काठमाडौं । युरोपियन च्याम्पियन्स लिगअन्तर्गत बुधबार राति भएको विभिन्न खेलसँगै बार्सिलोना, लिभरपुल र एट्लेटिको मड्रिड अन्तिम आठमा प्रवेश गरेका छन् ।
बार्सिलोना पहिलो लेगमा इङ्लिस क्लब न्युक्यासलविरुद्ध १–१ को बराबरीमा रोकिएको थियो । दोस्रो लेगमा बार्सिलोना सानदार प्रदर्शन गर्दै ५–२ को जित निकाल्न सफल भयो । समग्रमा टिम ७–० ले विजयी भयो ।
बार्सिलोनाको जितमा राफिन्हा र रोबर्ट लेवान्डोस्कीले समान दुई गोल गरेका थिए । लामिन यमल र फर्मिन लोपेजले समान एक गोल थपेका हुन् ।
यता, लिभरपुलले गालातासारेलाई ४–० ले हरायो । पहिलो लेगमा लिभरपुल १–० ले पछि परेको थियो । दोस्रो लेगमा लिभरपुललाई जिताउन मोहम्मद सलाह, रायन ग्राभेनबर्च, हुगो एकिटिके र डोमिनिक जोबोस्जाइले गोल गरे ।
अर्काे खेलमा भने एट्लेटिको मड्रिड टोटनहमसँग ३–२ ले पराजित भयो । तर, पहिलो लेगमा निकालेको ५–२ को जितको आधारमा टिम अन्तिम आठमा प्रवेश गरेको हो ।
अन्य खेलमा एट्लान्टाविरुद्ध समग्रमा दश गोल गर्दै बायर्न म्युनिख अन्तिम आठमा स्थान सुरक्षित गरेको छ ।
