काठमाडौं। नेपाल क्रिकेट टोलीले श्रीलंकामा विश्वकप लिग २ को तयारीका गर्ने भएको छ ।
क्रिकेट संघ (क्यान) ले भदौ १७ देखि २३ सम्म नेपालले श्रीलंकामा अभ्यास गर्ने जानकारी दियो ।
भारतको नेसनल क्रिकेट एकेडेमी बेङ्लोरमा दुई साता अभ्यास गरेर नेपाली टोली दुई दिनअघि मात्रै स्वदेश फर्किएको थियो।
श्रीलंका डेभ्लपमेन्ट टोलीसँग नेपालले भदौ १८, २० र २२ गते एकदिवसीय अभ्यास खेल खेल्नेछ ।
क्यानले उक्त अभ्यास खेलका लागि रोहितकुमार पौडेलको कप्तानीमा १९ सदस्यीय टोली घोषणा गरिसकेको छ। यही अभ्यास खेलबाट नेपालले क्यानाडा जाने अन्तिम टोली घोषणा गर्नेछ ।
श्रीलंका जाने नेपाली टोली
रोहितकुमार पौडेल (कप्तान), आसिफ शेख, अनिल शाह, देव खनाल, भीम सार्की, आरिफ शेख, कुशल मल्ल, सोमपाल कामी, करण केसी, गुलसन झा, रिजन ढकाल, ललितनारायण राजवंशी, आकाश चन्द, सागर ढकाल, सन्दीप जोरा, कुशल भुर्तेल, अर्जुन साउद, दीपेन्द्रसिंह ऐरी, सन्दीप लामिछाने