माघ ११, २०८२ आइतबार | ०९:२६:०३
इङ्ल्यान्डले श्रीलंकालाई पाँच विकेटले हरायो रेलिगेशन क्षेत्रको उल्भ्सविरुद्ध सिटीको सहज जित बुन्डेसलिगामा बायर्नको पहिलो हार एन्फा राष्ट्रिय लिगः मछिन्द्र र आर्मी विजयी बंगलादेशको स्थानमा स्कटल्यान्ड खेल्ने माल्दिभ्सलाई साफ फुटसल च्याम्पियनसिपको उपाधि नेपालले जिम्बाब्वेलाई हरायो, पूजाको अर्धशतक विक्रान्तको सानदार प्रदर्शनमा नेपालले बंंगलादेशलाई हरायो निर्वाचन आयोगले रोक्यो संघसंस्थाको निर्वाचन, एन्फाको के हुन्छ ? नेपालसामू जिम्बाब्वेको सामान्य लक्ष्य इङ्ल्यान्डले श्रीलंकालाई पाँच विकेटले हरायो रेलिगेशन क्षेत्रको उल्भ्सविरुद्ध सिटीको सहज जित बुन्डेसलिगामा बायर्नको पहिलो हार एन्फा राष्ट्रिय लिगः मछिन्द्र र आर्मी विजयी बंगलादेशको स्थानमा स्कटल्यान्ड खेल्ने माल्दिभ्सलाई साफ फुटसल च्याम्पियनसिपको उपाधि नेपालले जिम्बाब्वेलाई हरायो, पूजाको अर्धशतक विक्रान्तको सानदार प्रदर्शनमा नेपालले बंंगलादेशलाई हरायो निर्वाचन आयोगले रोक्यो संघसंस्थाको निर्वाचन, एन्फाको के हुन्छ ? नेपालसामू जिम्बाब्वेको सामान्य लक्ष्य

केभिआर समिट च्यालेन्जसः डेनियल र एनीलाई उपाधि

काठमाडौं । केभिआर समिट च्यालेन्ज तेस्रो संस्करणको पहिलो चरणमा पुरुषतर्फ डेनमार्कका डेनियल मोयलर र महिलातर्फ नेदरल्यान्ड्सकी एनी माइ बानले उपाधि जितेका छन् ।

ट्रेलमान्डु नेपालको आयोजनामा शनिबार भएको २१ किलोमिटर दौड पूरा गर्न  डेनियलले २ घन्टा २१ मिनेट ३२ सकेन्ड समय लगाए । नेपालका दिपक मान तामाङ २ घन्टा ३१ मिनेट २ सकेन्डका साथ दोस्रो हुँदा भरत गुरुङ दुई घन्टा ३१ मिनेट ४ सकेन्डमा दौड पुरा गर्दै तेस्रो स्थानमा रहे ।

एनीले २ घन्टा ४५ मिनेटको समय निकालिन् । अमेरिका/जर्मनीकी सोन्या मार्टिन २ घन्टा ५८ मिनेट ३० सकेन्डका साथ दोस्रो तथा आइसल्यान्डकी सोफी स्टाइनकर ३ घन्टा ०९ः१३ सकेन्डको समय निकाल्दै  तेस्रो स्थानमा रहे ।

यस्तै ७ किलोमिटरको फन रन/हाइकमा पुरुषतर्फ नेपालका डा. आकार शेर्पाली १ घन्टा ३ मिनेट) पहिलो, अमृत शाही ठकुरी (१ घन्टा ४ मिनेट) दोस्रो र सुजन श्रेष्ठ (१ घन्टा ९ मिनेट) तेस्रो भए । महिलातर्फ नेपालीकी निशा महर्जन (१ घन्टा १० मिनेट) पहिलो, अमेरिकाकी एरिका मिक्स (एक घन्टा २७ मिनेट) दोस्रो र अमेरिकाकै ग्वेन्डोलिन सेइफर (१ घन्टा २९ मिनेट) ले तेस्रो स्थान हासिल गरे ।

हात्तीवन, चम्पादेवी, भश्मेश्वर, पुरानो दक्षिणकाली हुँदै फर्पिङमै सम्पन्न भएको पहिलो रेसमा नेपाल, अमेरिका, आइसल्यान्ड, युके, नेदरल्यान्ड्स, डेनमार्क, जापान, भारत, फ्रान्स, स्वीडेन, बेल्जियम, नर्वे र जर्मनीका गरी ११० धावक/धाविकाको सहभागिता थियो ।

विजेतालाई नेपाल ओलम्पिक कमिटीका प्रतिनिधि निरज श्रेष्ठले पुरस्कार प्रदान गरे ।


भिडियो
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।
चुनाव अवैधानिक छ, यसले सरोकारवालामाथि अन्याय हुन्छ, फुटबलमा अर्को द्वन्द्व निम्तिन्छ BIRAT JUNG SHAH
EARLY ELECTION गर्ने ANFA कार्यसमितिको निर्णयमाथि के भन्छन् पूर्व अध्यक्ष शेर्पा ?
सरकारले ओलम्पिकको भावना र कानून कहिल्यै बुझेन । समस्या नै यही हो। Lok Bhakta Rana II Senior Advocate