकेट मैदानमा शुक्रबार नेपालले प्रस्तुत गरेको १६० रनको लक्ष्य श्रीलंकन टोलीले २६.५ ओभरमा पाँच विकेट गुमाउँदै पूरा गर्यो ।
श्रीलंकन टोलीका लागि के सन्जुलाले ६० बलमा १० चौकाको मद्दतले सर्वाधिक ६८ रनको योगदान गरे । अशिन बन्दराले ३४, रविन्दु राशन्थले २५ र धनन्जय लक्सनले अविजित ११ रन बनाए ।
नेपालका लागि कप्तान सोमपाल कामी र गुल्सन झाले समान दुई तथा ललितनायारण राजवंशीले एक विकेट लिए ।
टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले ४० ओभरमा सबै विकेट गुमाउँदै १४९ रनको योगफल तयार पार्यो ।
नेपालका लागि कुशल भुर्लेलले ४३, कुशल मल्लले ३५, आसिफ शेखले २० र करण केसीले १५ रन बनाए ।
श्रीलंकन टोलीका लागि गरुका संकेतले चार, थानुका दबावरेले दुई तथा धनन्जय लक्सन र अशिन ड्यानियलले समान एक विकेट लिए ।
पहिलो र दोस्रो अभ्यास खेल भारी वर्षाका कारण टस समेत हुन नपाइ रद्द भएको थियो ।
नेपाली टोली आइसिसी विश्वकप लिग-२ को तयारीका श्रीलंका भ्रमणमा छ । नेपालले लिगअन्तर्गत क्यानाडामा हुने एकदिवसीय शृंखला खेल्दैछ ।