फाल्गुन २७, २०८२ बुधबार | २३:५१:५४
थ्री स्टारले एन्फा पुगेर मताधिकार दाबी गर्यो जगजीतको गोलमा हारबाट जोगियो सातदोबाटो आइपिएलको पहिलो खेलमा बेंगलुरु र हैदराबाद भिड्ने पाकिस्तानमाथि बंगलादेशको सहज जित विवेकको सानदार प्रदर्शनमा ललितपुरको अर्को जित च्याम्पियन्स लिगमा आज दुई महाभिडन्त आशिषको गोलमा एनआरटीसँग हारबाट जोगियो लालिगुराँस अन्तर्राष्ट्रिय फुटबलबाट वाल्करको संन्यास च्याम्पियन कप्तानलाई नेतृत्व गर्दै हार्दिक राष्ट्रिय लिगमा बुधबार दुई खेल थ्री स्टारले एन्फा पुगेर मताधिकार दाबी गर्यो जगजीतको गोलमा हारबाट जोगियो सातदोबाटो आइपिएलको पहिलो खेलमा बेंगलुरु र हैदराबाद भिड्ने पाकिस्तानमाथि बंगलादेशको सहज जित विवेकको सानदार प्रदर्शनमा ललितपुरको अर्को जित च्याम्पियन्स लिगमा आज दुई महाभिडन्त आशिषको गोलमा एनआरटीसँग हारबाट जोगियो लालिगुराँस अन्तर्राष्ट्रिय फुटबलबाट वाल्करको संन्यास च्याम्पियन कप्तानलाई नेतृत्व गर्दै हार्दिक राष्ट्रिय लिगमा बुधबार दुई खेल

थ्री स्टारले एन्फा पुगेर मताधिकार दाबी गर्यो

तस्विर सौजन्यः थ्री स्टार क्लबको फेसबुक पेजबाट ।

काठमाडौं । पाटनको थ्री स्टार क्लब एन्फा निर्वाचनका लागि आफ्नो मताधिकारको दाबी गर्दै बुधबार अदालतको आदेशसहित एन्फा पुगेको छ ।

क्लबका प्रतिनिधिहरुले उच्च अदालत पाटनको पूर्ण पाठसहितको पत्र लिएर अखिल नेपाल फुटबल संघका महासचिव किरण राईलाई औपचारिक रुपमा बुझाएका हुन् ।

एन्फाको अनुशासन समिति र पुनरावेदन समितिले थ्री स्टारलाई रेलिगेशनमा पार्ने निर्णय गरेपछि क्लबले अदालतमा रिट दायर गरेको थियो । त्यस विषयमा पाटन उच्च अदालतले सुनुवाईको अवसर नदिई गरिएको निर्णय खारेज गर्दै पुनः निर्णय गर्न एन्फालाई आदेश दिएको थियो ।

तस्विर सौजन्यः थ्री स्टार क्लबको फेसबुक पेजबाट ।

अदालतको पूर्ण पाठ सार्वजनिक भएपछि थ्री स्टारले आफूहरु अझै शीर्ष डिभिजन क्लबकै हैसियतमा रहेको भन्दै एन्फा निर्वाचनमा मताधिकार पाउनुपर्ने दाबी गरेको हो ।

एन्फा निर्वाचन समितिले यसअघि चैत १३ गतेका लागि निर्वाचन मिति तय गर्दै उम्मेदवार र मताधिकार प्रतिनिधिको नामावली प्रकाशन गरिसकेको छ । सोही प्रक्रियाअन्तर्गत थ्री स्टारले अदालतको आदेशलाई आधार बनाउँदै आफ्नो मताधिकार कायम गर्न पत्र बुझाएको क्लबले जनाएको छ ।


भिडियो
PLAYER PROTEST AGAINST ANFA: ANFA मा तालाबन्दी, माग पूरा नभएसम्म ताल्चा खोल्न नदिने
खेल गराउन नसके ANFA को औचित्य रहन्न: BIKRAM LAMA, PRESIDENT, FOOTBALL PLAYER ASSOCIATION
CAPTAIN PUJA MAHATO II ठूला टिमसँग खेल्दा सिक्न पायौं, हाम्रो सुधारको त्यहाँ सबैले प्रशंशा गरे ।I
NEPAL POLICE CLUB Vs TRIBHUWAN ARMY FOOTBALL CLUB || ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
MUMBAI को WANKHEDE मा NEPAL र SCOTLAND भिड्दै, मरिन ड्राइभमा नेपाली समर्थकको विश्वकप मेला
Private video
Nepal Police Club VS FC Reale | ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||