चैत्र ४, २०८२ बुधबार | २२:१२:४२
करणको अलराउण्ड प्रदर्शनले पुलिस बलियो स्थितीमा आर्मीको सानदार सुरुआत, झापा पराजित तेस्रो बागमती प्रदेश खेलकुद जेठमा देवको कप्तानीमा लुम्बिनीको टोली घोषणा इशानले हैदराबादको कप्तानी गर्दै ललित जय ट्रफीमा ५० विकेट पूरा गर्ने पहिलो बलर सुजनको कप्तानीमा कोशीको टोली घोषणा भिटोरियन इन्स्टिच्युट गण्डकीको मुख्य प्रयायोजक संकटाको सानदार सुरुआत, एनआरटी पराजित सन्दीपले बेल्जियममा खेल्ने करणको अलराउण्ड प्रदर्शनले पुलिस बलियो स्थितीमा आर्मीको सानदार सुरुआत, झापा पराजित तेस्रो बागमती प्रदेश खेलकुद जेठमा देवको कप्तानीमा लुम्बिनीको टोली घोषणा इशानले हैदराबादको कप्तानी गर्दै ललित जय ट्रफीमा ५० विकेट पूरा गर्ने पहिलो बलर सुजनको कप्तानीमा कोशीको टोली घोषणा भिटोरियन इन्स्टिच्युट गण्डकीको मुख्य प्रयायोजक संकटाको सानदार सुरुआत, एनआरटी पराजित सन्दीपले बेल्जियममा खेल्ने

त्रिशुलीमा राष्ट्रिय र्यााफ्टिङ तथा क्यानोइङ सुरु

काठमाडौं । नेपाल र्यााफ्टिङ एण्ड क्यानोइङ संघ (एनआरससीए) को आयोजना तथा बागमती प्रदेश खेलकुद विकास परिषद्को सहयोगमा चितवनको फिस्लिङस्थित त्रिशुली नदीमा ‘९औँ राष्ट्रिय ¥याफ्टिङ’ तथा ‘१४औँ राष्ट्रिय क्यानोइङ स्लालोम च्याम्पियनसिप’ आइतबारदेखि सुरु भएको छ ।

प्रतियोगिताको औपचारिक उद्घाटन नेपाल र्यााफ्टिङ एण्ड क्यानोइङ संघका अध्यक्ष तथा नेपाल ओलम्पिक कमिटीका महासचिव राजीव श्रेष्ठले गरे ।

उद्घाटनमा अध्यक्ष श्रेष्ठले टेक्निकल हेड निम बहादुर मगरलाई पेडल हस्तान्तरण गर्दै च्याम्पियनसिपको सुरुआत गरेका थिए ।

फेब्रुअरी १ देखि ३ सम्म चल्ने च्याम्पियनसिपमा देशभरका विभिन्न नदी क्षेत्र र क्लबहरूबाट कुल ५१ जना खेलाडीहरू सहभागी छन् । त्रिशुलीको छालमा खेलाडीले र्यााफ्टिङ र क्यानोइङका विभिन्न विधाहरूमा प्रतिस्पर्धा गरिरहेका छन् ।

च्याम्पियनसिपलाई केवल राष्ट्रिय प्रतिस्पर्धाको रूपमा मात्र नभई अन्तर्राष्ट्रिय स्तरको छनोटको रूपमा समेत लिइएको छ । च्याम्पियनसिपको क्यानोइङ स्लोलामतर्फ उत्कृष्ट ५ भित्र पर्न सफल खेलाडीलाई आगामी सेप्टेम्बरमा जापानमा आयोजना हुने एसियाली खेलकुदका लागि पहिलो चरणको छनोटमा समावेश गरिने अध्यक्ष श्रेष्ठले जानकारी दिए ।

एसियाली खेलकुदमा र्यााफ्टिङ र क्यानोइङलाई समेत समावेश गरिएको सन्दर्भमा यस प्रतियोगिताले नेपालको तर्फबाट योग्य र सक्षम खेलाडी छनोट गर्ने महत्वपूर्ण आधार तय गर्ने विश्वास लिइएको छ ।  प्रतियोगिता आगामी मंगलबारसम्म चल्नेछ र क्यानोइङतर्फ प्रथम, दोस्रो र तेस्रो हुने खेलाडीले क्रमशः २५, १५ र ७ हजार ५ सय रुपैयाँ नगद पुरस्कार प्राप्त गर्ने छन् भने राफ्टिङतर्फ प्रथम, दोस्रो र तेस्रो हुने खेलाडीले क्रमशः ६५, ३५ र २५ हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्ने आयोजकले जनाएको छ ।


भिडियो
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो
ANFA नेतृत्व कहाँ छ कसैलाई थाहा छैन । अझै बेवास्था गरे आन्दोलन झन कडा हुन्छ: BISHWASH BIKRAM SHAH
ANFA मा CLUB को धर्ना, रिले अनसनको आज तेस्रो दिन II माग पूरा नभएसम्म अनसन जारी रहने II
MYANMAR, MOZAMBIQUE र GHANA का राष्ट्रिय खेलाडीको साथले दोस्रो वा तेस्रो हुने SANKATA को लक्ष्य
लिगमा पक्कै चुनौती छ । तर हामी त्यो चुनौती पार लगाउन तयार छौं ।I BAGMATI FC MANAGER NIRAJAN KARKI
APF COACH JIBESH PANDEY II लिग पहिलाजस्तो हुँदैन, सबै टिम बलिया छन् । तर हामी जितका लागि तयार छौं ।
CHURCH BOYS UNITED WOMENS TEAM HEAD COACH BIKRAM MAHARJAN I लिगलाई विदेशी खेलाडी ल्याउने योजनामा छौं