सातदोबाटो । जेनेक्सका आयोग घिसिङ अछामका विनोद नागार्जेले राष्ट्रव्यापी जुनियर तथा विधालयस्तरीय छात्र/ छात्रा बक्सिङ प्रतियोगितामा विजयी सुरुवात गरेका छन् ।
नेपाल बक्सिङ संघको आयोजनामा शुक्रबारबाट सुरु प्रतियोगिताको जुनियर ५२ किलो तौल समुहमा आयोगले भाइबका सफल श्रेष्ठलाई ३ः२ को स्पलिट डिसिजनको आधारमा पराजित गरे ।
यसैगरि ५७ किलो तौल समुहमा विनोदले आरएससीको आधारमा आर्यन फिटनेशका सोनम लामालाई दोस्रो राउन्डमै हराए ।
६३ किलो तौल समुहमा एबिसीका युनिक राईले फाइट प्रमोशनका लियो बरदान नर्सिङ राणालाई ३ः२ तथा सुनसरीका दिहाङ्ग लिम्बुले उदयपुरका एलन राईलाई पहिलो राउडमै आरएससीको आधारमा पराजित गरे । भाइबका सरिन श्रेष्ठले एनएफसीका रोयन वैदारलाई ४ः१ को स्पिलिट डिसिजनका आधारमा निरास बनाए ।
जुनियर छात्रातर्फ ४६ किलोतौलमा दमकका दिप्सा काम्बाङ्गले बक्समाण्डुका हसिना डंगोललाई पहिलो राउन्डमै आरएसीका आधारमा हराए ।
स्कुल छात्रा ४९ किलो तौलतर्फ भक्तपुरका सायरा गासाईले सिजीजीका सेलेक्सी बम्जनलाई ५ः० युनानिमस डिसिजनका आधारमा हराइन् ।
स्कुल छात्रतर्फको ४६ किलो तौल समुहमा एबिसीका अनिस राईले थानकोटका प्रकट महर्जन , सुनसरीका कुञ्जन थापाले बानुजका आशुतोष सुवेदी तथा झापाका लगेहांग लिम्बुले फाईटका रोशन शेर्पालाई लाई ५ः० को आधारमा पराजित गरे ।
४९ किलो तौल समुहमा भाइबका सम्पूर्ण अधिकारीले स्वीटका अनिमेश महरलाई ३ः२ को स्पिलिट डिसिजनका आधारमा पराजित गरे । छात्र ५२ किलो तौल समुहमा केबीएका अंकीत कार्कीले सुनसरीका नवाङ्ग लिम्बुलाई ५ः० अन्तरको आधारमा हराइन् ।
साउन १४ गते सम्पन्न हुने प्रतियोगितामा जुनियरतफै आठ महिला र ८२ पुरुष तथा विद्यालयतर्फ ४४ छात्र र १४ छात्राले सहभागिता जनाएका छन् ।
यो प्रतियोगिताबाट अगस्ट २७ देखि सेप्टेम्बर १० तारिखसम्म युएईमा संचालन हुने एसियन जुनियर तथा स्कुल ब्वाइज र गर्ल्स प्रतियोगितका लागि खेलाडी छनोट गरिनेछ।