चैत्र ८, २०८२ आइतबार | १५:२७:५२
हङकङ र नेपालबीचको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल रद्ध इङ्लिस प्रिमियर लिगः टोटेनहमलाई नटिङ्घमको चुनौती एनपिएलका स्टार निशम न्युजिल्याण्डको कप्तान बन्दै शीर्ष स्थानमा बायर्न मजबुत बन्दै पिएसजी शीर्षस्थानमा फर्कियो पिएम कप : साबिक विजेता पुलिसले आर्मीसँग खेल्दै पिएम कपका दुवै खेल रद्द घरेलु टोली अस्ट्रेलियालाई हराउँदै जापान एसियन कप च्याम्पियन सोलुखुम्बुमा फुटबल यात्रीको क्याम्प सम्पन्न विनोद र पूर्णलक्ष्मीलाई लुम्बिनी अन्तर्राष्ट्रिय पिस म्याराथनको उपाधि हङकङ र नेपालबीचको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल रद्ध इङ्लिस प्रिमियर लिगः टोटेनहमलाई नटिङ्घमको चुनौती एनपिएलका स्टार निशम न्युजिल्याण्डको कप्तान बन्दै शीर्ष स्थानमा बायर्न मजबुत बन्दै पिएसजी शीर्षस्थानमा फर्कियो पिएम कप : साबिक विजेता पुलिसले आर्मीसँग खेल्दै पिएम कपका दुवै खेल रद्द घरेलु टोली अस्ट्रेलियालाई हराउँदै जापान एसियन कप च्याम्पियन सोलुखुम्बुमा फुटबल यात्रीको क्याम्प सम्पन्न विनोद र पूर्णलक्ष्मीलाई लुम्बिनी अन्तर्राष्ट्रिय पिस म्याराथनको उपाधि

कविता भट्टको सहयोगार्थ मैत्रीपूर्ण भलिबल हुने

सांकेतिक तस्बिर

काठमाडौं । एनएसजेफ पिपल्स च्वाइज अवार्डको मनोनयनमा परेकी भलिबल खेलाडी कविता भट्टको सहयोगार्थ मैत्रीपूर्ण खेल हुने भएको छ ।

खेल ढोरपाटन स्पोर्टस क्लबको कोर्टमा दिउँसा ३ बजे सुरु हुनेछ । महिलातर्फ नेपाल एपिएफ र न्यु डायमन्ड स्पोर्टस क्लब भिड्नेछन् । यसैगरी पुरुषतर्फ एपिएफ र नेपाल पुलिस क्लबबीच प्रतिस्पर्धा हुनेछ ।

शुक्रबार हुने स्पोर्टस अवार्डको पिपल्स च्वाइस विधामा कवितासहित क्रिकेटका गुल्शन झा, कबड्डीकी मानमती बिष्ट र फुटबलकी प्रीति राई तथा रग्बीका श्रीराम श्रेष्ठ मनोनयनमा छन् ।

मनोनयनमा पर्ने पाँच मध्ये एक जनालाई यही भदौ २८ गते हुने अवार्ड कार्यक्रममा पल्सर मोटरसाइकलसहित पुरस्कृत गरिने मञ्चले जनाएको छ । पिपल्स च्वाइस विधाको विजेता मञ्चका सदस्य र राष्ट्रिय प्रशिक्षक तथा इ(सेवा र फेसबुक पेजमा खेलप्रेमीले गर्ने मतका आधारमा चयन हुनेछ ।

खेलप्रेमीले इ-सेवामा गरेको मतको मतभार ५० प्रतिसत, फेसबुकमा गरेको मतको भार २५ प्रतिसत तथा खेल पत्रकार र राष्ट्रिय प्रशिक्षकको मतको भार समान १२.५ प्रतिशत हुनेछ ।

नेपाली खेलकुदकै सबभन्दा ठूलो अवार्डका रुपमा स्थापित पल्सर स्पोर्टस अवार्डमा मञ्चले यसपाली १० विधा समावेश गरेको छ । जसअनुसार वर्षको उत्कृष्ट पुरुष खेलाडी, महिला खेलाडी, युवा खेलाडी, प्रशिक्षक र पिपल्स च्वाइस विधा छन् । यसैगरी पारा एथलिट सम्मान, स्पेसल अवार्ड, लाइफटाइम एचिभमेन्ट अवार्ड, एसियन स्पोर्टस जर्नालिस्ट अवार्ड र टिम अफ दी इयर विधा पनि अवार्ड कार्यक्रममा समावेश हुनेछन् ।

उत्कृष्ट घोषित हुने पुरुष, महिला, युवा खेलाडी तथा प्रशिक्षकले पुरस्कारस्वरुप पल्सर एनएस २०० मोटरसाइकल प्राप्त गर्नेछन् भने पिपल्स च्वाइस विधाका विजेताले पल्सर एनएस ४०० पाउने मञ्चले जनाएको छ । यसैगरी अन्य विधाका विजेताले जनही १ लाख रुपैयाँ पाउने बताइएको छ ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो