कार्तिक ११, २०८२ मंगलबार | ०८:३६:३६
एट्लेटिको मड्रिडको सहज जित पहिलो ट्वान्टी-२० मा वेस्ट इन्डिज विजयी ‘द हिमालयन स्विड ओपन’ गल्फ शनिबार हुने सावित्राको सानदार दुई गोलमा नेपालले भारतलाई हरायो अन्तर्राष्ट्रिय फुटबलमा मीनाको डेब्यु सुदूरपश्चिमको पोशाक पार्टनरमा डीआरजे सावित्राको गोलमा भारतविरुद्ध पहिलो हाफमा नेपाललाई अग्रता लुम्बिनी स्पोर्टस अवार्ड छनोट समिति संयोजकमा रमेश मल्ल नेदरल्यान्ड्सका म्याक्स ओ’ डाउडले कर्णालीबाट खेल्ने भारतविरुद्ध अञ्जनालाई मौका, दीपा र मनमाया पहिलो रोजाईमा एट्लेटिको मड्रिडको सहज जित पहिलो ट्वान्टी-२० मा वेस्ट इन्डिज विजयी ‘द हिमालयन स्विड ओपन’ गल्फ शनिबार हुने सावित्राको सानदार दुई गोलमा नेपालले भारतलाई हरायो अन्तर्राष्ट्रिय फुटबलमा मीनाको डेब्यु सुदूरपश्चिमको पोशाक पार्टनरमा डीआरजे सावित्राको गोलमा भारतविरुद्ध पहिलो हाफमा नेपाललाई अग्रता लुम्बिनी स्पोर्टस अवार्ड छनोट समिति संयोजकमा रमेश मल्ल नेदरल्यान्ड्सका म्याक्स ओ’ डाउडले कर्णालीबाट खेल्ने भारतविरुद्ध अञ्जनालाई मौका, दीपा र मनमाया पहिलो रोजाईमा

अर्जुन कुलुङराईले जिते मञ्जुश्री ट्रेल रेसको उपाधि

काठमाडौं । नेपालको चर्चित रेसमध्येको एक मञ्जुश्री ट्रेल रेस (एमटिआर) को पाँचौं संस्करणमा नेपालका अर्जुन कुलुङराई विजेता बनेका छन् ।

मञ्जुश्री ट्रलको प्रमुख इभेन्ट १०० माइल्स दौड अर्जुनले २६ घन्टा २९ मिनेट २५ सकेन्डमा पूरा गरे । नेपालकै मिलन कुलुङ राईले २८ घन्टा १५ मिनेट २५.३ सकेन्डका दोस्रो तथा शेर थारु २८ घन्टा ४७ मिनेट ६.२ सकेन्डसहित तेस्रो भए । शीर्ष तीनले क्रमशः ७५ हजार,  ४० हजार २० हजार रुपैयाँ प्राप्त गरे ।

१०० किमी दौडमा विशाल राई १३ घन्टा २९ मिनेट ४ सकेन्डका लगातार दोस्रो पटक च्याम्पियन बने । सो इभेन्टमा गोपाल तामाङले १३ घन्टा ३९ मिनेट ७ सकेन्ड र निरोज भट्टले १४ घन्टा १२ मिनेट ३५ सकेन्डमा दौड पुरा गरेर दोस्रो र तेस्रो स्थान हासिल गरे ।

यो स्पर्धाको महिलातर्फ नेपालकी रसिला तामाङ पहिलो भएन् । रसिलाले १७ घन्टा ५८ मिनेट ५ सकेन्डमा दौड सकाइन् । छोकी शेर्पा १८ घन्टा १५ मिनेट ५ सकेन्ड समयका साथ दोस्रो तथा फ्लेर मोउतज्वले २० घन्टा ४३ मिनेट ५ सकेन्डको समय निकाल्दै तेस्रो स्थान हासिल गरे ।

यो स्पर्धाका शीर्ष तीनलाई क्रमशः ५० हजार, २५ हजार र १५ हजार रुपैयाँ प्रदान गरिएको थियो ।

