माघ १६, २०८२ शुक्रबार | १३:४९:१०
अस्ट्रेलिया र आयोजक श्रीलंकालाई गाह्रो नहुने ज्ञान संस्कार बास्केटबल आजबाट अस्ट्रेलियाविरुद्ध पाकिस्तान विजयी नेपालसँग खेल्ने वेष्ट इन्डिजले लगातार गुमायो दुई शृंखला यी हुन् युरोपा लिगको अन्तिम १६ मा स्थान बनाउने आठ टिम मिलनको ह्याट्रिकमा चर्च ब्वाइजको फराकिलो जित, नव जनजागृति फेरि पराजित दोश्रो ज्ञान संस्कार अन्तरविद्यालय बास्केटबल प्रतियोगिता शुक्रबारदेखि साफ यु-१९ महिला च्याम्पियनसिपको तयारी पूरा, टिकटदर २०० र ५०० एनआरटीको चौथो जित, संकटालाई हरायो वानखडेमा किन उच्च स्कोर हुन्छ ? अस्ट्रेलिया र आयोजक श्रीलंकालाई गाह्रो नहुने ज्ञान संस्कार बास्केटबल आजबाट अस्ट्रेलियाविरुद्ध पाकिस्तान विजयी नेपालसँग खेल्ने वेष्ट इन्डिजले लगातार गुमायो दुई शृंखला यी हुन् युरोपा लिगको अन्तिम १६ मा स्थान बनाउने आठ टिम मिलनको ह्याट्रिकमा चर्च ब्वाइजको फराकिलो जित, नव जनजागृति फेरि पराजित दोश्रो ज्ञान संस्कार अन्तरविद्यालय बास्केटबल प्रतियोगिता शुक्रबारदेखि साफ यु-१९ महिला च्याम्पियनसिपको तयारी पूरा, टिकटदर २०० र ५०० एनआरटीको चौथो जित, संकटालाई हरायो वानखडेमा किन उच्च स्कोर हुन्छ ?

पलेशा काठमाडौं महानगरबाट सम्मानित

पलेशालाई सम्मान पत्र हस्ताक्षर गर्दै महानगर प्रमुख बालेन्द्र साह ।

काठमाडौं । पेरिस पारा ओलम्पिकमा ऐतिहासिक कांस्य पदक विजेता तेक्वान्दो खेलाडी पलेशा गोबर्धनलाई काठमाडौं  महानगरपालिकाले ५ लाख रुपैयाँसहित सम्मान गरेको छ ।

यसैगरी महानगरले पलेशाका प्रशिक्षक कविराज नेगी लामालाई पनि ३ लाख रुपैयाँ प्रदान गरेको छ ।

पेरिस पारा ओलम्पिकको के-४४ क्याटगोरीअन्तर्गत महिला ५७ केजीमुनीमा पलेशाले कांस्य पदक जितेकी थिइन् ।

यो नेपाली खेलाडीले ओलम्पिकमा जितेको अहिले सम्मकै ठूलो पदक हो ।

पलेशासहितको तेक्वान्दो टोली बुधबार विहान ८ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएको थियो । पलेशासहितको टिमलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले नगर परिक्रमासहित स्वागत गरेको छ ।

प्रशिक्षक कविराज नेगी लामालाई सम्मान पत्र हस्ताक्षर गर्दै महानगर प्रमुख बालेन्द्र साह ।

विमानस्थलबाट सुरु भएको र्याली गौशला, नयाँ बानेश्वर, मैतीदेवी, डिल्लीबजार, बागबजार, भद्रकाली हुँदै राखेप परिसर त्रिपुरेश्वर पुगेर सकिएको थियो ।

गत शुक्रबार पेरिसस्थित ग्रान्ड प्यालेसमा रिपेचेजको कांस्य पदक भिडन्तमा पलेशाले सर्बियाकी मरिजा मिसेभलाई १५-८ ले पराजित गर्दै नेपाललाई ऐतिहासिक सफलता दिलाएकी थिइन् ।

रिपेचेजको पहिलो खेलमा पलेशाले फ्रान्सकी सोफी काभर्जनलाई २-१ ले हराएकी थिइन् ।

रिपेचेजअघि पहिलो चरणमा भेनुजुएलाकी भलेरिया मोराल्सलाई एक पक्षीय खेलमा ३१-० ले पराजित गर्दै क्वार्टरफाइनल पुगेकी पलेशा शीर्ष वरीयताकी ब्राजिलियन खेलाडी सिल्भाना फर्नान्डेजसँग ८-१० ले पछि परेकी थिइन् ।


भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।