मंसिर १७, २०८२ बुधबार | १८:२२:३९
लुम्बिनीलाई विराटनगरको मध्यम लक्ष्य विराटनगरले पावरप्लेमा डुप्लेसीसहित दुई विकेट गुमायो विराटनगरविरुद्ध लुम्बिनीले पहिले बलिङ गर्ने युभेन्टस कोपा इटालियाको क्वार्टरफाइनलमा ‘थ्रीलर म्याच’ मा म्यानचेस्टर सिटी विजयी अग्रता बढाउदै बार्सिलोना एनपिएलः विराटनगरलाई लुम्बिनीको चुनौती अन्तर्राष्ट्रिय फुटबलमा पूर्णिमाको डेब्यू अन्तर्राष्ट्रिय मैत्रीपूर्णः चाइनिज ताइपेइसँग नेपाल पराजित कर्णालीको प्लेअफ पुग्ने चुनौती समाप्त, पोखराको सम्भावना जिवितै लुम्बिनीलाई विराटनगरको मध्यम लक्ष्य विराटनगरले पावरप्लेमा डुप्लेसीसहित दुई विकेट गुमायो विराटनगरविरुद्ध लुम्बिनीले पहिले बलिङ गर्ने युभेन्टस कोपा इटालियाको क्वार्टरफाइनलमा ‘थ्रीलर म्याच’ मा म्यानचेस्टर सिटी विजयी अग्रता बढाउदै बार्सिलोना एनपिएलः विराटनगरलाई लुम्बिनीको चुनौती अन्तर्राष्ट्रिय फुटबलमा पूर्णिमाको डेब्यू अन्तर्राष्ट्रिय मैत्रीपूर्णः चाइनिज ताइपेइसँग नेपाल पराजित कर्णालीको प्लेअफ पुग्ने चुनौती समाप्त, पोखराको सम्भावना जिवितै

लुम्बिनीलाई विराटनगरको मध्यम लक्ष्य

काठमाडौं । दक्षिण अफ्रिकी ब्याटर फाफ डुप्लेसीको उपस्थितिमा उत्सहित विराटनगर किंग्सले नेपाल प्रिमियर लिग (एनपिएल)मा लुम्बिनी लायन्सविरुद्ध १४५ रनको मध्यम लक्ष्य प्रस्तुत गरेको छ ।

बुधबार र्कीतिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको विराटनगरले २० ओभरको समाप्तिमा ८ विकेट गुमाउँदै १४४ रनको योगफल खडा गर्यो ।

विराटनगरका लागि तेस्रो नम्बरमा आएका लोकेश बलमे ४२ बलमा समान दुई चौका र छक्कासहित ३५ रनको पारी खेले । त्यस्तै मध्यक्रमका ब्याटर वसीर अहमदले २८ रन जोड्दा चौथो नम्बरमा आएका साम हेजलेटले २७ रन बनाए । डुप्लेसी १२ रनमा पवेलियन फर्किँदा प्रतीस जिसीले ११ र मार्सेन्ट डी ल्याङले १० रन जोडे ।

लुम्बिनीका लागि शेर मल्ले चार ओभरमा २५ रन खर्चिँदै तीन विकेट लिए । त्यस्तै जोनाथन स्मिथ, अभिशेष गौतम र रुवेन ट्रम्पलम्यानले समान एक विकेट लिए ।

विराटनगरले ब्याटिङ पावरप्ले (सुरुआती ६ ओभर)मा दुई विकेट गुमाउँदै ३४ रन जोडेको थियो ।

पहिलो खेल खेलिरहेका दक्षिण अफ्रिकी ब्याटर फाफ डुप्लेसी १२ रनमा पवेलियन फर्किए । त्यसअघि जर्ज मुन्से पहिलो ओभरमा ‘डक आउट’ भए । शेर मल्लको दोस्रो बलमा मुन्से एलबिडब्लुको शिकार बने ।

तेस्रो ओभरको अन्तिम बलमा डुप्लेसी विकेटकिपर निरोशन डिकवेलाबाट स्टम्प आउट भए । अभिशेष गौतमले लुम्बिनीका लागि डुप्लेसीको सफलता दिलाएका हुन् ।

डुप्लेसी पवेलियन फर्किएसँगै क्रिजमा आएका साम हेजलेटले लोकेश बमसँग मिलेर तेस्रो विकेटका लागि ५५ रनको साझेदारी गरे । १२औं ओभरको चौथो बलमा जोनाथन स्मिथले लोकेशलाई पवेलियनको बाटो देखाए । आफ्नो ओभरमा स्मिथ आफैले क्याच लिएका थिए । १२ रन जोड्न नपाउँदै नारायण जोशी शेरको बलमा एलबिडब्लुको शिकार बने । एक रनपछि हेजलेटलाई शेरले दिलीप नाथबाट क्याच गराए ।

१७औं ओभरको दोस्रो बलमा प्रतीस जिसी कप्तान रोहित पौडेलबाट रनआउट भए । जतिबृेृला स्कोरबोर्डमा १०५ रन बनेको थियो । वसीर अहमद र डी ल्याङले त्सपछि सातौं विकेटका लागि ३० रनको साझेदारी गरे । अन्तिम ओभरको दोस्रो बलमा ठूलो ‘शट’ प्रहार गर्ने चक्करमा वसीर आउट भए । ट्रम्पलम्यानले वसीरलाई टिलक भण्डारीबाट क्याच गराए । एक बल बाँकी छँदा साहिल पटेल सन्दीप जोरा र डिकवेलाको ‘कम्बिनेसन’मा रनआउट भए ।


भिडियो
ADAM ROSSINGTON || अब हाम्रो ध्यान बिहीबारको खेलमा || POKHARA AVENGERS || NEPAL PREMIER LEAGUE S2 ||
RAJU BASNYAT || पोखराको PARTNERSHIP ब्रेक गर्न सकेनौं । सेट भएको विकेट गुमाउँदा हार बेहोर्यौं ||
DAWID MALAN || हामीले JANAKPUR लाई जितको CREDIT दिनैपर्छ । JANAKPUR ले राम्रो BATTING गर्यो
Faf du Plessis एनपीएल खेल्न नेपाल आइपुगेका छन् ll
JOHN SIMPSON || हामीले अनुशासित बलिङ प्रदर्शन गर्न सकेनौं । तर, लक्ष्य पछ्याउन सफल भयौं || NPL 2
GULSHAN JHA || FIELDING मा चुकिरहेका छौं || NEPAL PREMIER LEAGUE || NPL SEASON 2 || KARNALI YAKS ||
ABINASH BOHARA || हाम्रो टिममा नेपाली खेलाडीले राम्रो गरिरहेका छन् || NEPAL PREMIER LEAGUE || NPL 2