चैत्र १३, २०८२ शुक्रबार | ०३:११:३५
एन्फा ‘अर्ली इलेक्सन’ स्थगित पाकिस्तान बाहिरियो, भारतसँगै बंगलादेश पनि सेमिफाइनलमा शंकरको शतकमा पुलिसको जित कुमार प्यानलले गर्यो अर्ली इलेक्सनलाई बहिस्कार कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य अर्जुनको लगातार पाँचौ खेलमा ५० रन पूरा रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त पिएसएल आजबाट : डिफेन्डिङ च्याम्पियन लाहोर र हैदराबाद खेल्दै एन्फा ‘अर्ली इलेक्सन’ स्थगित पाकिस्तान बाहिरियो, भारतसँगै बंगलादेश पनि सेमिफाइनलमा शंकरको शतकमा पुलिसको जित कुमार प्यानलले गर्यो अर्ली इलेक्सनलाई बहिस्कार कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य अर्जुनको लगातार पाँचौ खेलमा ५० रन पूरा रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त पिएसएल आजबाट : डिफेन्डिङ च्याम्पियन लाहोर र हैदराबाद खेल्दै

जंगु र रुपा च्याम्पियन

नेपालगन्ज । जिल्लामा पहिलोपटक आयोजना गरिएको बाँके एमटिबी रेसको  उपाधि जंगु थारु र रुपा थारुले जितेका छन् ।

पाँच किलोमिटरको क्रसकन्ट्री रेसमा इलाइट पुरुषतर्फ जंगुले ५२ः५८ मिनेटमा निर्धारित दूरी पूरा गरे । विशाल थारु ५७ः५६ मिनेटका साथ दोस्रो र विमलेस यादव ५७ः५८ मिनेटको समय निकाल्दै तेस्रो स्थानमा रहे ।

यसैगरी इलाइट महिलातर्फ रुपाले ४३ः३६ मिनेटको सयम निकालिन् । यस्तै कविता सार्की ४६ः४२ मिनेटको समय निकाल्दै दोस्रो र सीता सार्की ४७ः२८ मिनेटसहित तेस्रो भइन् ।

दुवैतर्फका शीर्ष तीनले क्रमशः ७, ५ र ३ हजार रुपैयाँका साथै ट्रफी, पदक र प्रमाण पत्र प्राप्त गरे ।

नेपालगन्ज नजिकै डुडुवा गाउँपालिकामा अवस्थित ट्रेल कोर्षमा भएको रेसमा मास्टरतर्फ देव बोहरा( ३४ः३१)  दीपक मल्ल (३८ः४२) र  विशाल श्रेष्ठ (४१ः०६) शीर्ष तीनमा रहे ।  

उनीहरूलाई क्रमशः ७, ५ र ३ हजार रुपैयाँका साथ पदक र प्रमाण पत्र प्रदान गरियो ।

त्यस्तै  भेट्रानतर्फ अजय केसी (४१ः०३), जितेन्द्र थारु (४२ः०८) र कविराम थारु (४४ः५१) का साथ  क्रमशः शीर्ष तीन स्थान हासिल गरे ।

युसिआइ क्रसकन्ट्री ओलम्पिक फर्म्याटमा सञ्चालन गरिएको रेसमा जुनियर विधामा दिलोचन बोहराले ३५ः४४ मिनेटको समय निकाल्दै उपाधि जिते । वीरेन्द्र धोबी ३५स्५५ मिनेटका साथ दोस्रो र रन्जित चौहानले ३७ः०८ मिनेटको समय निकालेर तेस्रो स्थान सुरक्षित गरे ।

भेट्रान र जुनियरतर्फ शीर्ष तीनले  ५, ३ र २ हजार  रुपैयाँका साथै पदक र  प्रमाण पत्र प्राप्त गरे ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो