काठमाडौं । नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीले बंगलादेशसँग आगामी सेप्टेम्बर ६ र ९ मा दुई अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेल्ने भएको छ।
अखिल नेपाल फुटबल संघ (एन्फा) का अनुसार फिफा विन्डो अन्तर्गतका दुवै खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुनेछन्।
नेपालले एएफसी एसियन कप २०२७ तेश्रो चरणको छनोट अन्तर्गत भियतनामसँगको खेलको तयारीका लागि बंगलादेशसँग मैत्रीपूर्ण खेल खेल्न लागेको हो ।
नेपाल एसियन कप छनोटको समूह ‘एफ’ मा छ । यो समूहमा नेपालसँगै मलेसिया, लाओस र भियतनाम छन् । समूह चरणका दुई खेल खेलेको नेपालले दुवै खेल हार बेहोरेको छ ।
नेपाल मलेसियासँग २-० र लाओससँग २-१ ले पराजित भएको थियो । नेपालीले अब अक्टोबर ९ मा भियतनामसँग उसैको मैदानमा प्रतिस्पर्धा गर्नेछ ।
भिडियो
NEW DIAMOND मा भलिबल दिवसको रौनक II INTERNATIONAL VOLLEYBALL DAY II NEPAL NATIONAL GAME
एसियन कप छनोट खेलेर स्वदेश फर्कियो नेपाली टोली ll NEPAL NATIONAL WOMEN'S FOOTBALL TEAM
एन्फासँग योजना छ, महिला फुटबलले फड्को मार्छ ll KIRAN RAI - General Secretary, ANFA
प्रशिक्षकको विश्वास जितेँ, आगामी यात्राका लागि थप उर्जा मिलेको छ ll RENUKA HAMAL
सक्दो दिएका हौं, टाइब्रेकरअघि नै जित्छौं भन्ने थियो ll ANITA BASNET
यहि प्रशिक्षक रहिरहने हो भने हाम्रो भविष्य उज्ज्वल छ ll SABITRA BHANDARI: CAPTAIN
MATCH REVIEW उज्वेकिस्तानसँग किन हार्यो नेपाल? महिला फुटबलको अबको बाटो कस्तो हुनुपर्छ? JIBESH PANDEY