चैत्र १६, २०८२ सोमबार | ०८:३२:४४
फ्रान्सको सहज जित कराँचीको लगातार दोस्रो जित मुम्बईद्वारा कोलकाता पराजित कोलकातासामू मुम्बईकाे २२१ रनको लक्ष्य चेन्नईलाई अर्को ठूलो झट्का डिफेन्डिङ च्याम्पियन लाहोर लगातार दोस्रो जितको खोजिमा बागमतीमाथि आर्मीको रोमाञ्चक जित गण्डकीद्वारा पहिलो पटक विभागीय टोली पराजित नेपाल कबड्डी लिगः टिम मालिक सार्वजनिक पेम्बासहित पाँच खेलाडी पहिलोपटक राष्ट्रिय टोलीमा फ्रान्सको सहज जित कराँचीको लगातार दोस्रो जित मुम्बईद्वारा कोलकाता पराजित कोलकातासामू मुम्बईकाे २२१ रनको लक्ष्य चेन्नईलाई अर्को ठूलो झट्का डिफेन्डिङ च्याम्पियन लाहोर लगातार दोस्रो जितको खोजिमा बागमतीमाथि आर्मीको रोमाञ्चक जित गण्डकीद्वारा पहिलो पटक विभागीय टोली पराजित नेपाल कबड्डी लिगः टिम मालिक सार्वजनिक पेम्बासहित पाँच खेलाडी पहिलोपटक राष्ट्रिय टोलीमा

सुशीलकुमार शाहीलाई वान रन अन्तर्राष्ट्रिय हाफ म्याराथनको उपाधि

काठमाडौं । आर्मीका सुशीलकुमार शाहीले वान रन अन्तर्राष्ट्रिय हाफ म्याराथनमा पुरुषतर्फको उपाधि जितेका छन् ।

शनिबार सम्पन्न प्रतिायेगितामा उनले १ घन्टा ५ मिनेट ५८ सेकेन्डको समय निकाले । आर्मीकै विनोद रोकाया १ घन्टा ६ मिनेट ११ सेकेन्डका साथ दोस्रो स्थानमा रहे ।

१ घन्टा ८ मिनेट ६ सेकेन्डको समय निकालेका नरेन्द्रसिंह रोकायाले तेस्रो स्थान हासिल गरे । उनी पनि आर्मीकै हुन् ।

यो स्पर्धाको महिलतातर्फ पनि आर्मीका निशा सार्की, विश्वरुपा बुढा र गीता महर्जन शीर्ष तीनमा रहे । उनीहरूले क्रमशः १ः२८ः ४७, १ः३०ः५२ र १ः५८ः५४ को समय निकाले ।

यसैगरी १० किमि खुला पुरुषतर्फको उपाधि सञ्जय श्रेष्ठले जिते । यसैगरी राजिव बस्नेत दोस्रो र अर्जुन बुढा तेस्रो स्थानमा रहे ।  सोही स्पर्धाको महिलातर्फ सन्तोषी श्रेष्ठ, पूर्णलक्ष्मी न्यौपाने र सिर्जना पाण्डेले शीर्ष तीन स्थान हालि गरेका छन् ।

५ किमि खुला पुरुषतर्फ रुपेश कार्की, गणेशसिंह रावत र अखुलबहादुर पाल तथा महिलातर्फ आशा रावत, सरस्वती भट्टराई र रजिना दुलाल शीर्ष तीनमा रहे  ।

हाफ म्याराथन मास्टर्समा किरणसिंह बोगटीले पहिलो स्थान हासिल गरे । यस्तै धर्म महर्जनले दोस्रो र मिजुकी मातसुजाकी तेस्रो भएका छन् ।

मास्टर्स १० किमिमा निन महर्जन, देव महर्जन  र  राजेश महर्जनले शीर्ष तीन स्थान हासिल गरेका छन् ।  

विद्यालय ५ किमि छात्रतर्फ अजय पाण्डे, दिनेश यादवहरि चन्द्र तामाङ तथा छात्रातर्फ अस्मिता भुजेल, गायत्री श्रेष्ठ,  शांग्रिला श्रेष्ठ शीर्ष तीनमा रहे ।

 वान रन  मे २४ मा नेपालसहित विश्वभरका ११० वटा सहरमा एकैसाथ आयोजना हुँदै आएको छ । नेपालमा याे दौड काठमाडौं म्याराथनको आयोजक एनआरएस स्पोर्टस फाउन्डेसनले गत वर्षदेखि गर्न लागेको हो ।

हाफ  म्याराथन पाटन दरबार क्षेत्रबाट सुरु भएर, मंगलबजार, पुलचोक, जावालाखेल (चिडियाखाना), एकान्तकुना, सातदोबाटो, बल्खु, कलंकी, सितापाइला  हुँदै सुरुआती विन्दुमै आएर अन्त्य भएको थियो ।

प्रतियोगितामा बहराइन, बंगलादेश, बेलारुस, ब्राजिल, कतार, चीन, इजिप्ट, भारत, जोर्डन, किर्गिस्तान, मलेसिया, पाकिस्तान, साउदी अरेयिबा, सर्बिया, ताजकिस्तान, चिली, लेबनान, अर्मेनिया, ट्युनिसिया, भेनेजुएलालगायतका देशबाट पनि धावकरधाविका सहभागी भएका थिए । 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो