असार २३, २०८२ सोमबार | १९:१३:५३
एनएसपिएल असोजमा, नायक निखिल उप्रेती ब्रान्ड एम्बासडर हिमालयन शेर्पाले श्री भगवतीलाई हरायो फ्रेन्ड्सको सानदार जित एसियन कप छनोट खेलेर स्वदेश फर्कियो नेपाली टोली नेपालले बंगलादेशसँग मैत्रीपूर्ण खेल खेल्ने अल्कारेज क्वार्टरफाइनलमा अस्ट्रेलियालाई टेस्ट शृंखला नर्वेकाे लगातार दोस्रो जित दोस्रो टेस्टमा भारत विजयी जमाल मुसियाला लामो समय मैदान बाहिर रहने एनएसपिएल असोजमा, नायक निखिल उप्रेती ब्रान्ड एम्बासडर हिमालयन शेर्पाले श्री भगवतीलाई हरायो फ्रेन्ड्सको सानदार जित एसियन कप छनोट खेलेर स्वदेश फर्कियो नेपाली टोली नेपालले बंगलादेशसँग मैत्रीपूर्ण खेल खेल्ने अल्कारेज क्वार्टरफाइनलमा अस्ट्रेलियालाई टेस्ट शृंखला नर्वेकाे लगातार दोस्रो जित दोस्रो टेस्टमा भारत विजयी जमाल मुसियाला लामो समय मैदान बाहिर रहने

एसियाली खेलकुदः रविन अन्तिम १६ बाट बाहिरिए, बक्सिङमा पुरुषतर्फ नेपालको चुनौती समाप्त

फाइल फोटो

काठमाडौं । चीनको हाङझाउमा जारी १९ औं एसियाली खेलकुदको बक्सिङमा नेपालका रविन थापा पराजित भएका छन् ।

पुरुष ४७-५७ केजी तौलसमूहमा उत्तर कोरियाका सो चोनरियोसँग ५-० ले पराजित भएपछि रविनको यात्रा अन्तिम १६ मै सिमित बन्याे । रविनले सोमबार इन्डोनेसियाका कोइबानु डियोलाई ४-१ ले हराउँदै पहिलो चरण पार गरेका थिए ।

रविनको पराजयसँगै बक्सिङमा पुरुषतर्फ नेपालको चुनौती सकिएको छ । हाङझाउमा नेपालबाट कुल १३ खेलाडीको सहभागिता थियो । जसमध्ये पुरुष बक्सिङको चुनौती समाप्त भएको हो । महिलातर्फ पाँच खेलाडी बाहिरी सकेका छन् भने दुईजनाको प्रतिस्पर्धा बाँकी छ ।

आइतबार महिला ५७-६० केजी तौलसमूहमा नेपालकी संगिता सुनार भियतनामकी लिन थी भियासँग ५-० ले पराजित भएकी थिइन् । सोही दिन पुरुष ७१-८० केजीमा दीपक श्रेष्ठ उज्वेकिस्तानका तुराबेक खबिबुलायभसँग ५-० ले तथा महिला ५०-५४ केजीमा मिनु गुरुङ जापानकी रिन्का किनोशितासँग ५-० ले नै स्तब्ध बने ।

सोमबार महिला ६०-६६ केजीमा बिनीता थापा मगर चाइनीज ताइपेइकी नाइन सेनसँग रेफ्री स्पोट्स कन्टेस्टका आधारमा हार पराजित भइन् । साेही दिन  पुरुष ६३.५-७१ केजीमा भारतका निशान्त देवसँग ५-० ले पराजित हुँदा दीपेश लामाको यात्रा अगाडि बढ्न सकेन ।

मंगलबार पुरुष ५२-५७ केजीमा बुद्ध लामा भियतनामका डुवङ भान ग्युयनसँग ५-० तथा ९१ केजीमा आशिष दवाडी मंगोलियाका बियकनर खलीसँग ३-१ ले पराजित हुँदै बाहिरिए ।

बुधबार महिला ४५-५० केजीमा सुष्मा तामाङ काजकस्तानकी नजिम किजाइबेसँग ५-० ले पराजित भइन् । त्यस्तै पुरुष ५७-६३.५ केजीमा चाइनीज ताइपेका एनचु लालसँग ४-० ले निराश बनेका भुपेन्द्र थापा मगरको यात्रामा पूर्णविराम लाग्यो ।

शुक्रबार महिला ५४-५७ केजीको प्रारम्भिक चरणमा चन्द्रकला थापाले थाइल्यान्डकी पोर्नतीप ब्वापासँग तथा शनिबार ६६-७५ केजीमा सरस्वती रानाले भियतनामकी क्युन दीम लूको सामना गर्नेछन् ।

 


भिडियो
एसियन कप छनोट खेलेर स्वदेश फर्कियो नेपाली टोली ll NEPAL NATIONAL WOMEN'S FOOTBALL TEAM
एन्फासँग योजना छ, महिला फुटबलले फड्को मार्छ ll KIRAN RAI - General Secretary, ANFA
प्रशिक्षकको विश्वास जितेँ, आगामी यात्राका लागि थप उर्जा मिलेको छ ll RENUKA HAMAL
सक्दो दिएका हौं, टाइब्रेकरअघि नै जित्छौं भन्ने थियो ll ANITA BASNET
यहि प्रशिक्षक रहिरहने हो भने हाम्रो भविष्य उज्ज्वल छ ll SABITRA BHANDARI: CAPTAIN
MATCH REVIEW उज्वेकिस्तानसँग किन हार्यो नेपाल? महिला फुटबलको अबको बाटो कस्तो हुनुपर्छ? JIBESH PANDEY
उज्वेकिस्तानको चुनौतीका लागि नेपाली टोली तयार ll NEPAL NATIONAL WOMEN'S FOOTBALL TEAM TRAINING