काठमाडौं । भारतका तनिस नन्दाले इमर्जिङ एथलिट्स जुनियर यु–१४ एसियाली टेनिस प्रतियोगिताअन्तर्गत सर्किट-२ को ब्वाइज सिंगल्स उपाधि जितेका छन् ।
सातदोबाटोस्थित टेनिस कम्प्लेक्समा शुक्रबार भएको फाइनलमा तनिसले न्युजिल्यान्डका ज्याक्स रुपलाई ६-४, ६-३ को सोझो सेटमा पराजित गरे । सर्किट-१ मा भने तनिस उपविजेतामा भएका थिए ।
यसअघि गर्ल्स सिंगल्समा नेपालकी शिभाली गुरुङ पहिलो भएकी थिइन् । शिभाली सर्किट-१ को पनि विजेता हुन् ।
प्रतियोगिता नेपाल टेनिस संघ र इमर्जिङ एथलिट्सको संयुक्त आयोजनामा भएको हो ।
