माघ ८, २०८२ बिहीबार | १८:४८:१०
नेपालको चुनौती सकियो, माल्दिभ्स उपाधि नजिक चर्च ब्वाइजविरुद्ध एपिएफको सहज जित नेदरल्यान्ड्ससँग नेपालको दूर्भाग्यजनक हार नेपाललाई २ रनले हराउँदै नेदरल्यान्ड्स सुपर ६ मा नेपाललाई नेदरल्यान्ड्सले दियो १४१ रनको लक्ष्य नेपालविरुद्ध टस जितेर नेदरल्यान्डस् ब्याटिङ गर्दै वेष्ट इन्डिजविरुद्धको शृंखला अफगानिस्तानलाई अभिषेक चम्किएपछि भारतले पहिलो खेलमा न्युजिल्यान्डलाई हरायो अल नासरको जितमा रोनाल्डोको गोल बार्सिलोनाको कमब्याक जित नेपालको चुनौती सकियो, माल्दिभ्स उपाधि नजिक चर्च ब्वाइजविरुद्ध एपिएफको सहज जित नेदरल्यान्ड्ससँग नेपालको दूर्भाग्यजनक हार नेपाललाई २ रनले हराउँदै नेदरल्यान्ड्स सुपर ६ मा नेपाललाई नेदरल्यान्ड्सले दियो १४१ रनको लक्ष्य नेपालविरुद्ध टस जितेर नेदरल्यान्डस् ब्याटिङ गर्दै वेष्ट इन्डिजविरुद्धको शृंखला अफगानिस्तानलाई अभिषेक चम्किएपछि भारतले पहिलो खेलमा न्युजिल्यान्डलाई हरायो अल नासरको जितमा रोनाल्डोको गोल बार्सिलोनाको कमब्याक जित

साग स्वर्णधारी सन्तोषी र राजनलाई गरिमा दौडको उपाधि

काठमाडौं, नेपाली सेनाको त्रिभुवन आर्मी क्लबका राजन रोकाया र नेपाली एथ्लेटिक्सकी गोल्डेन गर्ल धादिङकी सन्तोषी श्रेष्ठले शनिबार दोसे गरिमा रोडरेसको १० किलोमिटर दौडको उपाधि जितेका छन् ।

दक्षिण एसियाली खेलकुद (साग) स्वर्णधारी ओलम्पियन सन्तोषीले ३४ मिनेट ५४.४ सेकेन्डमा निर्धारित दुरी तय गर्दै उपाधि रक्षा गरिन । ३५ मिनेट १५.३ सेकेन्डको टाइमिङका साथ आर्मीकी निशा मजाकोटी दोश्रो तथा ३६ मिनेट २१.३ सेकेन्डमा दुरी तय गरेकी आर्मीकै सिर्जना पाण्डेय तेश्रो भए ।

पुरुषतर्फ राजनले २९ मिनेट १२.१२ सेकेन्डमा दुरी पूरा गर्दै उपाधिमा कव्जा जमाउँदा साविक विजेता आर्मीकै मुकेशबहादुर पाल २९ मिनेट ५०.९२ सेकेन्डको टाइमिङका साथ दोश्रो भए । आर्मीकै सञ्जय श्रेष्ठले निर्धारित दूरी ३० मिनेट ०५.०० सेकेन्डमा तय गरेर तेस्रो स्थान हासिल गरे ।

महिला तथा पुरुष दुवैतर्फ विजेताले नगद ५० हजार रुपैयाँ पुरस्कार पाउँदा दोस्रो हुनेले ३५ हजार तथा तेस्रो हुनेले २० हजार रुपैयाँ प्राप्त गरे ।

गरिमा विकास बैंक लिमिटेडको आयोजनामा सम्पन्न प्रतियोगिताको भेट्रान ५० वर्षमाथि पुरुष ५ किलोमिटरमा धर्म महर्जन पहिलो, अभिनारायण अधिकारी दोश्रो र रेवतबहादुर दाहाल तेश्रो भए ।

भेट्रान महिला ४५ वर्षमाथि कल्पना महर्जनले उपाधि जित्दा महेश्वरी थापा रायमाझी दोस्रो तथा सावित्रा भण्डारी भए ।

भेट्रानतर्फ महिला पुरुष दुवैतर्फ विजेताले ३० हजार, उपविजेताले २० हजार तथा तेस्रो हुनेले १४ हजार रुपैयाँ पुरस्कार पाए ।

प्रतियोगितामा १ हजार ४ सयको सहभागिता रहेको रेस डाइरेक्टर राजन खत्रीलाई उद्यृत गर्दै राष्ट्रिय खेलकुद परिषदले जनाएको छ ।


भिडियो
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।
चुनाव अवैधानिक छ, यसले सरोकारवालामाथि अन्याय हुन्छ, फुटबलमा अर्को द्वन्द्व निम्तिन्छ BIRAT JUNG SHAH
EARLY ELECTION गर्ने ANFA कार्यसमितिको निर्णयमाथि के भन्छन् पूर्व अध्यक्ष शेर्पा ?
सरकारले ओलम्पिकको भावना र कानून कहिल्यै बुझेन । समस्या नै यही हो। Lok Bhakta Rana II Senior Advocate