पुस १, २०८२ बुधबार | ११:०२:४१
चेल्सीको जितमा गर्नाचोको दुई गोल बार्सिलोनाको सहज जित साफ महिला क्लब च्याम्पियनसिपः एपिएफको वास्तविक परीक्षण आज, इस्ट बङ्गालसँग खेल्दै नेपाल क्यानो र कायाक टोलीलाई एनओसीको बिदाई चेल्सी वर्ल्डको दोहोरो जित राष्ट्रिय टेबल टेनिसः सुरम्यलाई स्वर्ण संयोगलाई यिन्हेको साथ एन्फा यु-१६ युथ लिगः चर्च ब्वाइजले पुलिसलाई रोक्यो, मछिन्द्रको जित, एपिएफ र एनआरटीले खेल्यो गोलरहित काष्ठमण्डप र दीक्षालय फाइनलमा अस्ट्रेलियाका क्यामरुन बने आइपिएलका सबैभन्दा महँगो विदेशी चेल्सीको जितमा गर्नाचोको दुई गोल बार्सिलोनाको सहज जित साफ महिला क्लब च्याम्पियनसिपः एपिएफको वास्तविक परीक्षण आज, इस्ट बङ्गालसँग खेल्दै नेपाल क्यानो र कायाक टोलीलाई एनओसीको बिदाई चेल्सी वर्ल्डको दोहोरो जित राष्ट्रिय टेबल टेनिसः सुरम्यलाई स्वर्ण संयोगलाई यिन्हेको साथ एन्फा यु-१६ युथ लिगः चर्च ब्वाइजले पुलिसलाई रोक्यो, मछिन्द्रको जित, एपिएफ र एनआरटीले खेल्यो गोलरहित काष्ठमण्डप र दीक्षालय फाइनलमा अस्ट्रेलियाका क्यामरुन बने आइपिएलका सबैभन्दा महँगो विदेशी

राजन र सन्तोषीलाई उपाधि

काठमाडौं । पाँचौँ वी गणेशमान सिंह १० किलोमिटर रोड रेस रेसको पाँचौं संस्करणमा आर्मीका राजन रोकाया र धादिङकी सन्तोषी श्रेष्ठ च्याम्पियन बनेका छन् ।

वीर गणेशमान सिंह फाउन्डेसन अन्तर्गत वीर गणेशमान सिंह स्पोर्टस कमिटीको आयोजनामा शनिबार सम्पन्न प्रतियोगितामा पुरुषतर्फको उपाधि जितेका राजनले ३१ मिनेट २२ सेकेन्डको समय निकाले ।

आर्मीकै खड्कबहादुर खड्का ३१ मिनेट ५५ सेकेन्डका साथ दोस्रो हुँदा मुकेशबहादुर पाल ३२ मिनेट १२ सेकेण्डमा दौड पूरा गर्दै तेस्रो  स्थानमा रहे । बागलुङका तीर्थ पुनले चौथो र केन्याका जुलियस मुरीउकीले पाँचौँ स्थान हासिल गरे।

महिलातर्फ सन्तोषी श्रेष्ठले ३८ मिनेट ३ सेकेन्डकम दौड पूरा गर्दै उपाधि जितिन्। त्रिभुवन आर्मी क्लबकी पूर्ण लक्ष्मी न्यौपाने ३९ मिनेट १९ सेकेन्डका साथ दोस्रो र  एपिएफकी आशा रावत ४० मिनेट २७ सेकेन्डको समय निकाल्दै  तेस्रो स्थान हासिल गरे । एपिएफकै फूलमति राना ४० मिनेट २७.०१ सेकेन्डमा पूरा गर्दै चौथो भइन्।

दौड दरबारमार्गस्थित एडिडास शोरुमबाट सुरु भई भद्रकाली, रत्नपार्क, जमल, दरबारमार्ग, केशरमहल, लैनचौर, लाजिम्पाट, महाराजगन्ज, बालुवाटार, नक्शाल, जय नेपाल हल हुँदै पुनः दरबारमार्गमै पुगे समाप्त भएको थियो ।

दुवैतर्फका शीर्ष पाँचले क्रमशः ६०, ३० हजार, १५, १० ५ हजार रुपैयाँ प्राप्त गरेका छन्।

प्रतियोगितामा विदेशी धावकसहित करीब ५५० धावक धाविकाको सहभागिता थियो ।

नेपाल एथलेटिक्स संघको प्राविधिक सहयोगमा सम्पन्न प्रतियोगिताको उद्घाटन तथा पुरस्कार वितरण उपप्रधानमन्त्री एवं शहरी विकास मन्त्री प्रकाशमान सिंहले गरेका थिए ।  

 


भिडियो
जसरी पनि सी डिभिजनमा पुग्ने लक्ष्य थियो, अब बी डिभिजनको लक्ष्य छ ।I GHANASHYAM THAPA II NPJ SPORTING
सी डिभिजन छनोट च्याम्पियन नेपालगञ्ज ११ का प्रशिक्षक जनक केसीः यो पश्चिम नेपालकै ठूलो उपलब्धि हो ।I
C DIVISION LEAGUE QUALIFIER'S मा च्याम्पियन भएपछि NEPALJUNG SPORTING 11 को खुसी II ANFA COMPLEX
APF VS KARACHI II MATCH REVIEW II फरवार्डहरु चनाखो नहुँदा स्कोरिङमा समस्या भइरहयो II NABIN NEUPANE
खेलाडीमा थकान बढी भयो ll JIBESH PANDEY ll HEAD COACH ll APF FC
नेपालमै भएका कोचहरू पनि निकै उत्कृष्ट हुनुहुन्छ। Rubina Chettry , Player, Women’s Cricket Team
महिलाको NPL सुरु भएपछि नयाँ प्रतिभाहरू पहिचान गर्न सकिनेछ ll Sita Rana Magar ll Women’s Cricket Team