काठमाडौं । बेलायती टेनिस स्टार इम्मा राडुकानुले दुई वर्षपछि युएस ओपनमा पुनरागमन जनाउँदा पहिलो चरणमा अस्ट्रेलियन ओपनकी पूर्व च्याम्पियन अमेरिकी प्रतिद्वन्द्वी सोफिया केनिनसँग खेल्दै प्रतियोगिताको सुरुआत गर्नेछिन् ।
२०२१ मा एउटा किशोरी छनोट खेलाडीका रुपमा सहभागिता जनाउँदा उपाधि नै जितेर राडुकानुले तहल्का मच्चाएकी थिइन । त्यो कुनै पनि बेलायती महिला खेलाडीले एकल स्पर्धामा जितेको ४४ वर्षपछिको पहिलो टेनिस उपाधि थियो ।
२०२२ को पहिलो चरणमै पराजित भएकी राडुकानु गत वर्ष कुर्कुच्चा र हातको चोटको शल्यक्रिया गराउनुपरेको कारण सहभागी भएकी थिइनन् ।
२१ वर्षे राडुकानुका लागि २०२० मा अस्ट्रेलियन ओपन जित्नुका साथै त्यही वर्ष फ्रेन्च ओपनको फाइनलसम्म पुगेकी केनिनविरुद्धको खेल कठिन हुने अनुमान गरिएको छ ।
भिडियो
भारतमा Pro Kabaddi League जितेका Ghanashyam Roka magar भन्छन्, ' NKL का लागि उत्साहित छु'
बाढीले हरिबिजोग CHYASAL NATIONAL STADIUM , पुननिर्माण सुरु
Waling VS Bagmati : Dilip Thapa Coach waling POST-MATCH PRESS CONFERENCE ANFA Women's League
Waling VS Bagmati : Sonam lama Coach BYC POST-MATCH PRESS CONFERENCE ANFA Women's League
खेलाडीले जिम्मेवारी बखुबी निभाए : Jibesh Pandey ।। Head Coach, APF Club
यति धेरै गोल खाइन्छ भन्ने सोचेको थिइन : Bhola Nath Silwal ।। Head Coach, NPC
Under-19 Women's T20 World Cup जितेर आउछौ : CAPTIAN PUJA MAHATO