माघ १०, २०८२ शनिबार | ००:२३:५५
जेन्जी खेलमन्त्रीसँग के छ जवाफ ? रेडबुलमै रमाइरहेका क्लोप किन प्रशिक्षणमा फर्कन चाहन्छन् ? फुटबलै नरहे के को एन्फा ? नेपाली महिला क्रिकेट टोलीको साहसिक प्रदर्शन, अघि बढ्ने अवस्था कमजोर युरोपेली फुटबलमा इङ्लिस क्लबको वर्चस्व लालिगुराँसको लगातार तेस्रो जित, पुलिसको दोस्रो हार भारतको चुनौती समाप्त, उपाधिमा भुटान र बंगलादेशको दाबेदारी सातदोबाटोको पहिलो जित, मनाङको लगातार तेस्रो हार पाकिस्तानको चुनौती समाप्त, च्याम्पियन बन्न बंगलादेश एक जित टाढा श्री भगवतीसामू नव जनजागृति निरीह जेन्जी खेलमन्त्रीसँग के छ जवाफ ? रेडबुलमै रमाइरहेका क्लोप किन प्रशिक्षणमा फर्कन चाहन्छन् ? फुटबलै नरहे के को एन्फा ? नेपाली महिला क्रिकेट टोलीको साहसिक प्रदर्शन, अघि बढ्ने अवस्था कमजोर युरोपेली फुटबलमा इङ्लिस क्लबको वर्चस्व लालिगुराँसको लगातार तेस्रो जित, पुलिसको दोस्रो हार भारतको चुनौती समाप्त, उपाधिमा भुटान र बंगलादेशको दाबेदारी सातदोबाटोको पहिलो जित, मनाङको लगातार तेस्रो हार पाकिस्तानको चुनौती समाप्त, च्याम्पियन बन्न बंगलादेश एक जित टाढा श्री भगवतीसामू नव जनजागृति निरीह

पुम्दी–भुम्दी पर्वतीय दौडमा ४ देशका १३० धावक सहभागी हुने

गतवर्ष पहिलो संस्करणमा पोखरा शान्ति स्तुपबाट दौड सुरु हुनुपूर्व सहभागीहरु । तस्बिर सौजन्यः दीनानाथ बराल

पोखरा । जेनजी आन्दोलनका कारण निर्धारित समयभन्दा एक साता पछि धकेलिएको पुम्दी–भुम्दी पर्वतीय दौड प्रतियोगिताको दोस्रो संस्करण शनिबार हुने आयोजकले जनाएको छ ।

खेल पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले पोखरा प्रवर्धन केन्द्र र पोखरा क्लिक प्रालिको आयोजनामा विश्व पर्यटन विवसको अवसरमा प्रतियोगिता गरिन लागेको हो । प्रतियोगितामा नेपालसहित ४ देशका १३० धावकको सहभागिता रहने संयोजक दीनानाथ बरालले जानकारी गराएका छन् । बरालका अनुसार शुक्रबार बिहान १० बजेसम्म पनि सहभागी हुन चाहनेले नाम दर्ता गराउन सक्नेछन् ।

प्रतियोगितामा नेपाल, बेलायत, इजरायल र नर्वेका खेलाडीहरुले नाम दर्ता गराएका छन् । प्रतियोगितामा खुल्लातर्फ ५४, महिला खुलातर्फ ७, यू–१६ तर्फ १८, विदेशी पर्यटक ३, भेट्रान्स (४० वर्षमाथि) तर्फ १४ र वडास्तरीय दौडतर्फ ३५ जनाले नाम दर्ता गराएको पोखरा प्रबद्र्धन केन्द्रका उपाध्यक्ष असफल गौतमले बताए । सबै इभेन्टका विजयीलाई नगद पुरस्कार प्रदान गरिने बताइए पनि रकम भने खुलाइएको छैन ।

प्रतियोगिताकै अवसर पारेर आयोजकले विश्व कीर्तिमानी धावक वसन्त घिमिरे र समाजसेवी अशोक गुरुङलाई सम्मान गर्ने भएको छ । प्रतियोगिता नेपाल पर्यटन बोर्डको प्रबद्र्धन तथा पोखरा महानगरपालिकाको सहकार्यमा हुनेछ ।

गत साता हुने भनिएको प्रतियोगिता जेनजी प्रदर्शनका कारण उत्पन्न परिस्थितिले एक सातापछि धकेलिएको हो । असोज ११ गते शनिबार बिहान हुने प्रतियोगितामा धावकलाई स्थानीय आमा समूह र क्लबले फूलमाला र घडासहित स्वागत गर्ने छन् ।


भिडियो
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।
चुनाव अवैधानिक छ, यसले सरोकारवालामाथि अन्याय हुन्छ, फुटबलमा अर्को द्वन्द्व निम्तिन्छ BIRAT JUNG SHAH
EARLY ELECTION गर्ने ANFA कार्यसमितिको निर्णयमाथि के भन्छन् पूर्व अध्यक्ष शेर्पा ?
सरकारले ओलम्पिकको भावना र कानून कहिल्यै बुझेन । समस्या नै यही हो। Lok Bhakta Rana II Senior Advocate