चैत्र १४, २०८२ शनिबार | १०:२०:०८
अलिको अलराउण्ड प्रदर्शनमा कराँची विजयी मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय साफ यु–२० च्याम्पियनसिपः समूह ‘ए’बाट नेपाल र भुटान सेमिफाइनलमा विशालको ५ विकेटमा मधेशको जित हेमन्तको ४ विकेट, कोशीको अर्को हार अलिको अलराउण्ड प्रदर्शनमा कराँची विजयी मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय साफ यु–२० च्याम्पियनसिपः समूह ‘ए’बाट नेपाल र भुटान सेमिफाइनलमा विशालको ५ विकेटमा मधेशको जित हेमन्तको ४ विकेट, कोशीको अर्को हार

शीर्ष दुईको सम्भावना बलियो पार्ने लक्ष्यमा नेपाल

काठमाडौं । एसियन सेन्ट्रल जोन महिला तथा पुरुष भलिबल च्याम्पियनसिपमा शनिबार नेपाली महिला टोलीले आयोजक बंगलादेश तथा पुरुष टोलीले श्रीलंकासँग प्रतिस्पर्धा गर्दैछ ।

बंगलादेशको ढाकास्थित सहिद सुरावर्दी कर्भडहलमा प्रतियोगिताको तेस्रो दिनको पहिलो खेलमा महिलातर्फ नेपाल र बंगलादेश आमनेसामने हुन लागेका हुन् ।

प्रतियोगितामा लगातार दुई जित हात पारेको नेपाली महिला टोली घरेलु टोलीविरुद्व सहज जित निकाल्ने लक्ष्यमा हुनेछ । खेल बिहान ९ः१५ मा हुनेछ ।

बिहीबार आफ्नो पहिलो खेलमा श्रीलंकाविरुद्व ३-२ को कठिन जित निकालेको साविक विजेता नेपालले शुक्रबार माल्दिभ्सलाई ३-० को सोझो सेटमा हराएको थियो ।

सन् २०१९ मा बंगलादेशमा नै भएको यसै प्रतियोगिताको पहिलो संस्करणमा  महिला टोलीले अपराजित रहँदै फाइनलमा माल्दिभ्सलाई सोझो सेटमा हराएर ऐतिहासिक स्वर्ण पदक जितेको थियो । त्यसबेला टोलीले मुख्य प्रशिक्षक जगदीश भट्टकै प्रशिक्षणमा ऐतिहासिक सफलता हात पारेको थियो ।

पुरुषतर्फआफ्नो तेस्रो खेलमा श्रीलंकाविरुद्व नेपाल जितको खोजीमा कोर्टमा उत्रिनेछन् ।

प्रतियोगितामा आफ्नो तेस्रो खेल खेल्न लागेको पुरुष टोलीले एक जित र एक हार बेहोरेको छ । खेल ५ः४५ मा हुनेछ ।

पहिलो खेलमा घरेलु टोली बंगलादेशसँग सोझो सेटमा पराजय भोगेको नेपालले दोस्रो खेलमा उज्वेकिस्तानसँग ३-१ को शानदार जित निकालेको थियो ।

नेदरल्यान्डका डच प्रशिक्षक हान एबिङको प्रशिक्षणमा टोलीले यसअघि नेपालमा नै भएको एभिसी सेन्ट्रल जोनमा निराशाजनक प्रदर्शन गरेको थियो ।

समूह चरणबाटै बाहिरिएको नेपालले घरेलु भूमिको फाइदा उठाउन सकेको थिएन । किर्गिस्तान र माल्दिभ्ससँग सोझो सेटमा पराजित भएको नेपालले अफगानिस्ताविरुद्व ३-१ ले जित निकाल्दै पाँचौ स्थानमा सीमित भएकोे थियो ।

प्रतियोगितामा महिलातर्फ साविक विजेता नेपालसहित आयोजक बंगलादेश, श्रीलंका, किर्गिस्तान, उज्वेकिस्तान र माल्दिभ्स तथा पुरुषतर्फ आयोजक बंगलादेश, नेपाल, श्रीलंका, माल्दिभ्स र उज्वेकिस्तानको सहभागिता छ ।

राउन्ड रोबिन पद्दतिको आधारमा जारी खेलको शीर्ष दुई टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् । फाइनल खेल आगामी मंगलबार हुनेछ ।
 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो