चैत्र १६, २०८२ सोमबार | ०८:५८:००
फ्रान्सको सहज जित कराँचीको लगातार दोस्रो जित मुम्बईद्वारा कोलकाता पराजित कोलकातासामू मुम्बईकाे २२१ रनको लक्ष्य चेन्नईलाई अर्को ठूलो झट्का डिफेन्डिङ च्याम्पियन लाहोर लगातार दोस्रो जितको खोजिमा बागमतीमाथि आर्मीको रोमाञ्चक जित गण्डकीद्वारा पहिलो पटक विभागीय टोली पराजित नेपाल कबड्डी लिगः टिम मालिक सार्वजनिक पेम्बासहित पाँच खेलाडी पहिलोपटक राष्ट्रिय टोलीमा फ्रान्सको सहज जित कराँचीको लगातार दोस्रो जित मुम्बईद्वारा कोलकाता पराजित कोलकातासामू मुम्बईकाे २२१ रनको लक्ष्य चेन्नईलाई अर्को ठूलो झट्का डिफेन्डिङ च्याम्पियन लाहोर लगातार दोस्रो जितको खोजिमा बागमतीमाथि आर्मीको रोमाञ्चक जित गण्डकीद्वारा पहिलो पटक विभागीय टोली पराजित नेपाल कबड्डी लिगः टिम मालिक सार्वजनिक पेम्बासहित पाँच खेलाडी पहिलोपटक राष्ट्रिय टोलीमा

कीर्तिमानी धावक वैकुण्ठ मानन्धर सम्मानित

वैकुण्ठ मानन्धर (पहेंलो टि-सर्ट) लाई सम्मान गरिदै ।

काठमाडौ । नेपालका कीर्तिमानी धावक तथा ओलम्पियन वैकुण्ठ मानन्धर मंगलबार सम्मानित भएका छन् । नेपालको पहिलो साइकल पसल प्याङ्क बाइकले आफ्नो १०० वर्ष पुगेको अवसरमा मानन्धरलाई सम्मानित गरेको हो ।

कार्यक्रमकी प्रमुख अतिथि तथा काठमाडौं महानगरपालिका उपप्रमुख सुनिता डंगोल र प्याङ्क बाइकका संचालक तिरेक मानन्धरले धावक मानन्धरलाई सम्मान गरेका थिए ।

सोही अवसरमा प्याङ्क कस्टम बैकुण्ठ मानन्धर २ः१५ः०३ लिमिटेड एडिसन नामक साइकल सार्वजनिक गरिएको थियो । मानन्धरले पनि एक थान उक्त बाइक प्राप्त गरेका छन् ।

‘मानन्धरको खेलकुदप्रति अथक समर्पण र प्रेरणादायी उपस्थितिको कदर गर्दै प्याङ्क कस्टम बैकुण्ठ मानन्धर २ः१५ः०३ लिमिटेड एडिसन नामक साइकल सार्वजनिक गरेका छौं,’  संचालक मानन्धरले भने ।

यससँगै ओलम्पियन मानन्धर एडिसन साइकलको सद्भावना दूत  पनि नियुक्त भएका छन् । यो साइकल १०० थान बिक्रीबाट उठेको फाइदा मानन्धरले पाउनेछन् ।

मानन्धरले सन् १९८७ को दक्षिण एसियाली खेलकुद (साग) को म्याराथन २ घण्टा १५ मिनेट ३ सेकेन्डमा पूरा गरेका थिए । ३८ वर्षपछि पनि यो कीर्तिमान तोडिएको छैन ।

सम्मानित भएपछि मानन्धरले भने, ‘यो साइकलबाट आएको रकम मैले आफ्नै संस्थामा खर्च गर्नेछु र दोस्रो बैकुण्ठ मानन्धर जन्माउने प्रयत्न गर्नेछु ।’

कार्यक्रममा उपस्थित पत्रकारबाट गोलप्रथामा भाग्यमानी ठहरिँदै नयाँ पत्रिकाकर्मी रमेश सुवेदीले एक थान साइकल प्राप्त गरेका छन् । 

प्रमुख अतिथी डंगोल र धावक मानन्धरले सुवेदीलाई उक्त साइकल प्रदान गरे । 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो