काठमाडौं । बूढानीलकण्ठ फाइट नाइट शनिबार हुने भएको छ। बूढानीलकण्ठ हात्तिगौंडा खेलकुद समितिको आयोजनामा फाइट नाइट बेलुका ५ बजे सुरु हुनेछ ।
गोल्फुटारको बास्केटबल कोर्टमा हुने फाइट नाइटको तयारी अन्तिममा पुगेको समितिका अध्यक्ष निलम अधिकारीले जानकारी दिइन् ।
प्रतियोगितामा नेपाल, भारत र थाइल्यान्डका प्रोफेसनल मुवा थाई खेलाडीले प्रतिस्पर्धा गर्नेछन् । अधिकारीका अनुसार प्रतियोगितामा सात पुरुष र दुई महिला गरि ९ फाइट हुनेछ ।
मुख्य इभेन्टमा नेपालका मिलन तामाङ र थाइल्यान्डका असादा रक्मितबीच प्रतिस्पर्धा हुनेछ । अन्य ६ वटा खेलमा नेपाल र भारतका खेलाडीबीच प्रतिस्पर्धा हुनेछ।
महिलतर्फका दुईवटै खेलमा नेपाली खेलाडीबीच प्रतिस्पर्धा हुने अधिकारीले जनाकारी दिइन् । उनका अनुसार सबै खेलाडीलाई प्रमाणपत्र र नगद पुरस्कार वितरण गरिने छ।
भिडियो
WCUP छनोट र NPL भव्य बनाएर नेपाल अन्तर्राष्ट्रिय क्रिकेटलाई तयार रहेको सन्देश दिनुछ II PARAS KHADKA
इरान र भारतसँग खेल्न सिलोङ जान लागेको नेपाली महिला फुटबल टिमको बिदाई II WOMENS FOOTBALL I TEAM NEPAL
खेलाडीलाई प्रशिक्षक न्यौपानेको चेतावनीः नयाँले मौका पाउँछन्, तर त्यसलाई प्रमाणित गर्न सक्नुपर्नेछ
जोर्डनबाट व्यावसायिक फुटबल खेलिरहेकी PREETI RAI भन्छिन्: मैले धेरै गर्न बाँकी रहेछ ।
राष्ट्रिय महिला फुटबल टिमकी कप्तान SAMBA भन्छिन्ः हामीसँग खेल्दा INDIA र IRAN लाई फाइदा पुग्छ
क्यानमा कतिपय कुनबेला गल्ती गर्छ र तिललाई पहाड बनाउ भनेर कुरेर बसेकाहरु छन् II PARAS KHADKA II CAN
नयाँ भाइहरुसँग राम्ररी घुलमिल गर्न पाइएनHari Hajur Thapa : Captain
