पुस १, २०८२ बुधबार | ११:०७:३०
चेल्सीको जितमा गर्नाचोको दुई गोल बार्सिलोनाको सहज जित साफ महिला क्लब च्याम्पियनसिपः एपिएफको वास्तविक परीक्षण आज, इस्ट बङ्गालसँग खेल्दै नेपाल क्यानो र कायाक टोलीलाई एनओसीको बिदाई चेल्सी वर्ल्डको दोहोरो जित राष्ट्रिय टेबल टेनिसः सुरम्यलाई स्वर्ण संयोगलाई यिन्हेको साथ एन्फा यु-१६ युथ लिगः चर्च ब्वाइजले पुलिसलाई रोक्यो, मछिन्द्रको जित, एपिएफ र एनआरटीले खेल्यो गोलरहित काष्ठमण्डप र दीक्षालय फाइनलमा अस्ट्रेलियाका क्यामरुन बने आइपिएलका सबैभन्दा महँगो विदेशी चेल्सीको जितमा गर्नाचोको दुई गोल बार्सिलोनाको सहज जित साफ महिला क्लब च्याम्पियनसिपः एपिएफको वास्तविक परीक्षण आज, इस्ट बङ्गालसँग खेल्दै नेपाल क्यानो र कायाक टोलीलाई एनओसीको बिदाई चेल्सी वर्ल्डको दोहोरो जित राष्ट्रिय टेबल टेनिसः सुरम्यलाई स्वर्ण संयोगलाई यिन्हेको साथ एन्फा यु-१६ युथ लिगः चर्च ब्वाइजले पुलिसलाई रोक्यो, मछिन्द्रको जित, एपिएफ र एनआरटीले खेल्यो गोलरहित काष्ठमण्डप र दीक्षालय फाइनलमा अस्ट्रेलियाका क्यामरुन बने आइपिएलका सबैभन्दा महँगो विदेशी

जुलियस र सन्तोषी च्याम्पियन

महिलातर्फको च्याम्पियन सन्तोषी श्रेष्ठलाई ट्रफी प्रदान गरिदै ।

काठमाडौं । नेपाल हेरिटेज २५ किलोमिटर रेसको उपाधि केन्याका जुलियस म्युरुकी र नेपालकी सन्तोषी श्रेष्ठले जितेका छन् ।

पुरुषतर्फ केन्याका जुलियस म्युरुकीले १ घण्टा १६ मिनेट ४८ सेकन्डमा दूरी पार गरे  त्रिभुवन आर्मी क्लबका विनोद रोकाया  १ घण्टा १७ मिनेट ११ सेकेन्डका साथ दोस्रो र सुशील केसी १ घण्टा १८ मिनेट ५१ सेकेन्डको समय निकाल्दै तेस्रो स्थानमा रहे ।

महिलातर्फ सन्तोषीले १ घण्टा ३१ मिनेट ४३ सेकेन्डको समय निकालिन् । आर्मीकी नीशा सार्की १ घन्टा ३२ मिनेट ३१ सेकेन्डमा दोस्रो तथा एपिएफकी पुष्पा भण्डारी १ घण्टा ३८ मिनेट ०९ सेकेन्डका साथ तेस्रो भए ।

दुवैतर्फका शीर्ष तीनले १ लाख,  ५० हजार र २५ हजार रुपैयाँ प्राप्त गरे ।

५ किलोमिटर अन्तर्गत यु-१८ ब्वाइजमा अजय पाण्डे १७ मिनेट १२ सेकेन्डका साथ पहिलो स्थानमा रहे । सन्दीप सेन्चुरी १७ मिनेट ४४ सेकेन्डको समय निकाल्दै दोस्रो  अमृत विश्वकर्मा उनले १८ मिनेट १३ सेकेन्डमा दौड पूरा गर्दै तेस्रो भए ।

साेही स्पर्धाकाे गर्ल्समा २१ मिनेट ४७.६६ सेकेन्डको समय निकाल्दै अस्मिता भुजेल पहिलो भइन् । भगवती खड्का दोस्रो र आयुष्मा आचार्य तेस्रो भए। भगवतीले २२ मिनेट २७ दशमलव ८७ सेकेन्डमा र आयुष्माले २३ मिनेट ३०। ७८ सेकेन्डमा दौड पूरा गरेका थिए ।

भेट्रान ५ किलोमिटर पुरुषमा धर्म महर्जन, लेप्सङ तामाङ र रामचन्द्र श्रेष्ठ तथा माहिलामा  शर्मिला बस्नेत,  कल्पना महर्जन र केशरी थापामगर शीर्ष तीनमा रहे ।

५ किलोमिटर यु-१८ र भेट्रान दुवैतर्फको विजेताले १०, उपविजेताले ६ र तेस्रो हुनेले ३ हजार रुपैयाँ प्राप्त गरे ।

२५ किलोमिटरको रेस दशरथ रंगशालाबाट सुरु भएर कुपण्डोल, पाटन कृष्ण मन्दिर, ग्वार्को, तीनकुने एयरपोर्ट, गौशाला, कालोपुल, कमलपोखरी, हाक्तीसार, लैनचौेर, स्वयम्भु ताहाचल, वसन्तपुर हुँदै दशरथ रंगशालामा  टुंगिएको थियो।

 


भिडियो
जसरी पनि सी डिभिजनमा पुग्ने लक्ष्य थियो, अब बी डिभिजनको लक्ष्य छ ।I GHANASHYAM THAPA II NPJ SPORTING
सी डिभिजन छनोट च्याम्पियन नेपालगञ्ज ११ का प्रशिक्षक जनक केसीः यो पश्चिम नेपालकै ठूलो उपलब्धि हो ।I
C DIVISION LEAGUE QUALIFIER'S मा च्याम्पियन भएपछि NEPALJUNG SPORTING 11 को खुसी II ANFA COMPLEX
APF VS KARACHI II MATCH REVIEW II फरवार्डहरु चनाखो नहुँदा स्कोरिङमा समस्या भइरहयो II NABIN NEUPANE
खेलाडीमा थकान बढी भयो ll JIBESH PANDEY ll HEAD COACH ll APF FC
नेपालमै भएका कोचहरू पनि निकै उत्कृष्ट हुनुहुन्छ। Rubina Chettry , Player, Women’s Cricket Team
महिलाको NPL सुरु भएपछि नयाँ प्रतिभाहरू पहिचान गर्न सकिनेछ ll Sita Rana Magar ll Women’s Cricket Team