काठमाडौं । पाकिस्तानको इस्लामाबादमा हुने दक्षिण एसियाली एथलेटिक्स क्रस कन्ट्री च्याम्पियनसिपमा नेपालबाट पाँच खेलाडीले सहभागिता जनाउने भएका छन् ।
प्रतियोगिताका लागि पाँच खेलाडीसहित सात सदस्यीय टोली बिहीबार पाकिस्तानको इस्लामाबाद प्रस्थान गर्नेछ । टोलीलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव टंकलाल घिसिङले बुधबार बिदाइ गरे ।
फागुन ११ गते हुने प्रतियोगिताको सिनियरतर्फ सुशिलकुमार शाही र सञ्जय श्रेष्ठ तथा जुनियरतर्फ बादल कार्की, अजय विक र कृष्णबहादुर परियारले नेपालको चुनौती प्रस्तुत गर्नेछन् ।
सिनियरमा १० किलोमिटर तथा जुनियरमा ८ किलोमिटर दूरीमा प्रतिस्पर्धा हुनेछ । नेपालले सिनियरमा व्यक्तिगत तथा जुनियरमा व्यक्तिगत र टिम इभेन्टमा सहभागिता जनाउने छ ।
टोलीको प्रशिक्षकमा विमला रानामगर तथा व्यवस्थापकमा भीमकुमारी भुसाल छन् ।
भिडियो
WCUP छनोट र NPL भव्य बनाएर नेपाल अन्तर्राष्ट्रिय क्रिकेटलाई तयार रहेको सन्देश दिनुछ II PARAS KHADKA
इरान र भारतसँग खेल्न सिलोङ जान लागेको नेपाली महिला फुटबल टिमको बिदाई II WOMENS FOOTBALL I TEAM NEPAL
खेलाडीलाई प्रशिक्षक न्यौपानेको चेतावनीः नयाँले मौका पाउँछन्, तर त्यसलाई प्रमाणित गर्न सक्नुपर्नेछ
जोर्डनबाट व्यावसायिक फुटबल खेलिरहेकी PREETI RAI भन्छिन्: मैले धेरै गर्न बाँकी रहेछ ।
राष्ट्रिय महिला फुटबल टिमकी कप्तान SAMBA भन्छिन्ः हामीसँग खेल्दा INDIA र IRAN लाई फाइदा पुग्छ
क्यानमा कतिपय कुनबेला गल्ती गर्छ र तिललाई पहाड बनाउ भनेर कुरेर बसेकाहरु छन् II PARAS KHADKA II CAN
नयाँ भाइहरुसँग राम्ररी घुलमिल गर्न पाइएनHari Hajur Thapa : Captain
