माघ २०, २०८२ मंगलबार | ०६:३०:१०
राष्ट्रिय लिगः गोलविहीन सोमबार मछिन्द्रले पहिलोपटक अंक गुमायो पत्रकारसँग ओलम्पिक कमिटीको अन्तरक्रिया अध्यक्ष र महासचिवको बहुमत दम्भमा मेरो आवाज दबाइयोः उपाध्यक्ष खतिवडा भुटानविरुद्ध नेपालको संघर्षपूर्ण जित, फाइनल सम्भावना जीवितै सिर्जनाको गोलमा भुटानविरुद्ध नेपाललाई अग्रता भुटानविरुद्ध नेपालको पहिलो रोजाई सार्वजनिक साफ यु–१९ च्याम्पियनसिपः भारतलाई हराउँदै बंगलादेश फाइनल नजिक दक्षिण अफ्रिका र न्युजिल्यान्डलाई अफगानिस्तानको चुनौती अंक दूरी बढाउँदै इन्टर पिएसजीलाई दुई अंकको अग्रता राष्ट्रिय लिगः गोलविहीन सोमबार मछिन्द्रले पहिलोपटक अंक गुमायो पत्रकारसँग ओलम्पिक कमिटीको अन्तरक्रिया अध्यक्ष र महासचिवको बहुमत दम्भमा मेरो आवाज दबाइयोः उपाध्यक्ष खतिवडा भुटानविरुद्ध नेपालको संघर्षपूर्ण जित, फाइनल सम्भावना जीवितै सिर्जनाको गोलमा भुटानविरुद्ध नेपाललाई अग्रता भुटानविरुद्ध नेपालको पहिलो रोजाई सार्वजनिक साफ यु–१९ च्याम्पियनसिपः भारतलाई हराउँदै बंगलादेश फाइनल नजिक दक्षिण अफ्रिका र न्युजिल्यान्डलाई अफगानिस्तानको चुनौती अंक दूरी बढाउँदै इन्टर पिएसजीलाई दुई अंकको अग्रता

नेपालले फोर नेसन्स कप बक्सिङमा सहभागिता जनाउने

काठमाडौं । फोर नेसन्स कप बक्सिङ प्रतियोगितामा सहभागी हुन नेपाली टोली सोमबार भुटानको थिम्पु प्रस्थान गरेको छ । टोलीलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप)  सदस्यसचिव टंकलाल घिसिङले सोमबारै बिदाइ गरे ।

अप्रिल ११ देखि १३ सम्म हुने प्रतियोगिताको पुरुष ४८ केजीमुनिमा लालप्रसाद उप्रेती तथा ५१ केजीमुनिमा चन्द्रबहादुर थापाले प्रतिस्पर्धा गर्नेछन् । यस्तै महिला ४८ केजीमुनिमा रमिशा श्रेष्ठ, ५० केजीमुनिमा अस्मिता दुवाल र ५४ केजीमुनिमा वर्षा श्रेष्ठले सहभागिता जनाउने छन् ।

टोलीको अफिसियलमा नेपाल बक्सिङ महासंघका उपाध्यक्ष श्यामकाजी अवाले, प्रशिक्षकमा प्रवीण तुलाधर र दीपक महर्जन, आइटीओमा पुस्करराज पन्त, टेक्निकलमा असिम न्यौपाने तथा निर्णायकमा धनकुमार मैनाली, सन्तोष आले मगर र अनुराधा लामा छन् ।

बक्समान्डुबाट पनि तीन खेलाडीः 
सोही प्रतियोगितामा चुच्चेपाटीस्थित बक्समान्डु बक्सिङ जिमले पनि सहभागिता जनाउने भएकाे छ ।महासचिव मानबहादुर भण्डारीले महासंघकै स्वीकृतिमा बक्समान्डुले तीन खेलाडी सहभागी गराउन लागेको जानकारी दिए ।

पुरुष ५१ केजीमुनिमा लक्ष्मण राई, ५७ केजीमुनिमा प्रवल उप्रेती र ६० केजीमुनिमा छिरिङ वाङ्दी शेर्पाले सहभागिता जनाउने छन् ।  टोलीको प्रशिक्षकमा उमेश कटुवाल र सन्दीप श्रेष्ठ छन् ।

बक्समान्डुको टोली पनि सोमबारै भुटान प्रस्थान गरेको छ । दुवै टोली प्रतियोगिताअघि थिम्पुमै अप्रिल ८ देखि १० तारिखसम्म हुने प्रशिक्षण शिवीरमा सहभागी हुनेछन् ।


भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।