काठमाडौं । घरेलु टोली इङ्ल्यान्डविरुद्धको दोस्रो टेस्टमा भाररले ३३७ रनको सानदार जित दर्ता गरेको छ ।
जितसँगै पाँच खेलको टेस्ट शृंखला १-१ को बराबरीमा पुगेको छ । पहिलो टेस्टमा घरेलु टोली इङ्ल्यान्ड पाँच विकेटले विजयी भएको थियो ।
बेलिङ्घमस्थित एजबास्टन ६०८ रनको लक्ष्य पछ्याएको घरेलु टोलीले २७१ रन मात्र बनाउन सक्यो । इङ्ल्यान्डका लागि जेमी स्मिथले ९९ बलमा ९ चौका र चार छक्कासहित सर्वाधिक ८८ रनको योगदान गरे । बायडेन कार्सेले ३८, कप्तान बेन स्टोक्सले ३३, बेन डकेटले २५, ओली पोपले २४ तथा ह्यारी ब्रकले २३ रन बनाए ।
भारतका लागि आकाश दिपले ६ तथा मोहम्मद सिराज, प्रसिद्ध कृष्णा, वासिंटन सुन्दर र रविन्द्र जडेजाले समान एक विकेट लिए ।
भारतले ४२७ ६ को स्थितीमा दोस्रो इनिङ समाप्तिको घोषणा गरेपछि इङ्ल्यान्डले ६०८ रनको लक्ष्य प्राप्त गरेको थियो ।
भारतका लागि कप्तान शुभमन गिलले १६२ बलमा १३ चौका र आठ छक्काको मद्दतले सर्वाधिक १६१ रनको योगदान गरे । यसैगरी रविन्द्र जडेजाले अजिजित ६९, ऋषभ पन्तले ६५, केएल राहुलले ५५, यशस्वी जैसवालले २८ र करुण नायरले २६ रन बनाए ।
इङ्ल्यान्डका लागि जोस टंग र सोयब बसिरले समान दुई तथा बायडेन कार्से र जो रुटले समान एक विकेट लिए ।
त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको भारतले पहिलो इनिङमा ५८७ रन जोडेको थियो । ४०७ रन बनाएको इङ्ल्यान्ड पहिलो इनिङमा १८० रनले पछि परेको थियो ।
तेस्रो टेस्ट बिहिबारबाट लड्स क्रिकेट मैदानमा सुरु हुनेछ ।