काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) को महाप्रबन्धक नियुक्ति विवादमा परेको छ । असन्तुष्ट नवराज कोइरालाले बुधबार पत्रकार सम्मेलन गर्दै उक्त नियुक्ति ७२ घण्टा भित्र नसच्चाए क्यान र क्यान सचिव पारस खड्काविरुद्ध सर्वोच्च अदालत जाने धम्की दिएका छन् । कोइराला अन्तिम सातमा परेका प्रतिस्पर्धी हुन् ।
क्यानले सोमबार उत्सव ढुङ्गानालाई महाप्रबन्धमा नियुक्त गरेको थियो । कोइरालाले महाप्रबन्धक छनोट प्रक्रिया नै शंकास्पद रहेको बताएका छन् । उनले लोलसेवा आयाृगसँगको समन्वयमान नयाँ परिक्षा लिनुपर्ने माग राखेका छन् ।
उनले निम्नलिखित बँदामा अन्तुष्टि जनाएका छन्ः
शनिबारको दिन सरकारी संस्था क्यानको महाप्रबन्धक पदको अन्तरवार्ता लाजिम्पटको होटलमा किन? क्यानको कार्यालय छैन ? कार्यलय खुल्ने दिन किन नलिएको ?
महाप्रबन्धका लागि लिखितमा सोधेको प्रश्नको स्तर सामान्य कर्मचारीलाई सोधे जस्तो थियो जुन प्रश्नबाट महाप्रबन्धक कसरी छनोट हुन्छ?
बिहीबार अफिस समय सकिएपछी ५ बजे देखि ६ बजेसम्म किन लिखित परिक्षा गरियो ?
क्यानका सचिवले सर्ट लिस्टमा परेकाको नाम पत्रिका अथवा सुचना पार्टीमा प्रकाशित नगरेर इमेल मार्फत प्रतिस्पर्धिलाई मात्र जानकारी गराएको ?
शुक्रबारर राति ७ बजे इमेल गरेर शनिबार ११ बजे नै प्रिजेनटेसन र अन्तर्वाता छ भनेर छोट समय दिएर किन बोलाइयो ? यती छोटो समयमा कस्तो प्रिजेनटेसन गर्न सकिन्छ ?
क्यानका सचिव पारस खड्का बलियो नेपालको संस्थापक पनि हुन् , त्यही संस्थामा आवद्ध व्यक्तिलाई नै किन महाप्रबन्धकका लागि छनोट गरियो ?