कार्तिक ८, २०८२ शनिबार | २२:४६:२१
मणिकुमार लामासम्मिलित पारो पराजित राफिन्हाले रियाल मड्रिडविरुद्धको खेल पनि गुमाउने काठमाडौं म्याराथन आगामी शनिबार हुने अस्ट्रेलियासँग ‘क्लिन स्विप’ बाट जोगियो भारत सावित्राको प्रिय प्रतिद्वन्द्वी भारत आक्रामक बन्दै महिला क्रिकेट लिग त घरमै खेल्ने प्रशिक्षक आउँछन्, जान्छन् ‘पाकिस्तानी क्रिकेटमा समस्या ब्याटिङकै हो’ स्कट कुगेलेइन पुनः सुदुरपश्चिममै अनुबन्ध मणिकुमार लामासम्मिलित पारो पराजित राफिन्हाले रियाल मड्रिडविरुद्धको खेल पनि गुमाउने काठमाडौं म्याराथन आगामी शनिबार हुने अस्ट्रेलियासँग ‘क्लिन स्विप’ बाट जोगियो भारत सावित्राको प्रिय प्रतिद्वन्द्वी भारत आक्रामक बन्दै महिला क्रिकेट लिग त घरमै खेल्ने प्रशिक्षक आउँछन्, जान्छन् ‘पाकिस्तानी क्रिकेटमा समस्या ब्याटिङकै हो’ स्कट कुगेलेइन पुनः सुदुरपश्चिममै अनुबन्ध

होमलाल र सुनसरी च्याम्पियन

काठमाडौं । नेपाल आर्मीका होमलाल श्रेष्ठ र सुनसरी रोकाया ५५ किलोमिटर दूरीको त्रिशुली अल्ट्रा रेसमा शनिबार च्याम्पियन बनेका छन् ।  होमलाल पुरुष तथा सुनसरी महिलामा पहिलो भएका हुन् ।

नेपाल एडभेन्चर रनिङ महासंघद्वारा आयोजित अल्ट्रा रेसमा होमलालले निर्धारित दूरी ४ घण्टा ३३ मिनेट २२ सेकेन्डमा पूरा गरे । आर्मीकै गोपाल तामाङ ४ घण्टा ३५ मिनेट ५७ सेकेन्ड समयमा दोश्रो तथा सोलुखुम्बुका अर्जुन कुलुङराई ४ घण्टा ४१ मिनेट ४० सेकेन्ड समयमा तेश्रो भए ।

आर्मीका तिलकबहादुर सुनवार, रुकुमका शक्तिराम रोक्का, त्रिशुलीका राजेश उपरकोटी एपिएफका राजेन्द्र तामाङ, आर्मीका जुनेश खड्का, नविल बैंकका शेर थारु र रुकुमका दुर्गाराज बुढा चौथोदेखि १०औं स्थानमा रहे ।

प्रदेश खेलकुद विकास परिषद्, बागमती प्रदेशको सहयोगमा भएको प्रतियोगिताको महिलामा सुनसरीले निर्धारित दूरी गर्न ५ घण्टा ५१ मिनेट समय खर्चिन् । ६ घण्टा १३ मिनेट २४ सेकेन्डका खोटाङकी निर्मला राई दोश्रो भइन् । तेश्रो स्थानकी नेपाल प्रहरीकी लाक्पा निमा शेर्पाले ७ घण्टा १४ मिनेट २० सेकेन्डमा दौड सकाइन् ।

दुवैतर्फका शीर्ष तीनले क्रमशः १ लाख, ७५ हजार र ५० हजार रुपैयाँ प्राप्त गरे । चौथोले २० हजार, पाँचौंले १० हजार र छैटौंदेखि १०औं स्थानमा रहनेले जनही ३ हजार रुपैयाँ प्राप्त गरे ।

विजेतालाई बागमती प्रदेशका मुख्य मन्त्री बहादुरसिंह लामा, प्रदेश खेलकुद विकास परिषद्, बागमती प्रदेशका सदस्यसचिव दीपक लामा, विदुर नगरपालिकाका उपमेयर प्रभा बोगटी, आयोजक नेपाल एडभेन्चर रनिङ महासंघका अध्यक्ष एकेन्द्रबहादुर कुँवर, राखेपका सदस्य जनकसिंह धामीलगायतले पुरस्कृत गरे । यसअघि प्रतियोगिताको मुख्य मन्त्री लामाले नै उद्घाटन गरेका थिए ।

दौड नुवाकोटको बेलकोटगढीबाट सुरु भइ मलाकोट, शेराकोट, नुवाकोट दरबार, सूर्यगढी, बेत्रावती हुँदै नुवाकोटकै देवीघाट मन्दिरमा आएर टुंगिएको थियो ।

दौडमा तीन विदेशी खेलाडीसहित १२५ खेलाडीको सहभागिता रहेको प्रतियोगिता संयोजक आयोजक महासंघका वरिष्ठ उपाध्यक्ष राजन खत्रीले जनाएका छन् ।


भिडियो
WCUP छनोट र NPL भव्य बनाएर नेपाल अन्तर्राष्ट्रिय क्रिकेटलाई तयार रहेको सन्देश दिनुछ II PARAS KHADKA
इरान र भारतसँग खेल्न सिलोङ जान लागेको नेपाली महिला फुटबल टिमको बिदाई II WOMENS FOOTBALL I TEAM NEPAL
खेलाडीलाई प्रशिक्षक न्यौपानेको चेतावनीः नयाँले मौका पाउँछन्, तर त्यसलाई प्रमाणित गर्न सक्नुपर्नेछ
जोर्डनबाट व्यावसायिक फुटबल खेलिरहेकी PREETI RAI भन्छिन्: मैले धेरै गर्न बाँकी रहेछ ।
राष्ट्रिय महिला फुटबल टिमकी कप्तान SAMBA भन्छिन्ः हामीसँग खेल्दा INDIA र IRAN लाई फाइदा पुग्छ
क्यानमा कतिपय कुनबेला गल्ती गर्छ र तिललाई पहाड बनाउ भनेर कुरेर बसेकाहरु छन् II PARAS KHADKA II CAN
नयाँ भाइहरुसँग राम्ररी घुलमिल गर्न पाइएनHari Hajur Thapa : Captain