चैत्र ६, २०८२ शुक्रबार | ०२:१५:४३
राखेपको निर्देशनविपरित एन्फाले बोलायो साधारण सभा अनिलको कप्तानीमा मधेशको बलियो टोली घोषणा ललित जय ट्रफीको सर्बोत्कृष्ट खेलाडी साफ यु-२० खेल्न जाने टोलीको बिदाई सन्दीप फाफको कप्तानीमा खेल्दै लालिगुराँस शीर्ष स्थानमा, आर्मीले सातदोबाटोलाई हरायो विवादास्पद अर्ली इलेक्सन रोकेर तीन दिनभित्र जानकारी गराउन एन्फालाई राखेपको कडा निर्देशन महिला लिग पनि अनिश्चित कालका स्थगित पुलिस लगातार दोस्रो पटक च्याम्पियन राष्ट्रिय लिग स्थगित राखेपको निर्देशनविपरित एन्फाले बोलायो साधारण सभा अनिलको कप्तानीमा मधेशको बलियो टोली घोषणा ललित जय ट्रफीको सर्बोत्कृष्ट खेलाडी साफ यु-२० खेल्न जाने टोलीको बिदाई सन्दीप फाफको कप्तानीमा खेल्दै लालिगुराँस शीर्ष स्थानमा, आर्मीले सातदोबाटोलाई हरायो विवादास्पद अर्ली इलेक्सन रोकेर तीन दिनभित्र जानकारी गराउन एन्फालाई राखेपको कडा निर्देशन महिला लिग पनि अनिश्चित कालका स्थगित पुलिस लगातार दोस्रो पटक च्याम्पियन राष्ट्रिय लिग स्थगित

साइक्लिङकी सान 

काठमाडौं (खेलाडी)- १२ वर्षसम्म लगातार माउन्टेन बाइकिङमा नेपाल च्याम्पियन बनिरहेकी माउन्टेन क्वीन निर्जला ताम्राकार आफ्नो यात्रा कहिल्यै रोक्न चाहन्न थिइन् । 

तर, चाहेको मात्रै सधै‌ कहाँ हुन्छ र ? निर्जलाको जीवनमा पनि भएन । त्यसैले त उनले परिवारलाई अगाडि बढाउनका लागि साइक्लिङमा अल्पविराम लगाउनै पर्‍यो । परिवार अगाडि बढाउने योजनाले करियरमा कमा लगाइन् । तर यसै वर्ष उनले पुनः त्यहीँबाट यात्रा सुरु गरिन्, जहाँ बिसाएकी थिइन् ।

ललितपुरको कुमारीपाटीमा हुर्किएकी निर्जलाले ‘एक्सन एसिया हिमालयन माउन्टेन बाइक रेस सिरिज’मार्फत् २००१ मा करियर थालेकी थिइन्  । पहिलो वर्ष उल्लेख्य नतिजा निकाल्न नसके पनि दोस्रो संस्करण २००२ मा उनी च्याम्पियन बनिन् ।

सन् २००२ मा एक्सन एसिया हिमालयन माउन्टेन बाइक रेस सिरिज च्याम्पियन बन्नु त एउटा सफल साइक्लिस्ट बन्ने निर्जलाको यात्राको सुरुआतमात्रै थियो ।

अल रेसेस इन नेपाल फर माउन्टेन बाइकमा २००३ देखि २००५ सम्म लगातार च्याम्पियन बनेकी निर्जलाले सन् २००६ मा कोलम्बोमा भएको दक्षिण एसियाली खेलकुद (साग) मा नेपालको प्रतिनिधित्व गर्ने मौका पाइन् । सोही संस्करणबाट सागको रोड रेसमा नेपाली महिला खेलाडीको सहभागिता यात्रा सुरु भएको थियो, र त्यो इतिहास बनाउने खेलाडी निर्जला थिइन् ।

राष्ट्रिय प्रतियोगिताहरूमा राज गरिरहेकी निर्जला विस्तारै अन्तर्राष्ट्रिय प्रतियोगितामा पनि उदाउन थालिन् । सन् २००७ मा निर्जला २२ दिन लगाएर ‘ल्हासा टु काठमाडौं भाया एभरेस्ट बेस क्याम नर्थ’ पूरा गर्ने पहिलो नेपाली महिला बनिन् ।

