चैत्र ५, २०८२ बिहीबार | ०८:३३:२७
दिवानको कप्तानीमा कर्णालीको टोली घोषणा बार्सिलोना, लिभरपुल, एट्लेटिको मड्रिड अन्तिम आठमा बायर्न म्युनिखको १० गोल चर्च ब्वाइजले संकटालाई हरायो, फ्रेन्ड्स र जावलाखेलले खेल्यो बराबरी करणको अलराउण्ड प्रदर्शनले पुलिस बलियो स्थितीमा आर्मीको सानदार सुरुआत, झापा पराजित तेस्रो बागमती प्रदेश खेलकुद जेठमा देवको कप्तानीमा लुम्बिनीको टोली घोषणा इशानले हैदराबादको कप्तानी गर्दै ललित जय ट्रफीमा ५० विकेट पूरा गर्ने पहिलो बलर दिवानको कप्तानीमा कर्णालीको टोली घोषणा बार्सिलोना, लिभरपुल, एट्लेटिको मड्रिड अन्तिम आठमा बायर्न म्युनिखको १० गोल चर्च ब्वाइजले संकटालाई हरायो, फ्रेन्ड्स र जावलाखेलले खेल्यो बराबरी करणको अलराउण्ड प्रदर्शनले पुलिस बलियो स्थितीमा आर्मीको सानदार सुरुआत, झापा पराजित तेस्रो बागमती प्रदेश खेलकुद जेठमा देवको कप्तानीमा लुम्बिनीको टोली घोषणा इशानले हैदराबादको कप्तानी गर्दै ललित जय ट्रफीमा ५० विकेट पूरा गर्ने पहिलो बलर

शाहसिक खेलकुदलाई बजेटमा समावेश गरेकोमा सरकारलाई महासंघको धन्यवाद

काठमाडौं, जेठ १७ (खेलाडी)– पर्वतीय खेलकुद महासंघले नेपाल सरकारद्धारा प्रस्तुत आगामी आर्थिक वर्ष २०७८÷०७९ को बजेटलाई स्वागत गरेको छ ।

इतिहासमै पहिलो पटक यसपालीको बजेटले खेलकुदको क्षेत्रमा नेपाल र नेपालीको भावना समेटेको उल्लेख गर्दै महासंघले यसबाट पर्वतीय खेलकुद परिवार उत्साहित भएको जनाएको छ ।

‘बजेटको आकार भन्दा त्यसले सम्बोधन गरेको र स्वीकार गरेको वास्तविकताले हामीलाई पनि उत्साहित बनाएको हो,’ महासंघका अध्यक्ष एवं राष्ट्रिय खेलकुद परिषदका सदस्य गोविन्द भट्टराईद्धारा आज जारी विज्ञप्तीमा भनिएको छ । 

महासंघले आफ्नो एक दशक लामो लबिङ तथा नेकपा एमालेको भ्रातृ संगठन नेपाल खेलकुद महसंघको नीतिगत समर्थनको फलस्वरुप सरकारले बजेटमार्फत नै नेपाललाई खेल पर्यटनको विश्वव्यापी केन्द्र बनाउने घोषणा गरेको दाबी गरेको छ । यसैगरी बजेटमा एउटा अन्तर्राष्ट्रिय स्तरको खेल विश्वविद्यालय स्थापना गर्ने विषय समेटेर सरकारले खेलकुद अब संहदरबारको पनि चासोको विषय बनेको प्रमाण दिएको महासंघले जनाएको छ ।

पूर्व खेलाडीलाई सहुलियतमा व्यवसायिक कर्जा प्रदान गर्ने तथा नवौं राष्ट्रिय खेलकुदका लागि बजेट विनियोजन गर्नु र खेलकुदका विभिन्न पूर्वाधार निर्माणको घोषणा गरिएबाट आफूहरु आशावादी भएको विज्ञप्तीमा उल्लेख गरिएको छ । 

नेपाल सरकारका तर्फबाट अर्थमन्त्री विष्णु पौडेलले शनिबार प्रस्तुत गरेको बजेटमा हाई अल्टीच्युट स्पोर्ट्स ट्रेनिंग सेन्टर निर्माण तथा काठमाडौँ र पोखरामा फेवा ताल वरिपरिको साइकल लेन निर्माणवको प्रतिबद्धता व्यक्त गरिएको छ ।

‘सरकारले बजेटमार्फत नीतिगत रुपमा दिगो पर्यटन, दिगो विकास र समृद्ध नेपालको लागि खेलकुद क्षेत्रलाई प्रस्ट किटान गरेको छ ।  बञ्जी, माउन्टेनियरिंग, रक क्लाइम्बिङ, ¥यापिÞm्टङ, प्याराग्लाइडिङ लगायतका शाहसिक खेल मार्फत दिगो पर्यटनको योजना बन्नु यस महासंघको लागि साच्चै खुसीको कुरा हो, जुन एक दशक देखि महासंघले उठाइरहेको थियो,’ महासंघको विज्ञप्तिमा भनिएको छ, ‘शाहसिक पर्यटनको लागि राष्ट्रिय÷अन्तराष्ट्रिय आकर्षण गर्ने सरकारी नितिको सफल कार्यानवयन भए, अल्पाइन र माउन्टेन क्षेत्रमा शाहसिक खेल मार्फत पर्यटन प्रवर्धन गर्ने हाम्रो लामो अभियान सफल भएको मानिनेछ । जुन बजेट बक्त्तव्यमा प्रस्ट उल्लेख गरिएको छ ।’
  
यसैगरी बजेटमार्फत पहिलो पटक वाटर स्पोर्ट्सलाई प्रस्ट सम्बोधन गरिएको भन्दै महासंघले सरकारलाई धन्यवाद दिएको छ । तर, महासंघले बजेट कार्यान्वयनमा भने आशंका गरेको छ। 

‘यूवा तथा खेलकुद मन्त्रालय, राष्ट्रिय खेलकुद परिषद तथा प्रादेशिक खेलकुदका निकायहरुमा रहेको ढिला—सुस्ती, परम्परागत कार्य शैली र कमजोर नेतृत्व रहेसम्म नेपाल सरकारको यस अभियान सफल हुनेमा संका गर्ने प्रस्ट आधारहरु छन् । त्यसतर्फ पनि यो सरकारको ध्यान जाओस,’ महासंघले आग्रह गरेको छ । 


भिडियो
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो
ANFA नेतृत्व कहाँ छ कसैलाई थाहा छैन । अझै बेवास्था गरे आन्दोलन झन कडा हुन्छ: BISHWASH BIKRAM SHAH
ANFA मा CLUB को धर्ना, रिले अनसनको आज तेस्रो दिन II माग पूरा नभएसम्म अनसन जारी रहने II
MYANMAR, MOZAMBIQUE र GHANA का राष्ट्रिय खेलाडीको साथले दोस्रो वा तेस्रो हुने SANKATA को लक्ष्य
लिगमा पक्कै चुनौती छ । तर हामी त्यो चुनौती पार लगाउन तयार छौं ।I BAGMATI FC MANAGER NIRAJAN KARKI
APF COACH JIBESH PANDEY II लिग पहिलाजस्तो हुँदैन, सबै टिम बलिया छन् । तर हामी जितका लागि तयार छौं ।
CHURCH BOYS UNITED WOMENS TEAM HEAD COACH BIKRAM MAHARJAN I लिगलाई विदेशी खेलाडी ल्याउने योजनामा छौं