चैत्र १३, २०८२ शुक्रबार | ०३:१३:०९
एन्फा ‘अर्ली इलेक्सन’ स्थगित पाकिस्तान बाहिरियो, भारतसँगै बंगलादेश पनि सेमिफाइनलमा शंकरको शतकमा पुलिसको जित कुमार प्यानलले गर्यो अर्ली इलेक्सनलाई बहिस्कार कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य अर्जुनको लगातार पाँचौ खेलमा ५० रन पूरा रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त पिएसएल आजबाट : डिफेन्डिङ च्याम्पियन लाहोर र हैदराबाद खेल्दै एन्फा ‘अर्ली इलेक्सन’ स्थगित पाकिस्तान बाहिरियो, भारतसँगै बंगलादेश पनि सेमिफाइनलमा शंकरको शतकमा पुलिसको जित कुमार प्यानलले गर्यो अर्ली इलेक्सनलाई बहिस्कार कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य अर्जुनको लगातार पाँचौ खेलमा ५० रन पूरा रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त पिएसएल आजबाट : डिफेन्डिङ च्याम्पियन लाहोर र हैदराबाद खेल्दै

विश्व माउन्टेन ट्रेल रन च्याम्पियनसिपमा चार नेपाली खेलाडी

काठमाडौं । नेपालका चार खेलाडीले स्पेनमा हुने विश्व माउन्टेन र ट्रेल रन च्याम्पियनसिपको तेस्रो संस्करणमा चार नेपाली खेलाडीले सहभागिता जनाउने भएका छन् ।

विश्व एथलेटिक्सले आयोजना गर्न लागेको प्रतियोगितामा नेपालबाट सुमन कुलुङ, साङ्गे शेर्पा, मनकुमार रोका र सुनमाया बुढाले चुनौती पेश गर्नेछन् ।

प्रतियोगिता स्पेनको क्यान फ्रान्कमा सेप्टेम्बर २४ देखि २९ सम्म हुँदैछ । भिसाका कारण पुरा टिम सहभागी हुन नपाए पनि नेपालबाट सबैभन्दा माथिल्लो वरियताका ट्रेल रनरले विश्व स्तरीय प्रतियोगितामा देशको प्रतिनिधित्व गर्न लागेका हुन् ।

पुरुषतर्फ सुमन कुलुङ नेपाल तथा एसियाका शीर्ष वरियताका खेलाडी हन्र । महिलातर्फ नेपालकी शीर्ष खेलाडी सुनमाया बुढा एसिया वरियताकी तेस्रो नम्बरमा छिन् । चारै जना खेलाडीले सिंगल लामो दुरीको ट्रेल रनको इभेन्टमा प्रतिस्पर्धा गर्नेछन् ।

टिम म्यानेजर प्रीती खत्रीले अन्तर्राष्ट्रिय मापदण्ड अनुसार खेलाडी छनोट गरिएको बताइन् । ‘मुख्य मापदण्डको रुपमा आइटिआरए वरियतालाई प्राथमिकता दिइएको छ ।  जसमा शीर्ष तीन पुरुष र महिला खेलाडी छनोट भएका हुन्,’ खत्रीले भनिन्, ।

महासंघका अध्यक्ष एकेन्द्र कुँवरले नेपाली खेलाडीले विश्वस्तरीय प्रतियोगितामा प्रतिस्पर्धा गर्नु सबै नेपालीका लागि गर्वको विषय रहेको बताए । ‘फरक खेल विधाको रुपमा एडभेन्चर रनिङबाट नेपाली खेलाडीले पुन विश्व मञ्चमा देशको प्रतिनिधित्व गर्दै आफ्नो चुनौती पेश गर्दैछन्,’ अध्यक्ष कुँवरले भने ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो