माघ ११, २०८२ आइतबार | ०९:२६:२७
इङ्ल्यान्डले श्रीलंकालाई पाँच विकेटले हरायो रेलिगेशन क्षेत्रको उल्भ्सविरुद्ध सिटीको सहज जित बुन्डेसलिगामा बायर्नको पहिलो हार एन्फा राष्ट्रिय लिगः मछिन्द्र र आर्मी विजयी बंगलादेशको स्थानमा स्कटल्यान्ड खेल्ने माल्दिभ्सलाई साफ फुटसल च्याम्पियनसिपको उपाधि नेपालले जिम्बाब्वेलाई हरायो, पूजाको अर्धशतक विक्रान्तको सानदार प्रदर्शनमा नेपालले बंंगलादेशलाई हरायो निर्वाचन आयोगले रोक्यो संघसंस्थाको निर्वाचन, एन्फाको के हुन्छ ? नेपालसामू जिम्बाब्वेको सामान्य लक्ष्य इङ्ल्यान्डले श्रीलंकालाई पाँच विकेटले हरायो रेलिगेशन क्षेत्रको उल्भ्सविरुद्ध सिटीको सहज जित बुन्डेसलिगामा बायर्नको पहिलो हार एन्फा राष्ट्रिय लिगः मछिन्द्र र आर्मी विजयी बंगलादेशको स्थानमा स्कटल्यान्ड खेल्ने माल्दिभ्सलाई साफ फुटसल च्याम्पियनसिपको उपाधि नेपालले जिम्बाब्वेलाई हरायो, पूजाको अर्धशतक विक्रान्तको सानदार प्रदर्शनमा नेपालले बंंगलादेशलाई हरायो निर्वाचन आयोगले रोक्यो संघसंस्थाको निर्वाचन, एन्फाको के हुन्छ ? नेपालसामू जिम्बाब्वेको सामान्य लक्ष्य

धावक कुसाङ गुरुङ पर्वतीय दौडको प्रथम पुरस्कारको प्रायोजक

प्रायोजन सम्झौता आदान प्रदान हुँदै ।

काठमाडौं । अन्तर्राष्ट्रिय म्याराथन धावक तथा सहारा युकेका पूर्व अध्यक्ष लेफ्टिनेन्ट (अवकास प्राप्त) कुसाङ गुरुङले दोस्रो पर्वतीय दौड प्रतियोगितामा खुलातर्फको प्रथम पुरस्कार प्रायोजन गरेका छन् ।

पर्वत जिल्लामा जन्मिएका गुरुङले प्रथम पुरस्कार बापत ५० हजार रुपैयाँ आयोजक पोखरा क्लिकलाई उपलब्ध गराउने सम्झौता भएको हो ।

सम्झौता सहारा क्लबका पूर्व अध्यक्ष विक्रम थकाली र प्रतियोगिताका संयोजक दीननाथ बराल बीच आदानप्रदान भएको थियो । बेलायतमा रहेर पनि जन्मभूमि र खेल पर्यटन प्रवद्र्धनमा निरन्तर सक्रिय गुरुङले प्रतियोगिताको सफलताको शुभकामना दिँदै प्रतियोगितालाई दिगो रूपमा आयोजना गर्न सुझाव दिए ।

‘कामको सिलसिलामा विदेशमा भए पनि जन्मभूमि र खेल पर्यटनको विकासमा योगदान दिन पाउँदा खुसी लागेको छ,” गुरुङले भने ।

पूर्व अध्यक्ष थकालीले गुरुङको सहयोगलाई ‘प्रशंसनीय र प्रेरणादायी’ भन्दै खेलकुदमार्फत् अन्तर्राष्ट्रियस्तरमा नेपालको नाम उच्च राख्न गुरुङको योगदान अविस्मरणीय रहेको बताए। प्रतियोगिताका संयोजक बरालले विदेशबाटै पहिलो पटक प्रथम पुरस्कार प्रायोजन भएकाले थप प्रोत्साहन मिलेको धारणा राखे ।

सम्झौता हस्तान्तरण कार्यक्रममा सहारा क्लबका अध्यक्ष केशवराज बराल, पोखराका अग्रज फोटो पत्रकार सुर्दशन रञ्जितको उपस्थित थिए ।  

लगातार तीन पटक मलेसियाको माउन्ट किनाबालु अन्तर्राष्ट्रिय क्लाइमाथनको विजेता  कुसाङले एभरेस्ट म्याराथनलगायत थुप्रै प्रतिष्ठित दौडमा नेपालको प्रतिनिधित्व गरेका छन् ।

प्रायोजक कुसाङ गुरुङ ।

असोज ४ गते हुने प्रतियोगितामा यस पटक पुरस्कार रकममा वृद्धि गरिएको छ । गत वर्ष शीर्ष ६ धावकलाई  ६८ हजार रुपैयाँ पुरस्कार प्रदान गरिएको थियो भने यस वर्ष १८ जनलाई २ लाख ६ हजार रुपैयाँ प्रदान गरिनेछ ।

प्रतियोगितामा खुलातर्फ प्रथम हुनेले ५० हजार रुपैयाँ गर्नेछन् । यस्तै, दोस्रोदेखि पाँचौंलाई क्रमशः ३० हजार, १५ हजार, ६ हजार र ३ हजार प्रदान गरिनेछ ।

यता छैटौं देखि १०औं स्थानमा रहनेले जनही १ हजार रुपैयाँ पाउने छन् । गत वर्ष खुलातर्फका शीर्ष तीनलाई क्रमशः २५ हजार, १५ हजार र सातहजार रुपैयाँ प्रदान गरिएको थियो ।

यसैगरी, वडास्तरीय खुला, महिला र यु-१६ तर्फका विजेता जनही १५ हजार र उपविजेता ७ हजार रुपैयाँ पाउने भएका छन् ।

प्रतियोगितामा यस वर्ष ४० वर्ष माथिका भेट्रान र विदेशी धावकलाई प्रोत्साहन पुरस्कारको समेत व्यवस्था गरिएको आयोजक संस्थाले जनाएको छ ।

भेट्रान र विदेशी इभेन्टका विजेतालाई जनही १५ हजार रुपैयाँका दरले प्रोत्साहन पुरस्कार प्रदान गरिनेछ ।


भिडियो
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।
चुनाव अवैधानिक छ, यसले सरोकारवालामाथि अन्याय हुन्छ, फुटबलमा अर्को द्वन्द्व निम्तिन्छ BIRAT JUNG SHAH
EARLY ELECTION गर्ने ANFA कार्यसमितिको निर्णयमाथि के भन्छन् पूर्व अध्यक्ष शेर्पा ?
सरकारले ओलम्पिकको भावना र कानून कहिल्यै बुझेन । समस्या नै यही हो। Lok Bhakta Rana II Senior Advocate