फाल्गुन २७, २०८२ बुधबार | २१:२७:०५
जगजीतको गोलमा हारबाट जोगियो सातदोबाटो आइपिएलको पहिलो खेलमा बेंगलुरु र हैदराबाद भिड्ने पाकिस्तानमाथि बंगलादेशको सहज जित विवेकको सानदार प्रदर्शनमा ललितपुरको अर्को जित च्याम्पियन्स लिगमा आज दुई महाभिडन्त आशिषको गोलमा एनआरटीसँग हारबाट जोगियो लालिगुराँस अन्तर्राष्ट्रिय फुटबलबाट वाल्करको संन्यास च्याम्पियन कप्तानलाई नेतृत्व गर्दै हार्दिक राष्ट्रिय लिगमा बुधबार दुई खेल द हन्ड्रेडको अक्सन आजबाट - बिक्लान् त सन्दीप ? जगजीतको गोलमा हारबाट जोगियो सातदोबाटो आइपिएलको पहिलो खेलमा बेंगलुरु र हैदराबाद भिड्ने पाकिस्तानमाथि बंगलादेशको सहज जित विवेकको सानदार प्रदर्शनमा ललितपुरको अर्को जित च्याम्पियन्स लिगमा आज दुई महाभिडन्त आशिषको गोलमा एनआरटीसँग हारबाट जोगियो लालिगुराँस अन्तर्राष्ट्रिय फुटबलबाट वाल्करको संन्यास च्याम्पियन कप्तानलाई नेतृत्व गर्दै हार्दिक राष्ट्रिय लिगमा बुधबार दुई खेल द हन्ड्रेडको अक्सन आजबाट - बिक्लान् त सन्दीप ?

जगजीतको गोलमा हारबाट जोगियो सातदोबाटो

काठमाडौं । मिडफिल्डर जगजीत श्रेष्ठले इन्जुरी समयको अन्तिम सेकेन्डमा गोल गरेपछि सातदोबाटोले जावलाखेल युवा क्लबविरुद्ध हार टारेको छ ।

बुधबार सातदोबाटोस्थित एन्फा मुख्यालय मैदानमा सम्पन्न दिनको दोस्रो खेलमा जावलाखेलले सातदोबाटोविरुद्ध निर्धारित समयसम्म १-० को अग्रता कायम राखेको थियो । त्यसपछि ६ मिनेट थप गरिएको थियो । पाँचौं मिनेटमा बक्स बाहिरबाट जगजीतले सानदार गोल गर्दै खेललाई बराबरीमा ल्याए । उनको प्रहारले पहिलो बारको टप कर्नर जाली चुमेको थियो । पहिलो हाफमा जगजीतको दुई सुन्दर प्रहारलाई बचाएका युनेश चौधरीले अन्तिममा भने सकेनन् ।

खेलको २२औं मिनेटमा बौबाकर सिसोखोको गोलमार्फत जावलाखेलले अग्रता लिएको थियो । त्यसपछि सातदोबाटो दुई पटक गोलको निकै करिब आयो । दुबै पटक जगजीत केन्द्रविन्दुमा रहे । उनको सानदार फ्रिकिक प्रहार युनेशले बचाएका थिए ।

बराबरीसँगै सातदोबाटोले अंकतालिकामा एक स्थान सुधार गर्यो । हाल ९ खेलमा ७ अंक जोड्दै सातदोबाटो १४औं स्थानमा छ । समान खेलमा १० अंक जोड्दै जावलाखेल नवौं स्थानमा छ ।

दिनको पहिलो खेलमा आशिष गुरुङले निर्धारित समयको अन्तिम मिनेटमा गोल गरेपछि लालिगुराँस एसोसिएसनले एनआरटीसँग अंक खोस्यो ।

कप्तान अञ्जन विष्टको गोलमा एनआरटीले २६औं मिनेटमा अग्रता लिएको थियो । तर, अन्तिम मिनेटमा सम्हालिन नसक्दा एनआरटी अंक बाँड्न बाध्य भयो ।

आशिष वैकल्पिक खेलाडीका रुपमा मैदान प्रवेश गरेका थिए । आशिषले स्कोरसीटमा आफ्नो नाम लेखाएपछि कुनै पनि गोल भएन र खेल १-१ को बराबरीमा टुंगियो ।

बराबरीसँगै एनआरटी सातौं स्थानमै सिमित भएको छ । १० खेलमा एनआरटीले १९ अंक जोडेको छ ।

यो नतिजासँगै लालिगुराँस १० खेलमा २० अंक जोड्दै चौथो स्थानमा उक्लियो ।

लालिगुराँसलाई हराएको भए एनआरटी तेस्रो स्थानमा उक्लिने थियो । । उता जितले लालिगुराँसलाई कम्तिमा पनि शीर्ष दुईमा पुर्याउँथ्यो ।


भिडियो
PLAYER PROTEST AGAINST ANFA: ANFA मा तालाबन्दी, माग पूरा नभएसम्म ताल्चा खोल्न नदिने
खेल गराउन नसके ANFA को औचित्य रहन्न: BIKRAM LAMA, PRESIDENT, FOOTBALL PLAYER ASSOCIATION
CAPTAIN PUJA MAHATO II ठूला टिमसँग खेल्दा सिक्न पायौं, हाम्रो सुधारको त्यहाँ सबैले प्रशंशा गरे ।I
NEPAL POLICE CLUB Vs TRIBHUWAN ARMY FOOTBALL CLUB || ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
MUMBAI को WANKHEDE मा NEPAL र SCOTLAND भिड्दै, मरिन ड्राइभमा नेपाली समर्थकको विश्वकप मेला
Private video
Nepal Police Club VS FC Reale | ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||