५० किमी पुरुष दौडमा मानकुमार रोक्का मगर ६ घन्टा ४२ मिनेट २५ सकेन्डका साथ पहिलो, लोकेन्द्र राई ६ घन्टा ४६ मिनेट ३८ सकेन्डको समय निकाल्दै दोस्रो र धीरबहादुर बुढा ६ घन्टा ५९ मिनेट ५९ सकेन्डसहित तेस्रो भए । महिलातर्फ प्रिया राई पहिलो, कल्पना बुढा दोस्रो र राज्य लक्ष्मी रावल तेस्रो भए । प्रियाले निर्धारीत दुरी ७ घन्टा ४६ः०५ सकेन्डमा पूरा गरिन् । यसैगरी कल्पनाले ८ घन्टा १६ मिनेट ६ सेकेन्ड तथा राज्यलक्ष्मीले ८ घन्टा ४० मिनेट ५२ सकेन्ड समय लगाए ।

यो स्पर्धामा शीर्ष तीन स्थानमा रहनेले क्रमशः ३० हजार, १५ हजार र १० हजार रुपैयाँ प्राप्त गरे ।

३० किमी दौडमा राजन मेयोङबा ३ घन्टा ४३ मिनेट ३ सकेन्ड समय विजेता बने । युवकराज बुढा ४ घन्टा ३ मिनेट २२ सकेन्डका दोस्रो र अक्कल बढवाल ४ घन्टा ३७ मिनेट १ सकेन्डसहिथ तेस्रो भए । महिलातर्फ अस्मी तामाङ ६ घन्टा ३४ मिनेटका साथ ३ च्याम्पियन बनिन् । कथेरिना हल दोस्रो र रीन्छे दोला लामा तेस्रो भए ।

कथेरिनाले ८ घन्टा २४ मिनेट ६ तथा रीन्छेले ८ घन्टा ५३ मिनेटमा दौड पूरा गरे । यस स्पर्धामा  शीर्ष तीने  क्रमशः २० हजार १० हजार र ५ हजार रुपैयाँको हात पारे ।

१० किमी पुरुषतर्फ नेपालका सुमन नापित र महिलातर्फ अमेरिकाकी बोराह लिम विजेता बने । सुमनले ५२ मिनेट ४२ सकेन्डमा निधारीत दूरी पुरा गरे  यसैगरी उदयबहादुर श्रेष्ठ ५३ मिनेट ३० सकेन्डसहित दोस्रो र हरि तामाङ ५५ मिनेट ०२ सकेन्डको समय निकाल्दै तेस्रो भए ।

लिमले ५२ मिनेट ४० सकेन्डमा दौड पुरा गरिन् । सो स्पर्धामा बेल्जियमकी जारा भान रेन्टरगे १ घन्टा १६ मिनेट १ सकेन्डका साथ दोस्रो र जर्मनीकी सामन्था नोउभेल १ घन्टा १८ मिनेट ४० सकेन्डसहित तेस्रो भए ।

विजेतालाई नेपाल ओलम्पिक कमिटीका निरज श्रेष्ठले पुरस्कार प्रदान गरे । प्रतियोगितामा १९१ धावक धाविकाले सहभागिता जनाएका थिए ।


भिडियो
WCUP छनोट र NPL भव्य बनाएर नेपाल अन्तर्राष्ट्रिय क्रिकेटलाई तयार रहेको सन्देश दिनुछ II PARAS KHADKA
इरान र भारतसँग खेल्न सिलोङ जान लागेको नेपाली महिला फुटबल टिमको बिदाई II WOMENS FOOTBALL I TEAM NEPAL
खेलाडीलाई प्रशिक्षक न्यौपानेको चेतावनीः नयाँले मौका पाउँछन्, तर त्यसलाई प्रमाणित गर्न सक्नुपर्नेछ
जोर्डनबाट व्यावसायिक फुटबल खेलिरहेकी PREETI RAI भन्छिन्: मैले धेरै गर्न बाँकी रहेछ ।
राष्ट्रिय महिला फुटबल टिमकी कप्तान SAMBA भन्छिन्ः हामीसँग खेल्दा INDIA र IRAN लाई फाइदा पुग्छ
क्यानमा कतिपय कुनबेला गल्ती गर्छ र तिललाई पहाड बनाउ भनेर कुरेर बसेकाहरु छन् II PARAS KHADKA II CAN
नयाँ भाइहरुसँग राम्ररी घुलमिल गर्न पाइएनHari Hajur Thapa : Captain