एकपछि अर्को ठूला प्रतियोगितामा सहभागिता, सफलता र कीर्तिमानसँगै निर्जलाले आफ्नो करियरका सुखद समय बिताइन् । र, तीमध्ये उनलाई २२ दिन लगाएर पूरा गरेको ल्हासा–काठमाडौं साइक्लिङ, हाएस्ट अल्टिच्युड इन्डुरेन्स रेस- दी याक अट्याक जित्ने पहिलो नेपाली महिला बन्नुलगायतका सफलताले उनलाई अहिले पनि गौरवान्वित बनाउँछ ।

खेलाडीका लागि राष्ट्रिय च्याम्पियन बनेर देशको प्रतिनिधित्व गर्दै अन्तर्राष्ट्रिय मञ्चमा पुग्नु ठूलो सफलता हो । र, कमैमात्र खेलाडीले त्यो सौभाग्य पाउँछन् । तीमध्ये पनि पटक-पटक च्याम्पियनको हैसियत कायम राख्न भने थोरै मात्र सफल हुन्छन् । तर, निर्जलाले एक पटक, दुई पटक, तीन पटक होइन एक दशकभन्दा लामो समय राष्ट्रिय च्याम्पियन बनेर अन्तर्राष्ट्रियस्तरमा नेपालको प्रतिनिधित्व गरिरहिन् ।

सन् २०१२ मा ओमानमा भएको ट्रान्स हजार इन्डुरेन्समा उपविजेता, युकेमा सोही वर्ष भएको साइकल रेसमा सहभागिता जनाउने पहिलो नेपाली महिला र युसीआई विश्वकपमा भाग लिने पहिलो नेपाली महिला खेलाडीलगायतका अनेकन कीर्तिमान र सफलता आफ्नो नाममा बनाएकी निर्जलाले २०१३ मा सन्तान प्राप्तिका लागि साइक्लिङबाट बिदा लिइन् । 

पाँच वर्षपछि भनौं, २०१८ यता उनी साइक्लिङमा फर्किएकी छन् । २०१८ मा अभ्यास र रनिङ सुरु गरेकी निर्जला २०१९ मा राष्ट्रिय खेलकुदको डुवाथलनमा उपविजेता बनिन् । सोही वर्षको अन्त्यमा भएको १३ औं दक्षिण एसियाली खेलकुदमा ट्रायथलनमा कांस्य पदक जितिन् ।

सोही वर्ष काठमाडौं म्याराथनमा तेस्रो भएकी निर्जला हाई एडभेन्चर ट्रायथलन- क्लाइम्ब, रन एन्ड साइकलमा च्याम्पियन बनिन् ।

सन् २०२० मा कोरोनाले विश्वभर नै लकडाउन हुँदा निर्जला पनि त्यसबाट अछुतो रहने कुरै भएन । तर, कोरोनाले उनको यात्रा प्रभावित बनाए पनि लक्ष्यबाट विचलित गर्न सकेन ।

दुई बच्चाकी आमा बनेर फेरि खेलजीवनमा पुनरागमन गरेकी निर्जलाले युके अल्टिमेट ट्रायथलन पूरा दूरी पार गर्ने पहिलो नेपाली खेलाडीको रूपमा आफ्नो नाम लेखाइन् । फुल–आइरनम्यान डिस्ट्यान्स्ड नामको उक्त ट्रायथलनमा उनले १५ घण्टा १३ मिनेटमा ३.८ किलोमिटर स्विमिङ, १८० किलोमिटर साइक्लिङ र ४२ किलोमिटर दौड पूरा गरेकी थिइन् ।

यत्तिमै रोकिन उनी तयार छैनन् । ‘अझ धेरै गर्नु छ । सागमा स्वर्ण पदक मेरो लक्ष्य हो । यसबाहेक अरू पनि थुप्रै अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालको प्रतिनिधित्व गरेर उपाधि जित्ने लक्ष्यमा पहिलाभन्दा बढी मिहिनेत गर्नेछु,’ खेलाडी डटकमसँगको कुराकानीमा निर्जलाले भनिन् । 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो