माघ ११, २०८२ आइतबार | ०९:२५:०४
इङ्ल्यान्डले श्रीलंकालाई पाँच विकेटले हरायो रेलिगेशन क्षेत्रको उल्भ्सविरुद्ध सिटीको सहज जित बुन्डेसलिगामा बायर्नको पहिलो हार एन्फा राष्ट्रिय लिगः मछिन्द्र र आर्मी विजयी बंगलादेशको स्थानमा स्कटल्यान्ड खेल्ने माल्दिभ्सलाई साफ फुटसल च्याम्पियनसिपको उपाधि नेपालले जिम्बाब्वेलाई हरायो, पूजाको अर्धशतक विक्रान्तको सानदार प्रदर्शनमा नेपालले बंंगलादेशलाई हरायो निर्वाचन आयोगले रोक्यो संघसंस्थाको निर्वाचन, एन्फाको के हुन्छ ? नेपालसामू जिम्बाब्वेको सामान्य लक्ष्य इङ्ल्यान्डले श्रीलंकालाई पाँच विकेटले हरायो रेलिगेशन क्षेत्रको उल्भ्सविरुद्ध सिटीको सहज जित बुन्डेसलिगामा बायर्नको पहिलो हार एन्फा राष्ट्रिय लिगः मछिन्द्र र आर्मी विजयी बंगलादेशको स्थानमा स्कटल्यान्ड खेल्ने माल्दिभ्सलाई साफ फुटसल च्याम्पियनसिपको उपाधि नेपालले जिम्बाब्वेलाई हरायो, पूजाको अर्धशतक विक्रान्तको सानदार प्रदर्शनमा नेपालले बंंगलादेशलाई हरायो निर्वाचन आयोगले रोक्यो संघसंस्थाको निर्वाचन, एन्फाको के हुन्छ ? नेपालसामू जिम्बाब्वेको सामान्य लक्ष्य

मिलन तामाङले जिते मुख्य स्पर्धा

काठमाडौं । नेपालका मिलन तामाङ बूढानीलकण्ठ फाइट नाइटको मुख्य स्पर्धामा जित निकालेका छन् । 

बूढानीलकण्ठ हात्तीगौंडा खेलकुद समितिको आयोजनामा भएको पुरुष ६० केजीको प्रतिस्पर्धामा मिलनले थाइल्यान्डका असादा रक्मितलाई दोश्रो राउन्डमा नकआउट गरे । मिलनले १ हजार र असादाले ९०० अमेरिकी डलर प्राप्त गरे ।

गोल्फुटारमा भएको प्रतियोगिताको पुरुष ५२ केजीमा नेपालका योमन मोक्तानले नेपालकै कुञ्जन घिमिरेलाई हराए । ५४ केजीमा नेपालका पुरनजित राईले भारतका स्खेम्बोर्लाङ मार्वेनलाई निरास बनाए ।

पुरुष ७० केजीमा नेपालका महेन्द्र गजमेरले नेपालकै रोनिश सुब्बाको चुनैतीलाई पन्छाए ।

नेपाल राष्ट्रिय मुवाँथाईं संघको प्राविधिक सहयोग तथा गलाक लाइफ स्टायलको व्यवस्थापनमा भएको प्रतियोगिताको पुरुष ५७ केजीमा नेपालका गुमन घर्ती मगरले जित निकाले । उनले भारतका बरेम्रोन डेनियललार्य हराए । पुरुष ६० केजीको अर्को नेपालका गौतम थिङले भारतका याइमा लाईककोमाथि जित निकाल्दै उपाधि हात पारे । ६७ केजीमा नेपालका सन्तोष खत्रीले भारतका असेम तोन्डोन्बालाई पराजित गरे ।

बूढानीलकण्ठ नगरपालिकाको सहयोगमा भएको प्रतियोगिताको महिला ६० केजीमा नेपालकी सारिका धमला तथा ५१ केजीमा नेपालकै सुस्मिता थापा विजयी भए । सारिकाले  जेनिस्ता निन्गोम्बम तथा सुस्मिताले गीता नर्जिनारीलाई हराए। दुवै भारतीय खेलाडी हुन् ।

९ स्पर्धा समावेश प्रतियोगितामा नेपाल, भारत र थाइल्यान्डका १८ खेलाडीले प्रतिस्पर्धा गरेका थिए । एक स्पर्धामा दुई खेलाडीबीच प्रतिस्पर्धा गराइएको थियो । बाँकी आठ स्पर्धाका विजेता र उपविजेताले पनि नगद पुरस्कार पाए ।

विजेतालाई राष्ट्रिय खेलकुद परिषद्(राखेप) का सदस्यसचिव टंकलाल घिसिङ, बूढानिलकण्ठ नगरपालिकाका मेयर मिठाराम अधिकारी, बूढानीलकण्ठ नगरपालिकाका खेलकुद संयोजक एवं वडा ८ का अध्यक्ष सुमन तामाङ, नेपाल राष्ट्रिय मुवाँथाईं संघका अध्यक्ष गणेशलाल कक्षपति, आयोजक खेलकुद समितिका अध्यक्ष निलम अधिकारीलगायतले  पुरस्कृत गरे । 


भिडियो
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।
चुनाव अवैधानिक छ, यसले सरोकारवालामाथि अन्याय हुन्छ, फुटबलमा अर्को द्वन्द्व निम्तिन्छ BIRAT JUNG SHAH
EARLY ELECTION गर्ने ANFA कार्यसमितिको निर्णयमाथि के भन्छन् पूर्व अध्यक्ष शेर्पा ?
सरकारले ओलम्पिकको भावना र कानून कहिल्यै बुझेन । समस्या नै यही हो। Lok Bhakta Rana II Senior Advocate