माघ ११, २०८२ आइतबार | ०९:२५:१५
इङ्ल्यान्डले श्रीलंकालाई पाँच विकेटले हरायो रेलिगेशन क्षेत्रको उल्भ्सविरुद्ध सिटीको सहज जित बुन्डेसलिगामा बायर्नको पहिलो हार एन्फा राष्ट्रिय लिगः मछिन्द्र र आर्मी विजयी बंगलादेशको स्थानमा स्कटल्यान्ड खेल्ने माल्दिभ्सलाई साफ फुटसल च्याम्पियनसिपको उपाधि नेपालले जिम्बाब्वेलाई हरायो, पूजाको अर्धशतक विक्रान्तको सानदार प्रदर्शनमा नेपालले बंंगलादेशलाई हरायो निर्वाचन आयोगले रोक्यो संघसंस्थाको निर्वाचन, एन्फाको के हुन्छ ? नेपालसामू जिम्बाब्वेको सामान्य लक्ष्य इङ्ल्यान्डले श्रीलंकालाई पाँच विकेटले हरायो रेलिगेशन क्षेत्रको उल्भ्सविरुद्ध सिटीको सहज जित बुन्डेसलिगामा बायर्नको पहिलो हार एन्फा राष्ट्रिय लिगः मछिन्द्र र आर्मी विजयी बंगलादेशको स्थानमा स्कटल्यान्ड खेल्ने माल्दिभ्सलाई साफ फुटसल च्याम्पियनसिपको उपाधि नेपालले जिम्बाब्वेलाई हरायो, पूजाको अर्धशतक विक्रान्तको सानदार प्रदर्शनमा नेपालले बंंगलादेशलाई हरायो निर्वाचन आयोगले रोक्यो संघसंस्थाको निर्वाचन, एन्फाको के हुन्छ ? नेपालसामू जिम्बाब्वेको सामान्य लक्ष्य

जंगु र रुपा च्याम्पियन

नेपालगन्ज । जिल्लामा पहिलोपटक आयोजना गरिएको बाँके एमटिबी रेसको  उपाधि जंगु थारु र रुपा थारुले जितेका छन् ।

पाँच किलोमिटरको क्रसकन्ट्री रेसमा इलाइट पुरुषतर्फ जंगुले ५२ः५८ मिनेटमा निर्धारित दूरी पूरा गरे । विशाल थारु ५७ः५६ मिनेटका साथ दोस्रो र विमलेस यादव ५७ः५८ मिनेटको समय निकाल्दै तेस्रो स्थानमा रहे ।

यसैगरी इलाइट महिलातर्फ रुपाले ४३ः३६ मिनेटको सयम निकालिन् । यस्तै कविता सार्की ४६ः४२ मिनेटको समय निकाल्दै दोस्रो र सीता सार्की ४७ः२८ मिनेटसहित तेस्रो भइन् ।

दुवैतर्फका शीर्ष तीनले क्रमशः ७, ५ र ३ हजार रुपैयाँका साथै ट्रफी, पदक र प्रमाण पत्र प्राप्त गरे ।

नेपालगन्ज नजिकै डुडुवा गाउँपालिकामा अवस्थित ट्रेल कोर्षमा भएको रेसमा मास्टरतर्फ देव बोहरा( ३४ः३१)  दीपक मल्ल (३८ः४२) र  विशाल श्रेष्ठ (४१ः०६) शीर्ष तीनमा रहे ।  

उनीहरूलाई क्रमशः ७, ५ र ३ हजार रुपैयाँका साथ पदक र प्रमाण पत्र प्रदान गरियो ।

त्यस्तै  भेट्रानतर्फ अजय केसी (४१ः०३), जितेन्द्र थारु (४२ः०८) र कविराम थारु (४४ः५१) का साथ  क्रमशः शीर्ष तीन स्थान हासिल गरे ।

युसिआइ क्रसकन्ट्री ओलम्पिक फर्म्याटमा सञ्चालन गरिएको रेसमा जुनियर विधामा दिलोचन बोहराले ३५ः४४ मिनेटको समय निकाल्दै उपाधि जिते । वीरेन्द्र धोबी ३५स्५५ मिनेटका साथ दोस्रो र रन्जित चौहानले ३७ः०८ मिनेटको समय निकालेर तेस्रो स्थान सुरक्षित गरे ।

भेट्रान र जुनियरतर्फ शीर्ष तीनले  ५, ३ र २ हजार  रुपैयाँका साथै पदक र  प्रमाण पत्र प्राप्त गरे ।


भिडियो
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।
चुनाव अवैधानिक छ, यसले सरोकारवालामाथि अन्याय हुन्छ, फुटबलमा अर्को द्वन्द्व निम्तिन्छ BIRAT JUNG SHAH
EARLY ELECTION गर्ने ANFA कार्यसमितिको निर्णयमाथि के भन्छन् पूर्व अध्यक्ष शेर्पा ?
सरकारले ओलम्पिकको भावना र कानून कहिल्यै बुझेन । समस्या नै यही हो। Lok Bhakta Rana II Senior Advocate