काठमाडौं । नेपाल र्यााफ्टिङ एण्ड क्यानोइङ संघ (एनआरससीए) को आयोजना तथा बागमती प्रदेश खेलकुद विकास परिषद्को सहयोगमा चितवनको फिस्लिङस्थित त्रिशुली नदीमा ‘९औँ राष्ट्रिय ¥याफ्टिङ’ तथा ‘१४औँ राष्ट्रिय क्यानोइङ स्लालोम च्याम्पियनसिप’ आइतबारदेखि सुरु भएको छ ।
प्रतियोगिताको औपचारिक उद्घाटन नेपाल र्यााफ्टिङ एण्ड क्यानोइङ संघका अध्यक्ष तथा नेपाल ओलम्पिक कमिटीका महासचिव राजीव श्रेष्ठले गरे ।
उद्घाटनमा अध्यक्ष श्रेष्ठले टेक्निकल हेड निम बहादुर मगरलाई पेडल हस्तान्तरण गर्दै च्याम्पियनसिपको सुरुआत गरेका थिए ।
फेब्रुअरी १ देखि ३ सम्म चल्ने च्याम्पियनसिपमा देशभरका विभिन्न नदी क्षेत्र र क्लबहरूबाट कुल ५१ जना खेलाडीहरू सहभागी छन् । त्रिशुलीको छालमा खेलाडीले र्यााफ्टिङ र क्यानोइङका विभिन्न विधाहरूमा प्रतिस्पर्धा गरिरहेका छन् ।
च्याम्पियनसिपलाई केवल राष्ट्रिय प्रतिस्पर्धाको रूपमा मात्र नभई अन्तर्राष्ट्रिय स्तरको छनोटको रूपमा समेत लिइएको छ । च्याम्पियनसिपको क्यानोइङ स्लोलामतर्फ उत्कृष्ट ५ भित्र पर्न सफल खेलाडीलाई आगामी सेप्टेम्बरमा जापानमा आयोजना हुने एसियाली खेलकुदका लागि पहिलो चरणको छनोटमा समावेश गरिने अध्यक्ष श्रेष्ठले जानकारी दिए ।
एसियाली खेलकुदमा र्यााफ्टिङ र क्यानोइङलाई समेत समावेश गरिएको सन्दर्भमा यस प्रतियोगिताले नेपालको तर्फबाट योग्य र सक्षम खेलाडी छनोट गर्ने महत्वपूर्ण आधार तय गर्ने विश्वास लिइएको छ । प्रतियोगिता आगामी मंगलबारसम्म चल्नेछ र क्यानोइङतर्फ प्रथम, दोस्रो र तेस्रो हुने खेलाडीले क्रमशः २५, १५ र ७ हजार ५ सय रुपैयाँ नगद पुरस्कार प्राप्त गर्ने छन् भने राफ्टिङतर्फ प्रथम, दोस्रो र तेस्रो हुने खेलाडीले क्रमशः ६५, ३५ र २५ हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्ने आयोजकले जनाएको छ ।
