माघ ११, २०८२ आइतबार | ०९:२५:४६
इङ्ल्यान्डले श्रीलंकालाई पाँच विकेटले हरायो रेलिगेशन क्षेत्रको उल्भ्सविरुद्ध सिटीको सहज जित बुन्डेसलिगामा बायर्नको पहिलो हार एन्फा राष्ट्रिय लिगः मछिन्द्र र आर्मी विजयी बंगलादेशको स्थानमा स्कटल्यान्ड खेल्ने माल्दिभ्सलाई साफ फुटसल च्याम्पियनसिपको उपाधि नेपालले जिम्बाब्वेलाई हरायो, पूजाको अर्धशतक विक्रान्तको सानदार प्रदर्शनमा नेपालले बंंगलादेशलाई हरायो निर्वाचन आयोगले रोक्यो संघसंस्थाको निर्वाचन, एन्फाको के हुन्छ ? नेपालसामू जिम्बाब्वेको सामान्य लक्ष्य इङ्ल्यान्डले श्रीलंकालाई पाँच विकेटले हरायो रेलिगेशन क्षेत्रको उल्भ्सविरुद्ध सिटीको सहज जित बुन्डेसलिगामा बायर्नको पहिलो हार एन्फा राष्ट्रिय लिगः मछिन्द्र र आर्मी विजयी बंगलादेशको स्थानमा स्कटल्यान्ड खेल्ने माल्दिभ्सलाई साफ फुटसल च्याम्पियनसिपको उपाधि नेपालले जिम्बाब्वेलाई हरायो, पूजाको अर्धशतक विक्रान्तको सानदार प्रदर्शनमा नेपालले बंंगलादेशलाई हरायो निर्वाचन आयोगले रोक्यो संघसंस्थाको निर्वाचन, एन्फाको के हुन्छ ? नेपालसामू जिम्बाब्वेको सामान्य लक्ष्य

खुसी, गजेन्द्र र अभिषेक च्याम्पियन

प्रतियोगिताका पदक विजेतालगायत ।

काठमाडौं । आठौ राष्ट्रिय स्केटबोर्ड च्याम्पियनसिपमा खुला महिलातर्फ खुसी विक, खुला पुरुषतर्फ गजेन्द्र बर्देवा र जुनियर पुरुषतर्फ अभिषेक परियारले उपाधि जितेका छन् ।

नेपाल स्केटिङ तथा स्केट बोर्डसंघको आयोजनामा शनिबार सम्पन्न प्रतियोगिताको महिलातर्फ लेमन मगर दोस्रो र समीक्षा राई तेस्रो स्थानमा रहे ।

यसैगरी पुरुषतर्फ शरद राई उपविजेता बन्दा बसन्त राईले तेस्रो स्थान हासिल गरे । जुनियरतर्फ अंकित विक दोस्रो र अविनाश कुमाल तेस्रो भए ।

खुलातर्फका शीर्ष तीनले क्रमशः २५, २० र १५ हजार रुपैयाँ प्राप्त गरे । जुनियरतर्फ विजेताले १०, उपविजेताले ५ र तेस्रो हुनेले ३ हजार रुपैयाँ हात पारे ।

विजेतालाई नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठ, नेपाल स्केटिङ तथा स्केट बोर्डका अध्यक्ष अच्युत खनाल, संघका सल्लाहकार तथा प्रशिक्षक दिलिपराज बराल लगायतले पुरस्कार वितरण गरेका थिए ।

प्रतियोगिताको उद्घाटन राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव टंकलाल घिसिङले गरे ।

शुक्रबार सम्पन्न छनोट चरणबाट प्रत्येक समूहका १६ जना फाइनल चरणका लागि छानिएका थिए । 


भिडियो
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।
चुनाव अवैधानिक छ, यसले सरोकारवालामाथि अन्याय हुन्छ, फुटबलमा अर्को द्वन्द्व निम्तिन्छ BIRAT JUNG SHAH
EARLY ELECTION गर्ने ANFA कार्यसमितिको निर्णयमाथि के भन्छन् पूर्व अध्यक्ष शेर्पा ?
सरकारले ओलम्पिकको भावना र कानून कहिल्यै बुझेन । समस्या नै यही हो। Lok Bhakta Rana II Senior Advocate