काठमाडौं । दिवान पुनको कप्तानीमा शनिबारबाट सुरु हुने प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि कर्णाली प्रदेशको टोली घोषणा भएको छ ।
बुधबार कर्णाली प्रदेश क्रिकेट संघले दिवानको कप्तानीमा १६ सदस्यीय टोलीको घोषणा गरेको हो । माघ १३ देखि १९ गतेसम्म भएको प्रादेशीक छनोट प्रतियोगिताको आधारमा टोली तयार भएको हो । कर्णालीले शनिबार नै पर्सामा लुम्बिनी प्रदेशसँग खेल्दै प्रतियोगिताको सुरुवात गर्नेछ ।
प्रतियोगितामा ३ विभागीय (नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब र नेपाल एपिएफ क्लब) र ७ प्रदेश (कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली, सुदरपश्चिम) का गरि जम्मा १० टोलीको सहभागीता रहन्छ ।
२८ दिनसम्म चल्ने प्रतियोगितामा फाइनल सहित ४६ खेल आयोजना हुदैछ । लिग चरणमा सबै टोलीले एक आपससँग खेले पछि शीर्ष २ मा रहने टोलीका बीचमा फाइनल खेल हुनेछ ।
यसपटकको प्रतियोगिता काठमाडौंका २ तथा मधेश प्रदेशका २ क्रिकेट मैदानमा हुदैछन् । काठमाडौंको टियु क्रिकेट रंगशाला र मुलपानी क्रिकेट मैदानमा समान ५ तथा फाइनल सहितका खेलहरु मधेश प्रदेशको पर्सा र जनकपुरमा हुदैछ ।
कर्णालीको टोली
दिवान पुन(कप्तान), अर्जुन घर्ती, दिनेश अधिकारी, रविन्द्र जंग शाही, विपिन शर्मा, विपिन रावल, दिपेन्द्र रावत, युनिश ठकुरी, सुनिल धमला, प्रकाश जैशी, अरबिन्द घर्ती, राजप्रसाद साह, विपिनविक्रम शाही, लक्ष्मण बम, निश्चल रावल, अनुज कुमार चनरा
