पुस ८, २०८२ बुधबार | ०१:१०:४५
एन्फा यु-१६ युथ लिगः फ्रेन्ड्सले मनाङलाई हरायो, पुलिस र एपिएफको जित अफ्रिका कप अफ नेशन्समा कंगोको विजयी सुरुआत थन्डरबोल्ट्स कप टेनिसमा जेम्सको वर्चस्व म नेपाली महिला क्रिकेटको जुनून देखेर आएको हुँः पाठक एनभिए खेल्ने खिल्जीको टिम घोषणा समीर सातदोबाटोमा आवद्ध एसियन च्याम्पियनसिपमा नेपाललाई स्वर्णसहित दुई पदक कास्य पदक विजेता रेनुलाई राखेपको बधाई प्रज्वल चित्लाङ एफसीको मुख्य प्रशिक्षक टाइगर कपमा हेल्प नेपाल नखेल्ने एन्फा यु-१६ युथ लिगः फ्रेन्ड्सले मनाङलाई हरायो, पुलिस र एपिएफको जित अफ्रिका कप अफ नेशन्समा कंगोको विजयी सुरुआत थन्डरबोल्ट्स कप टेनिसमा जेम्सको वर्चस्व म नेपाली महिला क्रिकेटको जुनून देखेर आएको हुँः पाठक एनभिए खेल्ने खिल्जीको टिम घोषणा समीर सातदोबाटोमा आवद्ध एसियन च्याम्पियनसिपमा नेपाललाई स्वर्णसहित दुई पदक कास्य पदक विजेता रेनुलाई राखेपको बधाई प्रज्वल चित्लाङ एफसीको मुख्य प्रशिक्षक टाइगर कपमा हेल्प नेपाल नखेल्ने

केभिआर समिट च्यालेन्जमा विशाल र मारिजे पहिलो

काठमाडौं । तेस्रो केभिआर समिट च्यालेन्जको दोस्रो चरणमा पुरुषतर्फ नेपालका विशाल राई र महिलातर्फ नेदरल्यान्ड्सकी मारिजे गुवर्टसन पहिलो भएका छन् ।

शनिबार ट्रेलमान्डु नेपालको आयोजनामा भएको २१ किलोमिटरको रेसमा दुई घण्टा ३१ मिनेटको समय लगाउँदै विशालले उपाधि जितेका हुन् । नेपालकै वीरेन्द्र पाण्डे दोस्रो र युगल राई तेस्रो स्थानमा रहे । वीरेन्द्रले दुई घण्टा ४२ मिनेट तथा युगलले तीन घण्टा ३७ मिनेटमा दौड पूरा गरे ।

महिलातर्फ मारिजेले तीन घण्टा ३७ मिनेटको समय लगाउँदै दौड पूरा गरिन् । दोस्रो स्थान हासिल गरेकी स्कटल्यान्डकी जर्जिया टिन्डलेले चार घण्टा सात मिनेट ५० सकेन्ड र तेस्रो भएकी फिनल्यान्डकी सोन्या मृइतारीले चार घण्टा नौ मिनेट ५१ सेकेन्ड लगाए ।

कूल २१ किलोमिटरको दौड स्युचाटारबाट सुरु भएर गुरजे भञ्ज्याङ, शिवरी पिक, डाँडा गाउँ, गुरजे भञ्ज्याङ हुँदै सुर्यचौरमा आएर सम्पन्न भएको थियो ।
ट्रेल रनिङमा नयाँ सहभागीहरुका लागि र विस्तारै दृश्यावलोकन गर्न चाहनेका लागि सात किलोमिटरको फन रन–हाइक पनि राखिएको थियो । सो दौड सुर्यचौरमा सुरु भएर गुरुङ गाउँ, गुरजे भञ्ज्याङ हुँदै सुर्यचौरमै आएर सकिएको थियो ।

फन रन–हाइकमा पुरुषतर्फ ह्याभियर गोन्जालेज मोटा एक घण्टा १० मिनेटसहित पाहिलो हुँदा लबिन गुरुङ एक घण्टा ११ मिनेट र समीर कार्की एक घण्टा १२ मिनेटसहित क्रमशः दोस्रो र तेस्रो भए ।

महिला वर्गमा अनिमा शेर्पा एक घण्टा २८ मिनेटसहित पहिलो हुँदा फ्रोलियोर माउन्टजोय एक घण्टा ३० मिनेट र आमानडाइन फेमी एक घण्टा ३४ मिनेटसहित क्रमशः दोस्रो र तेस्रो भए ।

केभीआर समिट च्यालेन्जको दोस्रो चरणमा स्वदेशी र १० देशका विदेशी गरि २१ किलोमिटरतर्फ ११२ र सात किलोमिटरमा ३० धावक–धाविकाले सहभागिता जनाएका थिए ।

केभीआर समिट च्यालेन्जमा पाँच चरण हुनेछ । अब रेस ३ डिसेम्बर ८, रेस ४ अर्को वर्षको जनवरी १० र रेस ५ फ्रेब्रुअरी १ मा आयोजना हुनेछ ।
केभीरआर समिट च्यालेन्समा पाँच चरण हुनेछ । अब रेस ३ डिसेम्बर ८, रेस ४ सन् २०२६ को जनवरी १० र रेस ५ फेबु्रअरी १ मा आयोजना हुनेछ ।

'स्वस्थ रहौं, रमाइलो गरौं, र ट्रेलमै नेपाललाई चिनाऔं' नारासहित ट्रेलमान्डु नेपालले यो प्रतियोगिताको आयोजना गर्दैछ ।

विजेतालाई राष्ट्रिय खेलकुद परिषद्अन्तर्गतको नेपाल स्पोर्ट्स साइन्स एकेडेमीका उपनिर्देशक राजेन्द्र तुलाधर र नेपाल ओलम्पिक कमिटीका प्रतिनिधि निरज श्रेष्ठले विजेतालाई पुरस्कार प्रदान गरेका थिए ।
 


भिडियो
SAFF WOMEN'S CLUB CHAMPIONSHIP || APF लाई हराउँदै EAST BENGAL च्याम्पियन || SAFF FOOTBALL ||
एपिएफको चुनौतीका लागि तयार छौं ll EAST BENGAL FC INDIA
SAFF क्लब च्याम्पियनसिपले अब हुने महिला लिगलाई सहयोग गर्न सक्छ ll Anita Basnet, Captain, APF FC
SAFF क्लबको ट्रफी एपीएफ क्लबका लागि मात्र होइन,समग्र नेपालको लागि पनि निकै महत्वपूर्ण छJibesh Pandey
Deleted video
जसरी पनि सी डिभिजनमा पुग्ने लक्ष्य थियो, अब बी डिभिजनको लक्ष्य छ ।I GHANASHYAM THAPA II NPJ SPORTING
सी डिभिजन छनोट च्याम्पियन नेपालगञ्ज ११ का प्रशिक्षक जनक केसीः यो पश्चिम नेपालकै ठूलो उपलब्धि हो ।I