कार्तिक ८, २०८२ शनिबार | २२:४८:५४
मणिकुमार लामासम्मिलित पारो पराजित राफिन्हाले रियाल मड्रिडविरुद्धको खेल पनि गुमाउने काठमाडौं म्याराथन आगामी शनिबार हुने अस्ट्रेलियासँग ‘क्लिन स्विप’ बाट जोगियो भारत सावित्राको प्रिय प्रतिद्वन्द्वी भारत आक्रामक बन्दै महिला क्रिकेट लिग त घरमै खेल्ने प्रशिक्षक आउँछन्, जान्छन् ‘पाकिस्तानी क्रिकेटमा समस्या ब्याटिङकै हो’ स्कट कुगेलेइन पुनः सुदुरपश्चिममै अनुबन्ध मणिकुमार लामासम्मिलित पारो पराजित राफिन्हाले रियाल मड्रिडविरुद्धको खेल पनि गुमाउने काठमाडौं म्याराथन आगामी शनिबार हुने अस्ट्रेलियासँग ‘क्लिन स्विप’ बाट जोगियो भारत सावित्राको प्रिय प्रतिद्वन्द्वी भारत आक्रामक बन्दै महिला क्रिकेट लिग त घरमै खेल्ने प्रशिक्षक आउँछन्, जान्छन् ‘पाकिस्तानी क्रिकेटमा समस्या ब्याटिङकै हो’ स्कट कुगेलेइन पुनः सुदुरपश्चिममै अनुबन्ध

अन्नपूर्ण म्याराथन जेठ २० गते हुने

प्रतियोगिताको बारेमा जानकारी दिन आयोजित पत्रकार सम्मेलन ।

काठमाडौं । अन्नपूर्ण सेन्चुरी पर्यटन समितिको आयोजना तथा अन्नपूर्ण गाउँपालिका कास्कीको व्यवस्थापनमा पाँचौं अन्नपूर्ण म्याराथन जेठ २० गते हुने भएको छ ।

विशेषतः सन् १९५० जुन ३ का दिन फ्रान्सेली पर्वतारोही मौरिस हर्जोगको टोलीले अन्नपूर्ण प्रथम हिमालको सफल आरोहण गरी ८००० मिटरभन्दा अग्ला हिमाल आरोहणको विश्व कीर्तिमानी राखेको सन्दर्भमा उक्त दिनलाई ‘अन्नपूर्ण आरोहण दिवस’ का रूपमा मनाउने गरिन्छ ।  सोही दिनको सम्झनामा म्याराथन हुन लागेको हो ।

समितिले प्रत्येक वर्ष अन्नपूर्ण आधार शिविरबाट घान्द्रुकसम्म (१४२.१९५ किमी) को अन्नपूर्ण म्याराथन गर्दै आएको छ । २०७५ सालदेखि  सुरु म्याराथनका दुई संस्करण कोभिड १९ का कारण हुन नसकेको थिएन । २०८० साल देखि यो प्रतियोगिता पुनः सुरु गरिएको हो ।

अन्नपूर्ण आधार शिविरबाट सुरु हुने म्याराथन माछापुच्छ्रे आधार शिविर, वगर, देउराली, हिमालय, दोभान, सिनुवा, भनुवा, छोम्रोङ, तउलु, घुर्जुङ, चुइँले, कोम्रोङडाँडा, किम्रोङखोला, उरी हुँदै घान्द्रुक पुगेर समापन हुनेछ ।

प्रतियोगितामा सहभागिताका लागि दर्ता शुल्क पुरुषतर्फ ७ हजार र महिलातर्फ ५ हजार तोकिएको छ ।

महिला तथा पुरुष दुवैतर्फका शीर्ष तीनले क्रमशः १ लाख ५० हजार, १ लाख र ७५ हजार  रुपैयाँका साथै मेडल तथा प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जनाएको छ ।

विदेशी र स्थानीय धावकाका लागि प्रोत्साहन  स्वरुप विशेष पुरस्काको व्यवस्था गरिएको छ । 


भिडियो
WCUP छनोट र NPL भव्य बनाएर नेपाल अन्तर्राष्ट्रिय क्रिकेटलाई तयार रहेको सन्देश दिनुछ II PARAS KHADKA
इरान र भारतसँग खेल्न सिलोङ जान लागेको नेपाली महिला फुटबल टिमको बिदाई II WOMENS FOOTBALL I TEAM NEPAL
खेलाडीलाई प्रशिक्षक न्यौपानेको चेतावनीः नयाँले मौका पाउँछन्, तर त्यसलाई प्रमाणित गर्न सक्नुपर्नेछ
जोर्डनबाट व्यावसायिक फुटबल खेलिरहेकी PREETI RAI भन्छिन्: मैले धेरै गर्न बाँकी रहेछ ।
राष्ट्रिय महिला फुटबल टिमकी कप्तान SAMBA भन्छिन्ः हामीसँग खेल्दा INDIA र IRAN लाई फाइदा पुग्छ
क्यानमा कतिपय कुनबेला गल्ती गर्छ र तिललाई पहाड बनाउ भनेर कुरेर बसेकाहरु छन् II PARAS KHADKA II CAN
नयाँ भाइहरुसँग राम्ररी घुलमिल गर्न पाइएनHari Hajur Thapa : Captain