माघ १८, २०८२ आइतबार | १२:११:२५
फ्लड लाइटमा हुने आहा रारा गोल्डकपमा १२ टिम समूह ‘सी’ मा नेपाल ‘अन्डरडग’ रुबिन, इभाना र वियान्कालाई प्रोटिनको प्रायोजन विश्वकपअघि अस्ट्रेलियाविरुद्धको शृंखला पाकिस्तानलाई आर्सनलको सहज जित मैत्रीपूर्ण फुटबलमा राष्ट्रिय यु-२० महिला टोलीको पुनरागमन जित साफ यु-१९ महिला च्याम्पियनसिपमा नेपालको खराब सुरुआत नेपाल र भारतबीचको पहिलो हाफ गोलरहित पुजा महिला क्रिकेटको नयाँ कप्तान पट्यारलाग्दो प्रिमियर लिग फ्लड लाइटमा हुने आहा रारा गोल्डकपमा १२ टिम समूह ‘सी’ मा नेपाल ‘अन्डरडग’ रुबिन, इभाना र वियान्कालाई प्रोटिनको प्रायोजन विश्वकपअघि अस्ट्रेलियाविरुद्धको शृंखला पाकिस्तानलाई आर्सनलको सहज जित मैत्रीपूर्ण फुटबलमा राष्ट्रिय यु-२० महिला टोलीको पुनरागमन जित साफ यु-१९ महिला च्याम्पियनसिपमा नेपालको खराब सुरुआत नेपाल र भारतबीचको पहिलो हाफ गोलरहित पुजा महिला क्रिकेटको नयाँ कप्तान पट्यारलाग्दो प्रिमियर लिग

कविता भट्टको सहयोगार्थ मैत्रीपूर्ण भलिबल हुने

सांकेतिक तस्बिर

काठमाडौं । एनएसजेफ पिपल्स च्वाइज अवार्डको मनोनयनमा परेकी भलिबल खेलाडी कविता भट्टको सहयोगार्थ मैत्रीपूर्ण खेल हुने भएको छ ।

खेल ढोरपाटन स्पोर्टस क्लबको कोर्टमा दिउँसा ३ बजे सुरु हुनेछ । महिलातर्फ नेपाल एपिएफ र न्यु डायमन्ड स्पोर्टस क्लब भिड्नेछन् । यसैगरी पुरुषतर्फ एपिएफ र नेपाल पुलिस क्लबबीच प्रतिस्पर्धा हुनेछ ।

शुक्रबार हुने स्पोर्टस अवार्डको पिपल्स च्वाइस विधामा कवितासहित क्रिकेटका गुल्शन झा, कबड्डीकी मानमती बिष्ट र फुटबलकी प्रीति राई तथा रग्बीका श्रीराम श्रेष्ठ मनोनयनमा छन् ।

मनोनयनमा पर्ने पाँच मध्ये एक जनालाई यही भदौ २८ गते हुने अवार्ड कार्यक्रममा पल्सर मोटरसाइकलसहित पुरस्कृत गरिने मञ्चले जनाएको छ । पिपल्स च्वाइस विधाको विजेता मञ्चका सदस्य र राष्ट्रिय प्रशिक्षक तथा इ(सेवा र फेसबुक पेजमा खेलप्रेमीले गर्ने मतका आधारमा चयन हुनेछ ।

खेलप्रेमीले इ-सेवामा गरेको मतको मतभार ५० प्रतिसत, फेसबुकमा गरेको मतको भार २५ प्रतिसत तथा खेल पत्रकार र राष्ट्रिय प्रशिक्षकको मतको भार समान १२.५ प्रतिशत हुनेछ ।

नेपाली खेलकुदकै सबभन्दा ठूलो अवार्डका रुपमा स्थापित पल्सर स्पोर्टस अवार्डमा मञ्चले यसपाली १० विधा समावेश गरेको छ । जसअनुसार वर्षको उत्कृष्ट पुरुष खेलाडी, महिला खेलाडी, युवा खेलाडी, प्रशिक्षक र पिपल्स च्वाइस विधा छन् । यसैगरी पारा एथलिट सम्मान, स्पेसल अवार्ड, लाइफटाइम एचिभमेन्ट अवार्ड, एसियन स्पोर्टस जर्नालिस्ट अवार्ड र टिम अफ दी इयर विधा पनि अवार्ड कार्यक्रममा समावेश हुनेछन् ।

उत्कृष्ट घोषित हुने पुरुष, महिला, युवा खेलाडी तथा प्रशिक्षकले पुरस्कारस्वरुप पल्सर एनएस २०० मोटरसाइकल प्राप्त गर्नेछन् भने पिपल्स च्वाइस विधाका विजेताले पल्सर एनएस ४०० पाउने मञ्चले जनाएको छ । यसैगरी अन्य विधाका विजेताले जनही १ लाख रुपैयाँ पाउने बताइएको छ ।


भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।