काठमाडौं। आइसिसी ट्वान्टी-२० विश्वकप खेलेको टोलीले प्रोत्साहन भत्ता पाउने भएका छन् । प्रोत्साहन भत्ता प्रदान गर्ने भएको छ।
नेपाल क्रिकेट संघ (क्यान) कार्यसमितिको बैठकले बिहीबार विश्वकपमा उत्कृष्ट प्रर्दशन गरेको भन्दै टोलीलाई प्रोत्साहन भत्ता दिने निर्णय गर्यो ।
निर्णयअनुसार टोलीमा रहेका खेलाडी र मुख्य प्रशिक्षकले जनही ३ लाख पाउने छन् । यसैगरी अन्य सपोर्ट स्टाफलाई जनही १ लाख ५० हजार रुपैयाँ प्रदान गरिने छ ।
गत जुन १ देखि २९ सम्म वेस्ट इन्डिज र अमेरिकामा सम्पन्न ट्वान्टी-२० विश्वकपमा नेपालले चार खेल खेल्दा तीनमा हार ब्यहोरेको थियो । एक खेल भने वर्षाका कारण रद्द भएको थियो ।
नेपालले नेदरल्यान्ड्स, दक्षिण अफ्रिका र बंगलादेशसँग हार ब्यहोदौ श्रीलंकासँग अंक बाँडेको थियो ।
यसैगरी बैठकले क्यानको वार्षीक साधारणसभा अगामी असोज ११ र १२ गते पोखारमा गर्ने, एलिट कप क्रिकेट प्रतियोगिता अक्टोबर अन्त्यमा जनपुर र वीरगंजमा गर्ने जस्ता निर्णय गरेको छ ।
यस्ता छन् क्यान बोर्ड बैठले गरेका निर्णय