आश्विन १२, २०८१ शनिबार | ०७:१०:०२
क्यानडामा नेपाली क्रिकेटको प्रदर्शन किन कमजोर ? महिला लिगमा वालिङ ‘अल्टरनेटिभ’ च्याम्पियन एरिका: करातेलाई उचाइमा लैजाने सुपरस्टार पहिलो चरणका ५ उत्कृष्ट नेपाली खेलाडी नेपाली खेलकुदमा छाएका ७ महिला खेलाडी धेरै खेल्नुपर्दा फुटबलरको हड्ताल चेतावनी जापानी धावक योहेइले काठमाडौं म्याराथनमा भाग लिने कष्ठमण्डप कपः बास्केटबलको ब्वाइजतर्फ क्वार्टरफाइनल समीकरण पूरा काठमाडौं जिल्लास्तरीय लिग: दक्षिणकाली र चित्लाङको विजयी सुरुआत ५ किलोमिटर दौडः मुकेश र पूर्णलक्ष्मी च्याम्पियन क्यानडामा नेपाली क्रिकेटको प्रदर्शन किन कमजोर ? महिला लिगमा वालिङ ‘अल्टरनेटिभ’ च्याम्पियन एरिका: करातेलाई उचाइमा लैजाने सुपरस्टार पहिलो चरणका ५ उत्कृष्ट नेपाली खेलाडी नेपाली खेलकुदमा छाएका ७ महिला खेलाडी धेरै खेल्नुपर्दा फुटबलरको हड्ताल चेतावनी जापानी धावक योहेइले काठमाडौं म्याराथनमा भाग लिने कष्ठमण्डप कपः बास्केटबलको ब्वाइजतर्फ क्वार्टरफाइनल समीकरण पूरा काठमाडौं जिल्लास्तरीय लिग: दक्षिणकाली र चित्लाङको विजयी सुरुआत ५ किलोमिटर दौडः मुकेश र पूर्णलक्ष्मी च्याम्पियन

सिनरको प्रतिबन्ध फुकुवा, युएस ओपन खेल्ने

यानिक सिनर

काठमाडौं । विश्व नम्बर एक टेनिस खेलाडी यानिक सिनरले प्रतिबन्धित लागु औषध सेवनको आरोपलाई पछि छाड्दै वर्षको अन्तिम ग्राण्ड स्लाम युएस ओपनमा सहभागिता जनाउने भएका छन् ।

मार्चमा दुई पटक प्रतिबन्धित लागु औषध सेवनमा दोषी सावित भएपछि उनीमाथि प्रतिबन्ध लगाइएको थियो ।

तर इन्टरनेसनल टेनिस इन्टिग्रिटी एजेन्सीले अनुसन्धानपछि प्रतिबन्धित लागु औषध उनको शरिरमा देखिनुमा सिनरको दोष नभएको ठहर गरेको छ । सिनरले ती लागु औषध जानाजान सेवन गरेको नभई उनका फिजियोथेरापिस्टको सल्लाहअनुसार अन्जानमा प्रयोग गरेको कारण उनको दोष नभएको बताएको छ ।

एजेन्सीको प्रतिवेदनको आधारमा उनलाई प्रतिबन्ध मुक्त गरिएको छ । तर उनले इन्डियन वेल्समा जितेको बिएनपी पारिबास ओपनको पुरस्कार राशी र वरियता अंक भने पाउने छैनन् ।

इन्डियन वेल्समा गत मार्चमा पहिलो पटक सिनरले लागु औषध सेवन गरेको पाइएको थियो । लगत्तै आठ दिनपछि दोस्रो परिक्षणमा पनि उनी लागु औषध सेवनमा दोषी पाइएका थिए ।

सिनरले करियरमै पहिलो पटक जुनमा विश्व वरियताको शीर्ष स्थान हासिल गरेका थिए । २३ वर्षे सिनरले जनवरीमा वर्षको पहिलो ग्राण्ड स्लाम अस्ट्रेलियन ओपन जितेका थिए ।

सिनसिनाटी ओपनको उपाधि जित्ने क्रममा फाइनलमा फ्रान्सिस टियाफोलाई पराजित गरेका सिनर फ्रेन्च ओपनमा सेमिफाइनल तथा विम्बल्डनमा क्वार्टरफाइनलसम्म पुगेका थिए ।


भिडियो
KHELADI TALKS WITH AJAY PHUYAL II NIRUTA THAGUNNA II PLAYER NATIONAL WOMEN'S VOLLEYBALL TEAM
नेपाललाई ऐतिहासिक रजत दिलाएकी Erika Gurung स्वदेश फर्कीइन् II karate
CAVA Women's Volleyball Club Championship 2024 WINNER Nepal Police Club स्वदेश फर्कियो
गाह्रो थियो, तर असम्भव थिएन PALESHA GOVARDHAN BRONZE MEDALIST ,PARA TAEKWONDO
पारा ओलम्पिकमा ऐतिहासिक पदक जितेर फर्केपछि राष्ट्रिय खेलकुद परिषदमा सम्बोधन गर्दै PALESHA GOVARDHAN
PALESHA GOBHARDAN ले प्रत्येक नेपालीलाई शीर ठाडो पार्ने मौका दिएकी छिन् : KABIRAJ NEGI LAMA
पारा ओलम्पिकमा ऐतिहासिक पदक जितेपछि विजेता खेलाडी PALESHA GOBHARDAN र प्रशिक्षक KABIRAJ NEGI LAMA
Winning Moments | Bangladesh vs Nepal | SAFF U-20 Men’s Championship 2024
FINAL NEPAL VS BANGLADESH POST-MATCH PRESS CONFERENCE SAFF U-20 Men’s Championship 2024 KUSHAL DEUWA
FINAL NEPAL VS BANGLADESH POST-MATCH PRESS CONFERENCE SAFF U-20 Men’s Championship 2024
NEPAL VS BHUTAN || POST-MATCH PRESS CONFERENCE SAFF U-20 Men’s Championship 2024