कार्तिक १९, २०८२ बुधबार | ०५:३६:२४
खेलकुद मन्त्री गुप्ता सरोकारवालासँगको भेटघाटमा व्यस्त नेपाल जेनजी फ्रन्टले माग्यो एन्फा नेतृत्वको राजीनामा नेपाल किर्गिस्तानसँग पराजित एपिएफ सेमिफाइनलमा, रश्मिको ह्याट्रिक एन्फालाई जेनजी योद्धाको चेतावनीः लिग नभए सडक संघर्ष महिला बास्केटबल बुधबारबाट हुने युवा तथा खेलकुद मन्त्रालयको सुधार कार्ययोजना सार्वजनिक एभरेष्ट महिला भलिबल लिगका बाँकी खेल काठमाडौंमा हुने इसाकले रियाल मड्रिडविरुद्धको खेल पनि गुमाउने इङ्लिस विकेटकिपर जोहन सिम्पसनले काठमान्डौंबाट खेल्ने खेलकुद मन्त्री गुप्ता सरोकारवालासँगको भेटघाटमा व्यस्त नेपाल जेनजी फ्रन्टले माग्यो एन्फा नेतृत्वको राजीनामा नेपाल किर्गिस्तानसँग पराजित एपिएफ सेमिफाइनलमा, रश्मिको ह्याट्रिक एन्फालाई जेनजी योद्धाको चेतावनीः लिग नभए सडक संघर्ष महिला बास्केटबल बुधबारबाट हुने युवा तथा खेलकुद मन्त्रालयको सुधार कार्ययोजना सार्वजनिक एभरेष्ट महिला भलिबल लिगका बाँकी खेल काठमाडौंमा हुने इसाकले रियाल मड्रिडविरुद्धको खेल पनि गुमाउने इङ्लिस विकेटकिपर जोहन सिम्पसनले काठमान्डौंबाट खेल्ने

फोर नेसन्स कप बक्सिङमा नेपाललाई आठ पदक

काठमाडौं । भुटानको थिम्पुमा सम्मन्न फोर नेसन्स कप बक्सिङ च्याम्पियनसिपमा नेपालले चार स्वर्ण, तीन रजत र एक कांस्य पदक जितेको छ । यो नतिजासँगै चार राष्ट्र सहभागी भएको प्रतियोगितामा नेपाल दोश्रो स्थानमा रह्यो । सात स्वर्ण, चार रजत र चार कांस्य पदकका साथ भुटान आयोजक च्याम्म्पियन बन्यो ।

महिला ५० केजीमा नेपालकी आरती बम्जनले भुटानकी जामो जिग्दाललाई ५-० अंकमा पराजित गरी स्वर्ण पदक जितिन् । महिला ५२ केजीमा अस्मिता दुवालले भुटानकै डेमो नोर्नुलाई ५-० अंकले हराउदै नेपाललाई स्वर्ण पदक दिलाइन् ।

त्यसैगरी महिला ५४ केजीमा नेपालकी वर्षा श्रेष्ठले भुटानकै लामो तासीलाई ४-१ अंकले पछि पार्दै स्वर्ण पदक जितिन् । पुरुष ५१ केजीमा नेपालका लक्ष्मण राईले भारत (सिक्किम) का कृष्णकैलाश राईलाई ५-० अंकले निसार बनाउँदै स्वर्ण पदक चुमे ।

यसैगरी पुरुष ४८ केजीमा नेपालका लालप्रसाद उप्रेती, ५४ केजीमा चन्द्रबहादुर थापा र ५७ केजीमा प्रवल उप्रेदीले रजतपदक जिते । लाल भुटानका दोर्जे मगर, चन्द्र बंगलादेशका मोहमद उन्सोव र प्रवल भुटानका टासी योएजरसँग पराजित भए ।

महिला ४८ केजीमा रमिशा श्रेष्ठले नेपालालई कांस्य पदक दिलाइन् । यता बक्समान्डुबाट सहभागिता जनाएका छिरिङ वाङ्दी शेर्पा पुरुष ६० केजीमा कांस्य पदक जिते ।

टोलीको अफिसियलमा नेपाल बक्सिङ महासंघका उपाध्यक्ष श्यामकाजी अवाले, प्रशिक्षकमा प्रवीण तुलाधर र दीपक महर्जन, आइटीओमा पुस्करराज पन्त, टेक्निकलमा असिम न्यौपाने तथा निर्णायकमा धनकुमार मैनाली, सन्तोष आले मगर र अनुराधा लामा थिए । 

प्रतियोगिता अप्रिल ११-१३ सम्म भएको थियो । 


भिडियो
U-19 भलिबल टोलीको बिदाइमा नयाँ खेलकुद मन्त्रीले के भने ?
यू–१९ भलिबल टोलीलाई खेलकुद मन्त्रीको बिदाइ ll U-19 VOLLEYBALL TEAM FAREWELL
हाम्रो लक्ष्य स्वर्ण पदक जित्ने हो ll JENISHA BISHWAKARMA ll CAPTAIN ll U-19 VOLLEYBALL TEAM
उपाधि हाम्रो हुनेछ भन्नेमा हामी ढुक्क छौँ ll KUMAR RAI ll HEAD COACH ll U-19 ll VOLLEYBALL TEAM
पंकजजीलाई विधि विधानमा विश्वास छैन ।। न्यायका लागि अदालत जान्छु ।। BIR BAHADUR KHADKA ।। ANFA
A DIVISION CLUB को बैठकमा मन्त्री गुप्ताले के भने ll ANIL SHRESTHA ll PRESIDENT ll MACHHINDRA
होम एन्ड अवे लिगका लागि आजैबाट गृहकार्य गर्छौं ll KIRAN RAI ll GENERAL SECRETARY ll ANFA