चैत्र ७, २०८२ शनिबार | ०३:०२:४७
आइपिएल टोली परिचय (भाग २) फुटबल जोगाउने की ‘निरो’ बन्ने ? यु-२० साफ च्याम्पियनसिपः उपाधि लय फर्काउने चुनौती उपाधि भन्दा ठूलो लडाई के इटालीका लागि फुटबलको महत्त्व कम भइरहेको हो ? पिएम कपको विजेताले १० लाख पाउने दावा लामाको उम्मेदवारी तत्काल स्थगन गर्न अदालतको आदेश न्युजिल्याण्डको अर्को जित विश्वकपमा खराब प्रदर्शनपछि कप्तानको राजिनामा स्टार्कले पनि सुरुवाती आइपिएल गुमाउने आइपिएल टोली परिचय (भाग २) फुटबल जोगाउने की ‘निरो’ बन्ने ? यु-२० साफ च्याम्पियनसिपः उपाधि लय फर्काउने चुनौती उपाधि भन्दा ठूलो लडाई के इटालीका लागि फुटबलको महत्त्व कम भइरहेको हो ? पिएम कपको विजेताले १० लाख पाउने दावा लामाको उम्मेदवारी तत्काल स्थगन गर्न अदालतको आदेश न्युजिल्याण्डको अर्को जित विश्वकपमा खराब प्रदर्शनपछि कप्तानको राजिनामा स्टार्कले पनि सुरुवाती आइपिएल गुमाउने

फोर नेसन्स कप बक्सिङमा नेपाललाई आठ पदक

काठमाडौं । भुटानको थिम्पुमा सम्मन्न फोर नेसन्स कप बक्सिङ च्याम्पियनसिपमा नेपालले चार स्वर्ण, तीन रजत र एक कांस्य पदक जितेको छ । यो नतिजासँगै चार राष्ट्र सहभागी भएको प्रतियोगितामा नेपाल दोश्रो स्थानमा रह्यो । सात स्वर्ण, चार रजत र चार कांस्य पदकका साथ भुटान आयोजक च्याम्म्पियन बन्यो ।

महिला ५० केजीमा नेपालकी आरती बम्जनले भुटानकी जामो जिग्दाललाई ५-० अंकमा पराजित गरी स्वर्ण पदक जितिन् । महिला ५२ केजीमा अस्मिता दुवालले भुटानकै डेमो नोर्नुलाई ५-० अंकले हराउदै नेपाललाई स्वर्ण पदक दिलाइन् ।

त्यसैगरी महिला ५४ केजीमा नेपालकी वर्षा श्रेष्ठले भुटानकै लामो तासीलाई ४-१ अंकले पछि पार्दै स्वर्ण पदक जितिन् । पुरुष ५१ केजीमा नेपालका लक्ष्मण राईले भारत (सिक्किम) का कृष्णकैलाश राईलाई ५-० अंकले निसार बनाउँदै स्वर्ण पदक चुमे ।

यसैगरी पुरुष ४८ केजीमा नेपालका लालप्रसाद उप्रेती, ५४ केजीमा चन्द्रबहादुर थापा र ५७ केजीमा प्रवल उप्रेदीले रजतपदक जिते । लाल भुटानका दोर्जे मगर, चन्द्र बंगलादेशका मोहमद उन्सोव र प्रवल भुटानका टासी योएजरसँग पराजित भए ।

महिला ४८ केजीमा रमिशा श्रेष्ठले नेपालालई कांस्य पदक दिलाइन् । यता बक्समान्डुबाट सहभागिता जनाएका छिरिङ वाङ्दी शेर्पा पुरुष ६० केजीमा कांस्य पदक जिते ।

टोलीको अफिसियलमा नेपाल बक्सिङ महासंघका उपाध्यक्ष श्यामकाजी अवाले, प्रशिक्षकमा प्रवीण तुलाधर र दीपक महर्जन, आइटीओमा पुस्करराज पन्त, टेक्निकलमा असिम न्यौपाने तथा निर्णायकमा धनकुमार मैनाली, सन्तोष आले मगर र अनुराधा लामा थिए । 

प्रतियोगिता अप्रिल ११-१३ सम्म भएको थियो । 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो