माघ १८, २०८२ आइतबार | १०:४०:३३
फ्लड लाइटमा हुने आहा रारा गोल्डकपमा १२ टिम समूह ‘सी’ मा नेपाल ‘अन्डरडग’ रुबिन, इभाना र वियान्कालाई प्रोटिनको प्रायोजन विश्वकपअघि अस्ट्रेलियाविरुद्धको शृंखला पाकिस्तानलाई आर्सनलको सहज जित मैत्रीपूर्ण फुटबलमा राष्ट्रिय यु-२० महिला टोलीको पुनरागमन जित साफ यु-१९ महिला च्याम्पियनसिपमा नेपालको खराब सुरुआत नेपाल र भारतबीचको पहिलो हाफ गोलरहित पुजा महिला क्रिकेटको नयाँ कप्तान पट्यारलाग्दो प्रिमियर लिग फ्लड लाइटमा हुने आहा रारा गोल्डकपमा १२ टिम समूह ‘सी’ मा नेपाल ‘अन्डरडग’ रुबिन, इभाना र वियान्कालाई प्रोटिनको प्रायोजन विश्वकपअघि अस्ट्रेलियाविरुद्धको शृंखला पाकिस्तानलाई आर्सनलको सहज जित मैत्रीपूर्ण फुटबलमा राष्ट्रिय यु-२० महिला टोलीको पुनरागमन जित साफ यु-१९ महिला च्याम्पियनसिपमा नेपालको खराब सुरुआत नेपाल र भारतबीचको पहिलो हाफ गोलरहित पुजा महिला क्रिकेटको नयाँ कप्तान पट्यारलाग्दो प्रिमियर लिग

मलेसियामा आयुर र दिक्षान्तलाई स्वर्ण

काठमाडौं । नेपालका आयुर ढकाल र दिक्षान्त लामिछानेले मलेसियामा भएको १२औं स्पिड पावर तेक्वान्दो च्याम्पियनसिपमा स्वर्ण पदक जितेका छन् ।

मलेसियाको क्वालालम्पुरमा भएको च्याम्पियनसिपमा आयुर र दिक्षान्तको स्वर्णसहित नेपालले कुल सात पदक जित्यो । नेपालले दुवै स्वर्ण पुम्सेमा जितेको हो ।

आयुरले ९ देखि ११ वर्ष र दिक्षान्तले १२ वर्षमुनिमा स्वर्ण पदक जिते ।  आयुरले झापाको मेची तेक्वान्दो डोजाङ र दिक्षान्तले हात्तिवन तेक्वान्दो डोजाङबाट खेल्ने गर्छन् ।

यसैगरी नेपालले तीन रजत र दुई कांस्य पदक पनि जित्यो । रिप्सना घिमिरेले ग्योरोगीतर्पm महिला ४१ केजीमुनि, जेमोस मगरले पुम्से ९ वर्षमुनि तथा ग्योरोगीतर्पm सिनियर पुरुष ५८ केजी तौलसमूहमा राकेश सापकोटाले रजत पदक जिते ।

फाइटतर्फ असिम श्रेष्ठले ३७ केजीमुनि तथा लिरिक्स फुयाँलले ९ देखि ११ वर्ष उमेरसमूहको एकल पुम्सेमा कांस्य पदक जितेका हुन् ।

उक्त च्याम्पियनसिपमा अन्तर्राष्ट्रिय रेफ्री कुमार लामा घिसिङ, मुना खवास मगर र बब्लु सिवाकोटीले निर्णायकको भूमिका निर्वाह गरेका थिए । विजेता खेलाडी तथा अफिसियललाई मलेसियास्थित नेपाली राजदूत डा.नेत्रप्रसाद तिम्सिनाले सम्मान गरेको नेपाली टोलीका सदस्य विमल रोकायले जानकारी दिए ।


भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।