काठमाडौं । एसियाली एथलेटिक्स च्याम्पियनसिपको २६औं संस्करणमा पाँच नेपाली खेलाडीले सहभागिता जनाउने भएका छन् ।
नेपाली टोली शनिबार राति ११ बजे दक्षिण कोरियाको गुमी प्रस्थान गर्नेछ । मे २७ देखि ३१ सम्म हुने प्रतियोगितामा तीन पुरुष र दुई महिला खेलाडीले नेपालको चुनौती प्रस्तुत गर्नेछन् ।
पुरुष १ हजार ५००/५ हजार मिटर दौडमा मुकेश पाल, लङजम्पमा सलिम देवान र १००/२०० मिटर दौडमा शिवराज पार्कीले प्रतिस्पर्धा गर्नेछन् । महिला ज्याभ्लिन थ्रो/सटपुटमा चन्द्रकला लाम्गाडे तथा ८००/१ हजार ५०० मिटर दौडमा फुलमती रानाले सहभागिता जनाउने छन् ।
टोलीको प्रशिक्षकमा उषाकर्ण चौधरी छिन् ।
टोलीलाई युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरी र नेपाल एथलेटिक्स संघ, तदर्थ समितिका संयोजक तथा कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री राजीवविक्रम शाहले शनिबारै बिदाइ गरे ।
भिडियो
जसरी पनि सी डिभिजनमा पुग्ने लक्ष्य थियो, अब बी डिभिजनको लक्ष्य छ ।I GHANASHYAM THAPA II NPJ SPORTING
सी डिभिजन छनोट च्याम्पियन नेपालगञ्ज ११ का प्रशिक्षक जनक केसीः यो पश्चिम नेपालकै ठूलो उपलब्धि हो ।I
C DIVISION LEAGUE QUALIFIER'S मा च्याम्पियन भएपछि NEPALJUNG SPORTING 11 को खुसी II ANFA COMPLEX
APF VS KARACHI II MATCH REVIEW II फरवार्डहरु चनाखो नहुँदा स्कोरिङमा समस्या भइरहयो II NABIN NEUPANE
खेलाडीमा थकान बढी भयो ll JIBESH PANDEY ll HEAD COACH ll APF FC
नेपालमै भएका कोचहरू पनि निकै उत्कृष्ट हुनुहुन्छ। Rubina Chettry , Player, Women’s Cricket Team
महिलाको NPL सुरु भएपछि नयाँ प्रतिभाहरू पहिचान गर्न सकिनेछ ll Sita Rana Magar ll Women’s Cricket Team
