चैत्र १६, २०८२ सोमबार | ०८:५८:०२
फ्रान्सको सहज जित कराँचीको लगातार दोस्रो जित मुम्बईद्वारा कोलकाता पराजित कोलकातासामू मुम्बईकाे २२१ रनको लक्ष्य चेन्नईलाई अर्को ठूलो झट्का डिफेन्डिङ च्याम्पियन लाहोर लगातार दोस्रो जितको खोजिमा बागमतीमाथि आर्मीको रोमाञ्चक जित गण्डकीद्वारा पहिलो पटक विभागीय टोली पराजित नेपाल कबड्डी लिगः टिम मालिक सार्वजनिक पेम्बासहित पाँच खेलाडी पहिलोपटक राष्ट्रिय टोलीमा फ्रान्सको सहज जित कराँचीको लगातार दोस्रो जित मुम्बईद्वारा कोलकाता पराजित कोलकातासामू मुम्बईकाे २२१ रनको लक्ष्य चेन्नईलाई अर्को ठूलो झट्का डिफेन्डिङ च्याम्पियन लाहोर लगातार दोस्रो जितको खोजिमा बागमतीमाथि आर्मीको रोमाञ्चक जित गण्डकीद्वारा पहिलो पटक विभागीय टोली पराजित नेपाल कबड्डी लिगः टिम मालिक सार्वजनिक पेम्बासहित पाँच खेलाडी पहिलोपटक राष्ट्रिय टोलीमा

कान्तिपुर हाफ म्याराथन आगामी शनिबार हुने

प्रतियोगिताको बारेमा जानकारी दिन आयोजित पत्रकार सम्मेलन,तस्विरः सरोज सापकोटा /खेलाडी ।

काठमाडौं । कान्तिपुर पब्लिकेसन्स लिमिटेडको आयोजनामा कान्तिपुर हाफ म्याराथनको १३औं संस्करण यही जेठ १७ गते शनिबार हुने भएको छ ।

ग्लोबल आइएमइको प्रस्तुती रहेको प्रतियोगितामा चार विधा समावेश छन् । जसमा हाफ म्याराथन २१.१ किमीको हुनेछ। यसैगरी अन्य करपोरेट रन ५ किमी, कलेज रन ७ किमी,ह्विलचेयर रेस हुनेछ ।

यस पटक पुरस्कार राशिमा वृद्धि गरिएको छ ।  हाफ म्याराथनको दुवैतर्फका विजेताले जनही १ लाख ५० हजार रुपैयाँ प्राप्त गर्नेछन् । यसैगरी दोस्रोदेखि छैटौं स्थान हासिल गर्नेले क्रमशः ६५, ५०, ३०, २० र १० हजार पाउने छन् ।

अघिल्लो संस्करणमा दुवैतर्फका विजेतालाई १ लाख रुपैयाँ प्रदान गरिएको थियो । यस्तै दोस्रोदेखि छैटौं स्थान हासिल गर्नेले क्रमशः ५०, ३०, २०, १० र ५ हजार रुपैयाँ पाएका थिए ।  

ह्विलचेयर रेसतर्फको शीर्ष तीनले क्रमशः ३५, २५ र १५ हजार रुपैयाँ पाउनेछन् । अघिल्लो संस्करणमा ३०, २० र १० हजार रुपैयाँ प्रदान गरिएको थियो ।

कर्पोरेट रन र कलेज रनको महिला र पुरुषतर्फ शीर्ष तीनमा रहनेले विभिन्न पुरस्कार र गिफ्ट हृयाम्पर पाउनेछन् । यसैगरी हाफ म्याराथनमा कोर्स रेकर्ड बनाउने खेलाडीलाई २५ हजार रुपैयाँ प्रदान गरिने आयोजकले जनाएको छ ।

कान्तिपुरको कार्यालय रहेको थापाथलीस्थित सेन्ट्रल विजनेस पार्कबाट सुरु हुने हाफ म्याराथन थापाथली, माइतीघर मण्डला, वानेश्वर, तीनकुने, कोटेश्वर, जडिबुटी, लोकन्थली गठ्ठाघर, थिमी, सल्लाघारी चोकबाट सोही रुट हुँदै पुनः सेन्ट्रल विजनेस पार्कमै आएर सकिनेछ ।

कर्पोरेट दौड सेन्ट्रल विजेनस पार्कबाट सुरु भई थापाथली, माइतीघर मण्डला, वानेश्वर, सिभिल हस्पिटल अगाडिबाट फर्किएर पुनः बानेश्वर मन्डला, माइतीघर, थापाथली हुँदै सेन्ट्रल विजनेस पार्कमा गएर टुंगिने छ । सेन्ट्रल विजेनस पार्कबाटै सुरु हुने ह्विलचेयर रेस, थापाथली, माइतीघर मण्डला फन्को लगाएर पुनः सेन्ट्रल विजनेस पार्कमै आएर समाप्त हुनेछ ।

प्रतियोगितामा सहभागिताका लागि बुधबारसम्म नाम दर्ता गराउन सकिने आयोजकले बताएको छ । प्रतियोगितालाई नेपाल एथलेटिक्स संघको प्राविधिक सहयोग रहनेछ । 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो