माघ १०, २०८२ शनिबार | १६:०८:१२
विक्रान्तको सानदार प्रदर्शनमा नेपालले बंंगलादेशलाई हरायो निर्वाचन आयोगले रोक्यो संघसंस्थाको निर्वाचन, एन्फाको के हुन्छ ? नेपालसामू जिम्बाब्वेको सामान्य लक्ष्य जेन्जी खेलमन्त्रीसँग के छ जवाफ ? रेडबुलमै रमाइरहेका क्लोप किन प्रशिक्षणमा फर्कन चाहन्नन् ? फुटबलै नरहे के को एन्फा ? नेपाली महिला क्रिकेट टोलीको साहसिक प्रदर्शन, अघि बढ्ने अवस्था कमजोर युरोपेली फुटबलमा इङ्लिस क्लबको वर्चस्व लालिगुराँसको लगातार तेस्रो जित, पुलिसको दोस्रो हार भारतको चुनौती समाप्त, उपाधिमा भुटान र बंगलादेशको दाबेदारी विक्रान्तको सानदार प्रदर्शनमा नेपालले बंंगलादेशलाई हरायो निर्वाचन आयोगले रोक्यो संघसंस्थाको निर्वाचन, एन्फाको के हुन्छ ? नेपालसामू जिम्बाब्वेको सामान्य लक्ष्य जेन्जी खेलमन्त्रीसँग के छ जवाफ ? रेडबुलमै रमाइरहेका क्लोप किन प्रशिक्षणमा फर्कन चाहन्नन् ? फुटबलै नरहे के को एन्फा ? नेपाली महिला क्रिकेट टोलीको साहसिक प्रदर्शन, अघि बढ्ने अवस्था कमजोर युरोपेली फुटबलमा इङ्लिस क्लबको वर्चस्व लालिगुराँसको लगातार तेस्रो जित, पुलिसको दोस्रो हार भारतको चुनौती समाप्त, उपाधिमा भुटान र बंगलादेशको दाबेदारी

प्रथम हाइ अल्टिच्युट रसुवा माउटेन्ट बाइक च्यालेन्ज मंसिर तेस्रो साता

काठमाडौं । प्रथम हाइ अल्टिच्युट रसुवा माउटेन्ट बाइक च्यालेन्ज प्रतियोगिता मंसिर १८ गते हुने भएको छ ।

प्रदेश खेलकुद विकास परिष्द, बागमती प्रदेश तथा जिल्ला साइक्लिङ संघ रसुवाको संयुक्त आयोजनामा हुने प्रतियोगितामा पुरुषतर्फ इलिट जुनियर र मास्टर तथा महिलातर्फ इलिट विधामा प्रतिस्पर्धा हुनेछ । 

साहसिक खेलकुदको विकास तथा रसुवामा पर्यटन प्रवर्धन गर्ने मुल उद्देश्यका साथ हुन लागेको प्रतियोगितामा एक सय ५० खेलाडीको सहभागिता रहने जिल्ला साइक्लिङ संघका अध्यक्ष दावा तामाङले बताए । सो प्रतियोगितामा विदेशी खेलाडी पनि सहभागी हुनसक्ने तामाङले जनाए ।

प्रतियोगिता कालिका गाउँपालिकाको सहिद गेट कालिकास्थानबाट सुरु भई घुम्तिबजार, लामाटोल, गुम्बाडाँडा, स्याउबारी हुँदै गणेश हिमाल र त्रिशुलीको रमणीय दृश्यसँगै नौकुण्ड गाउँपालिका लोकिल, आरुखर्क, गोर्मु, किमार्जोङ, खाल्चेत, जिवजिवे हुँदै ३५ किमि पार गरेर कालिका हिमालय क्याम्पसमा पुरा हुनेछ । 

इलिटतर्फ प्रथमदेखि दशौं स्थान हासिल गर्ने खेलाडीले क्रमशः ४० हजार, २० हजार, १५ हजार, सात हजार, ६ हजार, पाँच हजार, चार हजार, तीन हजार, दुई हजार र एक हजार रुपैंया प्राप्त गर्नेछन् । 

साथै मास्टर र जुनियरतर्फको विजेताले १५ हजार, दोस्रोले १० हजार र तेस्रो हुनेले सात हजार रुपैंया प्राप्त गर्नेछन् ।

 


भिडियो
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।
चुनाव अवैधानिक छ, यसले सरोकारवालामाथि अन्याय हुन्छ, फुटबलमा अर्को द्वन्द्व निम्तिन्छ BIRAT JUNG SHAH
EARLY ELECTION गर्ने ANFA कार्यसमितिको निर्णयमाथि के भन्छन् पूर्व अध्यक्ष शेर्पा ?
सरकारले ओलम्पिकको भावना र कानून कहिल्यै बुझेन । समस्या नै यही हो। Lok Bhakta Rana II Senior Advocate