चैत्र १३, २०८२ शुक्रबार | ०१:३०:५२
एन्फा ‘अर्ली इलेक्सन’ स्थगित पाकिस्तान बाहिरियो, भारतसँगै बंगलादेश पनि सेमिफाइनलमा शंकरको शतकमा पुलिसको जित कुमार प्यानलले गर्यो अर्ली इलेक्सनलाई बहिस्कार कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य अर्जुनको लगातार पाँचौ खेलमा ५० रन पूरा रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त पिएसएल आजबाट : डिफेन्डिङ च्याम्पियन लाहोर र हैदराबाद खेल्दै एन्फा ‘अर्ली इलेक्सन’ स्थगित पाकिस्तान बाहिरियो, भारतसँगै बंगलादेश पनि सेमिफाइनलमा शंकरको शतकमा पुलिसको जित कुमार प्यानलले गर्यो अर्ली इलेक्सनलाई बहिस्कार कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य अर्जुनको लगातार पाँचौ खेलमा ५० रन पूरा रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त पिएसएल आजबाट : डिफेन्डिङ च्याम्पियन लाहोर र हैदराबाद खेल्दै

पलेशालाई काठमाडौं महानगरले सम्मान गर्ने

प्रशिक्षक कविराज नेगीसँग पलेशा गोबर्धन, फाइल तस्विर ।

काठमाडौं । पेरिस पारा ओलम्पिकमा ऐतिहासिक कांस्य पदक विजेता तेक्वान्दो खेलाडी पलेशा गोबर्धनलाई काठमाडौं  महानगरपालिकाले ५ लाख रुपैयाँसहित सम्मान गर्ने भएको छ ।

यसैगरी महानगरले पलेशाका प्रशिक्षक कविराज नेगी लामालाई पनि ३ लाख रुपैयाँ प्रदान गर्ने जानकारी दियो ।

पेरिस पारा ओलम्पिकको के-४४ क्याटगोरीअन्तर्गत महिला ५७ केजीमुनीमा पलेशाले कांस्य पदक जितेकी थिइन् ।

यो नेपाली खेलाडीले ओलम्पिकमा जितेको अहिले सम्मकै ठूलो पदक हो ।

पलेशासहितको तेक्वान्दो टोली बुधबार विहान ८ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएको थियो । पलेशासहितको टिमलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले नगर परिक्रमासहित स्वागत गरेको छ ।

विमानस्थलबाट सुरु भएको र्याली गौशला, नयाँ बानेश्वर, मैतीदेवी, डिल्लीबजार, बागबजार, भद्रकाली हुँदै राखेप परिसर त्रिपुरेश्वर पुगेर सकिएको थियो ।

गत शुक्रबार पेरिसस्थित ग्रान्ड प्यालेसमा रिपेचेजको कांस्य पदक भिडन्तमा पलेशाले सर्बियाकी मरिजा मिसेभलाई १५-८ ले पराजित गर्दै नेपाललाई ऐतिहासिक सफलता दिलाएकी थिइन् ।

रिपेचेजको पहिलो खेलमा पलेशाले फ्रान्सकी सोफी काभर्जनलाई २-१ ले हराएकी थिइन् ।

रिपेचेजअघि पहिलो चरणमा भेनुजुएलाकी भलेरिया मोराल्सलाई एक पक्षीय खेलमा ३१-० ले पराजित गर्दै क्वार्टरफाइनल पुगेकी पलेशा शीर्ष वरीयताकी ब्राजिलियन खेलाडी सिल्भाना फर्नान्डेजसँग ८-१० ले पछि परेकी थिइन् ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो